२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

१६ वर्षीया किशोरी एक हप्तादेखि बेपत्ता

सप्तरी – विगत एक सातादेखि सप्तरीको रुपनी गाउँपालिकाकी एक बालिका बेपत्ता भएकी छन्। स्थानीय विष्णुदेव सरदारको १६ वर्षीया छोरी आरती सरदार गत चैत्र ३० गतेदेखि बेपत्ता भएकी हुन्।

छोरी घर नआएपछि आमा, बुबा र आफान्तजन चिन्तित रहेको स्थानीय बृजमान तामाङले बताए। आरतीको फोटो बोकेर उनका आफन्तजन स्थानीय प्रहरी चौकी र आफन्तको घरघरमा खोजतलास गर्दै हिँडेको भए पनि अहिलेसम्म नभेटेको तामाङले जानकारी दिए।

कठौनाबजार कपडा किन्न जान्छु भनी गत चैत्र ३० गते घरबाट साँझ ४ बजे गएकी बहिनी घर नफर्कंदा उनीलाई सम्झेर आमा डाको छोडेर रुदै हिँडेको आरतीको दाजु कृष्णकुमार सरदारले बताए।रासस

प्रकाशित: १३ वैशाख २०७६ ०२:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App