२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

बन्यो गाउँपालिकाको आफ्नै भवन

सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन गरिएको छ। एक करोड ८० लाख रुपैयाँ लागतमा निर्मित प्रिफाइभ प्रविधिको २३ कोठे भवन सोमबार संघीय सांसद हेमकुमार राई ‘सुरवीर’ र पण्डित दीनबन्धु पोखरेलले संयुक्त रूपमा उद्घाटन गरेका हुन्।

बलेफी गाउँपालिकालाई जिल्ला स्तरीय फुलबलकाे उपाधि

प्रथम बलेफी गाउँपालिका जिल्ला स्तरीय फुलबल प्रतियोगिताको उपाधि आयोजक बलेफी गाउँपालिकाले जितेकाे छ। प्रतियोगिताको विजेता बनेकाे बलेफीले नगद १ लाखसँगै १७ किलोका ट्रफी प्राप्त गर्‍याे।

ट्रिपरकाे ठक्करबाट बालककाे मृत्यु

महाेत्तरीकाे सम्सी गाउँपालिकामा ट्रिपरकाे ठक्करबाट एक बालककाे मृत्यु भएकाे छ। आइतबार गौशाला नगरपालिकामा रहेको खोलाबाट ग्राभेल वोकेर सम्सी तर्फ गइरहेको ना७ख ६४२७ नम्वरको ट्रिपरले ठक्कर दिँदा ८ वर्षीय बालक सदाम शेखकाे मृत्यु भएकाे हाे।

घरमै अवैध हतियार बनाउने एक व्यक्ति पक्राउ

गुल्मीमा घरमै अवैध हतियार बनाउने एक व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय गुल्मीले घरमै कारखाना संचालन गरि अवैध रुपमा हातहतियार बनाउने गुल्मी धुर्कोट गाउँपालीका ३ हाडहाडे निवासी ५१ वर्षीय शेरबहादुर जीसीलाई पक्राउ गरेको हो।

घुम्ति शिविरबाट ५ सय ९ जनालाई नयाँ नागरिकता

नुवाकोटको शिवपुरी गाउँपालिकामा आयोजना गरिएको एकीकृत घुम्ति शिविरबाट ५ सय ९ जनाले नयाँ नेपाली नागरिकता लिएका छन्।

पर्यटकीय स्थल नारिमन तालमा ‘फ्रि वाइफाई’

सरकारी सूचीअनुसार मुलुकका घुम्नैपर्ने सय पर्यटकीय स्थलमध्ये एक सर्लाहीको ऐतिहासिक नारिमन तालमा स्थानीय चन्द्रनगर गाउँपालिकाले ‘फ्रि वाइफाई’ सुविधा उपलब्ध गराएको छ।

प्रहरी आउँदा गाउँले लुके

गौमुल गाउँपालिका–१ अन्द्राडीमा पहिलो पटक प्रहरी पुग्दा गाउँबासी डराएर लुक्न पुगे। केही महिना अघि स्थापना भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक हंशराज जोशीको टोलीलाई मदिरा व्यवस्थापन पछिको अवस्था बुझ्नका लागि उक्त गाउँपालिकाले गत सोमबार सुक्ष्म अनुगमनमा अन्द्राडी पठाएकामा स्थानीयवासी डरले लुक्न पुगेका थिए।

मुर्ति चोरेको आरोपमा वडा अध्यक्ष पक्राउ

उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाका एक वडा अध्यक्ष मुर्तिचोरीको आरोपमा पक्राउ परेका छन्। शे–फोक्सुण्डो गाउँपालिका वडा नम्बर ४ स्थित राहाप गुम्बाका बौद्धमुर्ति चोरीको आरोपमा डोल्पोबुद्ध गाउँपालिका वडा नम्वर ५ का वडाअध्यक्ष ३५ वर्षीय कार्मा गुरुङ्गलाई काठमाडौ बौद्धबाटै प्रहरीले पक्राउ गरेको हो।

अभिलेखमा ४७ विद्यार्थी, कक्षामा शून्य

सखुवानन्कारकट्टी गाउँपालिका–२, सोठियाइनस्थित मनेलाल जनता माविमा कक्षा ११ र १२ मा ४७ विद्यार्थी अध्यनरत छन्। अभिलेखअनुसार कक्षा ११ मा २५ र कक्षा १२ मा २२ जना विद्यार्थी छन्। तर, कक्षामा पढाइ हुँदैन्।

बम्जन आश्रममा तालिम प्राप्त कुकुर परिचालन

अनुयायी हत्या गरी गाडिएको आशंकामा रामबहादुर बम्जनको बाँडेगाउँ आश्रममा प्रहरीले तालिम प्राप्त कुकुर परिचालन गरी पुनः अनुसन्धान थालेको छ।

छोरी जन्मिए ५ हजार नगदसहितको बैंक खाता उपहार

इच्छाकामना गाउँपालिकाले गाउँपालिका भित्रको स्वास्थ्य संस्थामा जन्मिएका छोरीको नाममा रकमसहितको बैंक खाता खोल्ने भएको छ । गाउँपालिकाले एक जना बालिकाको खातामा रु पाँच हजार जम्मा गरी अभिभावकलाई समेत कम्तिमा पाँच हजार रूपैयाँ जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ। भ्रुण हत्या बढ्न थालेपछि सो अभियान शुरु गरिएको गाँउपालिकाले जनाएको छ।

१२ पास नगर्नेलाई सेवासुविधा रोक्का

रोल्पाको सुनिल स्मृति गाउँपालिकाले महत्वाकांक्षी योजना ल्याएको छ। आफ्नो क्षेत्रको शैक्षिक स्तर सुधारका लागि भन्दै उक्त गाउँपालिकाले १२ कक्षा उत्तीर्ण नगर्ने विद्यार्थीलाई आफ्नो कार्यालयबाट प्रवाह हुने सेवाबाट वञ्चित गर्ने निर्णय गरेको हो।

सहयोगको पर्खाइमा रुकुमका कृष्ण ओली

रुकुम (पश्चिम)को सानीभेरी गाउँपालिका–९ सिम्लीका कृष्ण ओली विद्युत प्राविधिक हुन्। आफ्नो घर खर्च सञ्चालन गर्नको लागि प्राविधिकको रुपमा कार्यतर उनी विगत ७ महिनादेखी थला परेका छन्। कृष्णका अहिले दुवै हात र बायाँ खुट्टा छैन्।

बम्जन आश्रममा अनुयायी हत्या आरोप : अनुसन्धान जिम्मा सिन्धुपाल्चोक प्रहरीलाई

रामबहादुर बम्जनको बाँडेगाउँस्थित आश्रममा भएको अनुयायी सञ्चलाल तामाङ हत्या घटनाको अनुसन्धान गर्ने जिम्मेवारी सिन्धुपाल्चोक प्रहरीले पाएको छ। पीडित परिवारले दिएको जाहेरी जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा दर्ता भएपछि अनुसन्धानको जिम्मेवारीसमेत उसैले पाएको हो।

गाउँपालिकाको केन्द्र तोक्न काठमाडौंमा डेलिगेसन

निर्वाचन भएको डेढ वर्ष सम्म पनि गाउँपालिकाको केन्द्र तोक्न नसकेको यहाँको एक गाउँपालिकाको केन्द्रको निर्वाचन भएको डेढ वर्षसम्म पनि गाउँपालिकाको केन्द्र तोक्न नसकेको यहाँको एक गाउँपालिकाको केन्द्रको विवाद मिलाउन जाजरकोटका जनप्रतिनिधि र दलका नेताहरु काठमाडौं पुगेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्