२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

खुम्बुलाई पर्यटकीय गाउँपालिका घोषणा गर्छु : मुख्यमन्त्री राई

विश्वको सर्वोच्च शिखर सगरमाथा अवस्थित स्थानीय तह खुम्बु पासाङ ल्हामू गाउँपालिकामा सडक पुगेको छ। माप्य दूधकोशी गाउँपालिका हुदै खुम्बुपासाङल्हमू गाउँपालिकाको खरिखोलामा पु-याइएको सडकको मंगलबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका हुन्।

सामुदायिक विद्यालयमै पढाउन गाउँपालिकाको उर्दी

छथर गाउँपालिकाले सरकारी सेवामा रहेकाका सन्तानलाई अनिवार्य सामुदायिक विद्यालयमै पढाउनुपर्ने निर्णय गरेको छ।

हावाहुरी प्रभावित बस्तीमा रौतहटका स्थानीय तहबाट राहत

बाराको फेटा गाउँपालिकामा आइतवार राति हावाहुरीसँगै आएको ठूलो बवण्डरको चपेटामा परेर ज्यान गुमाएका तथा घरबार गुमाएका पीडित परिवार समक्ष राहत पुर्याउन रौतहटको स्थानीय तहबाट ओइरो लागेको छ।

बबन्डरले टुक्रयायो घरपरिवार

फेटा गाउँपालिका ६ पुरैनियानिवासी ४५ वर्षीय फैजुलहक मियाँ ठकुराई सोमबार दिनभर हावाहुरीले लडाएको घरमा टोलाएर बसेका थिए। आइतबार साँझ अचानक आएको हावाहुरीले फैजुलको अर्धपक्की घर ध्वस्तमात्र पारेन, जीवनसँगिनीसहित परिवारका दुई सदस्यसमेत उनले गुमाए।

हावाहुरीका कारण एकै परिवारका चार जनाको मृत्यु

भीषण हावाहुरीका कारण बारामा एकै परिवारका चार जनाको ज्यान गएको छ। फेटा गाउँपालिका पुरैनियामा इजहार मियाको श्रीमती, बुहारी र नातिनी गरि चार जनाको ज्यान गएको स्थानीय फैयाज आलमले बताए।

गाउँपालिका कार्यालयमा आगजनी

सङ्खुवासभाको सुदूरउत्तरमा पर्ने भोटखोला गाउँपालिकामा गए राति अज्ञात समूहले गरेको आगजनीबाट पूर्णरुपमा क्षति पुगेको छ। रातको १२:३० बजे अज्ञात समूहले भवनमा आगजनी गर्दा गाउँपालिकाका कागजात पूर्णरूपले जलेर नष्ट भएका छन्।

लडेर एकको मृत्यु

खोटाङको –५ चिसापानीका ८७ वर्षीय नीरबहादुर राईको लडेर मृत्यु भएको छ। घरभन्दा केही टाढा गएर फर्कने क्रममा बिहीबार साँझ लडेर उनको मृत्यु भएको प्रहरीले बताएको छ।

निर्देशन टेर्दैनन् स्थानीय सरकार

हरेक स्थानीय तहलाई जस्तै दाङस्थित बबई गाउँपालिकालाई पनि संघीय सरकारमार्फत निर्देशन आयो– एक करोड रुपैयाँभन्दा माथिका योजनामा मात्रै डोजर प्रयोग गर्नू। केही समयअघि मन्त्रिपरिषद्बाटै भएको यो निर्णय कार्यान्वयनका लागि गरिएको निर्देशनलाई बबई गाउँपालिकाले लत्याइदियो।

रोजगारी खोस्दै डोजर

रुकुम (पश्चिम)को बाँफिकोट गाउँपालिका–६ मग्मामा रहेको विउनटाकुरा–मेलडाँडा सडक खण्ड मर्मतका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा तीन लाख ५० हजार रुपैयाँ विनियोजन गरेको थियो। तीन किलोमिटर लामो सडक बर्खाको समयमा भत्किएपछि अवरुद्ध भएको थियो। वर्षाका कारण ठाउँठाउँमा भत्किएको सडक मर्मतका लागि गाउँपालिकाले बजेट विनियोजन गरेपछि गाउँमै रोजगारी पाउने आशमा स्थानीय थिए।

दैलेखको गाउँपालिकामा सुर्खेतको तथ्यांक

पाश्र्वचित्रमा दैलेख जिल्लाको सदरमुकाम नारायण नगरपालिका हुनुपर्नेमा वीरेन्द्रनगर नगरपालिका उल्लेख छ। दैलेखको डुंगेश्वर गाउँपालिकाले प्रकाशन गरेको ‘गाउँपालिका वस्तुगत विवरण–२०७४’ को भौगोलिकस्वरुप खण्डमा लेखिएको छ– दक्षिण भेगमा भेरी नदीले छिमेकी गाउँपालिकाको भेरीगंगासँग, पश्चिममा झुप्राखोलाले वीरेन्द्रनगर गाउँपालिकासँग, उत्तरमा चिंगाड गाउँपालिकासँग र पूर्वमा खहरे खोलाले गुर्भाकोट गाउँपालिकासँग छोएको छ।

गाउँपालिकाको गीत छनोट

नेचासल्यान गाउँपालिकाले गाउँपालिकाको गानको रूपमा प्रयोग गरिने गीतको छनोट गरेको छ। गत भदौमा सार्वजनिक रूपमा गाउँपालिका गान आव्हान गरेको गाउँपालिकाले पुस २ गते नतिजा प्रकाशन गरेको थियो।

११ योजनाको एउटै उपभोक्ता समितिमा अख्तियारको आँखा

जन्तेढुंगा गाउँपालिकामा ११ अलग–अलग योजनाका लागि एउटै उपभोक्ता समिति गठन गरिएको विषयमा अख्तियारले जवाफ मागेको छ।

अध्यक्षको सट्टा जनतालाई गाडी

कच्ची सडक विस्तार नहुँदै अधिकांश स्थानीय तहका जनप्रतिनिधिबीच महँगा गाडी चढ्ने प्रतिस्पर्धा नै चलेको देखिन्छ। जनता धुलो खाँदै हिँडिरहेका बेला जनप्रतिनिधि महँगो गाडीमा हुइँकिएको दृश्य सामान्यजस्तै भइसकेको छ।

पञ्चवर्षीय योजना बनाउँदै फालेलुङ

विकासमा फड्को मार्न भन्दै फालेलुङ गाउँपालिकाले पञ्चवर्षीय योजना बनाउने काम अघि बढाएको छ।  विकासका लागि आवश्यक लक्ष्य निर्धारण गरी सोहि अनुसार बजेट विनियोजन गरी गाउँपालिकाले योजनाको काम अघि बढाएको हो।

६७ वर्षीय युगमाया नातिसँगै एसइई दिँदै

ओखलढुंगाको लिखु गाउँपालिका–६ की ६७ वर्षीया युगमाया कार्कीले नातिसँगै एसइई परीक्षा दिँदै छिन्। युगमायाका अन्तरे छोरा बुद्धिबहादुर कार्कीका छोरा (नाति) सँगै उत्प्रेरणा महिला माधानगर काठमाडौंबाट नियमित विद्यार्थीका रूपमा एसइई परीक्षा दिँदै छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्