२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

दुई गाउँपालिका जोड्ने पुल निर्माण

कालिका गाउँपालिका स्थित धोबीखोलामा पुल नहुँदा वर्षाको समयमा हिँडडुल गर्नसमेत समस्या हुँदै आएको थियो। जिल्ला समन्वय समिति र कालिका गाउँपालिकाको संयुक्त प्रयासमा झोलुंगेको निर्माण गर्न थालिएको हो। वर्षायाममा सर्वसाधारणले पैदल यात्रा गर्न कठिन हुँदै आएकोमा यो झोलुंगे पुल निर्माण पश्चात समस्याको समाधान हुने गाउँपालिकाले जनाएको छ।

महायज्ञबाट १० करोड संकलन

अस्पताल निर्माण सहयोगार्थ सोलुखुम्बुको मुक्लीमा सम्पन्न श्रीमत् भागवत ज्ञान महायज्ञबाट १० करोड रुपैयाँ संकलन भएको छ। थुलुङ दुधकोसी गाउँपालिकाको केन्द्र मुक्लीमा सुविधा–सम्पन्न ५० शड्ढयाको दुधकोसी सामुदायिक अस्पतालाका लागि चैत २ देखि ९ गतेसम्म संचालित महायज्ञबाट १० करोड ७७ लाख ४२ हजार रुपैयाँ सहयोग संकलन भएको हो।

दुर्गम गाउँमा घुम्ती शिविर

उमाकुण्ड गाउँपालिकाको वडा नं. १ र २ मा दुई दिन संचालन गरिएको घुम्ती शिविरबाट दुर्गम गुम्देल र बाम्ती गाउँका सेवाग्राही लाभान्वित भएका छन्। शिविरमा दुई सय ४१ जनाले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन्।

माटो परीक्षण शिविर

उत्पादन क्षमता बढाउन जिल्लाको ज्वालामुखी गाउँपालिका–४ मा माटो परीक्षण शिविर सञ्चालन गरिएको छ। वडा कार्यालयले ‘कृषि कर्म इच्छाले होइन, शिक्षाले गरौं’ भन्ने नाराका साथ आफ्नो वडाका सबै किसानको माटो परीक्षण गराएका हुन्।

एसईई छाडेर आत्महत्या

माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने एक विद्यार्थीले झुण्डिएर आत्महत्या गरेकी छन्। गुंगा माध्यमिक विद्यालयबाट एसईई परीक्षाको तयारी गरेकी बगनासकाली गाउँपालिका–६, यम्घा गुँगा भुटेकेकी अन्दाजी १६ वर्षीया मनिषा विकले आत्महत्या गरेकी हुन्।

एसइई परीक्षार्थीलाई इमेलबाट प्रश्नपत्र

आफ्नो परीक्षा केन्द्र भूलेर अर्को परीक्षा केन्द्रमा पुगेका ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका वडा नं ३ सिकैचाका १६ जना विद्यार्थीलाई इमेलबाट प्रश्नपत्र पठाई माध्यमिक शिक्षा परिक्षा (एसइई) को परीक्षा दिन लगाइएको छ। सदरमुकाम ताप्लेजुङबाट प्रश्नपत्र इमेल गरेर पठाई परीक्षा गराइएको हो।

प्लस्टिक प्रयोगमा रोक लगाइने

नेचासल्यान गाउँपालिकाले सिसाजन्य र प्लास्टिकजन्य वस्तुको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । चैत ५ मा बसेको गाउँसभाले आर्थिक वर्ष २०७६÷७७ को साउन १ देखि गाउँपालिकामा सिसा र प्लास्टिकको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

तामा उत्खनन् प्रक्रिया अघि बढ्यो

माप्य दूधकोशी गाउँपालिकास्थित वाकु वाप्सामा रहेको तामा उत्खननका लागि आर्थिक, सामाजिक र वातावरणीय मूल्यांकन गरिने भएको छ। प्रभावित क्षेत्रका सर्वसाधारणले मूल्यांकनमा विरोध जनाएपछि जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना मगरको अध्यक्षतामा मंगलबार बसेको सरोकारवालाको बैठकले खानी तथा भूगर्भ विभागले सीमांकन गरेको ५४ हेक्टर क्षेत्रफलमा आइई गर्ने वातावरण बनेको हो।

दैलेखको गाउँपालिकामा सुर्खेतको तथ्याङ्क

दैलेखको डुङ्गेश्वर गाउँपालिकाले प्रकाशन गरेको ‘गाउँपालिका बस्तुगत विवरण–२०७४’ अन्तर्गत भौगोलिक स्वरुप खण्डमा लेखिएको छ, दक्षिण भेगमा भेरी नदीले छिमेकी गाउँपालिका भेरीगंगासँग, पश्चिममा झुप्राखोलाले वीरेन्द्रनगर गाउँपालिसँग, उत्तरमा चिंगाड गाउँपालिकासँग र पूर्वमा खहरे खोलाले गुर्भाकोट गाउँपालिकासँग सीमा रहेको छ।

छोरी बलात्कार गरेको आरोपमा पक्राउ

आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा रुकुम (पश्चिम) प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्लाको सानीभेरी गाउँपालिकाबाट छोरीलाई बलात्कार गरेको अभियोगमा ३४ वर्षीय बलबहादुर (नाम परिवर्तन)लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए।

विद्यालय भवन निर्माणमा लापरवाही, बजेट आएर पनि काम भएन

खत्याड गाउँपालिका १० ह्याँग्लुमा रहेको महादेव माविको निर्माणाधीन दुई तले भवन एक वर्षदेखि अलपत्र छ। आर्थिक वर्ष २०७४/०७५ मा तत्कालीन जिल्ला शिक्षा कार्यालयसँग बिज्ञान भवन निर्माणका लागि विद्यालय व्यवस्थापन समितिले सम्झौंता गरेको थियो।

घरभन्दा सडक प्यारो

फाकफोकथुम गाउँपालिका–३, सल्लेरीका टेकबहादुर भारतीको घरको आधाजति भाग सडकको माटोले पुरिइसकेको छ। फूलबारी हुँदै निर्माणाधीन सिंहदेवी स्कुल–खप्परेघाट सडकको माटो उनको घर आँगन, सिकुवा पुरिएर भित्रैसम्म पुगिसकेको छ।

स्पष्टिकरण दिनमै ठिक्क स्थानीय सरकार

जिल्ला समन्वय समिति रुकुम (पश्चिम) ले गत माघ ५ गते जिल्लालाई मदिरा मुक्त बनाउने निर्णय गरेको थियो। उक्त निर्णय दुई महिना नपुग्दै अदालतले उल्टाएको छ। समन्वय समितिको निर्णय कार्यान्वयन नगर्नु भन्दै उच्च अदालत सुर्खेतले निर्णयलाई उल्टाएको थियो।

आगलागीबाट विस्थापितलाई गाउँपालिकाको राहत

खोटाङको रावाबेंसी गाउँपालिकाले आगलागीबाट विस्थापित परिवारलाई राहत प्रदान गरेको छ। शुक्रबार दिउँसो स्थानीय गढीथुम्का र कासेघडेरी सामुदायिक वनबाट सुरु भएको भिषण डढेलोले घर जल्दा रावाबेंसी गाउँपालिका–५ दुबेकोलस्थित घलेगाउँका गोपाल पाण्डे, युवराज पाण्डे, अभिकेसर पाण्डे र भीम पाण्डेका परिवार विस्थापित भएका थिए। विस्थापित उनीहरुलाई गाउँपालिकाले राहत प्रदान गरेको हो।

एघारा योजनाको उपभोक्ता समिति एउटै

अलगअलग उपभोक्ता समितिमार्फत काम गर्नु/गराउनुपर्नेमा खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका ११ वटा सडक योजनाका लागि एउटै उपभोक्ता समिति गठन गरिएको पाइएको छ। उपभोक्ता समिति गठन निर्देशिकाविपरीत एउटै उपभोक्ता समितिमार्फत २८ लाख ५० हजार रुपैयाँ निकासा गरी ११ वटा योजनाको काम अघि बढाइएपछि त्यसको चौतर्फी विरोध भइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्