बफादार नागरिक तयार गर्ने दायित्व शिक्षकको काँधमा : अध्यक्ष बिजुक्छे
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले बफादार नागरिक तयार गर्ने दायित्व शिक्षकको काँधमा भएको बताएका छन्।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले बफादार नागरिक तयार गर्ने दायित्व शिक्षकको काँधमा भएको बताएका छन्।
सरकारले चैत २३ गतेका लागि तोकिएको अस्थायी शिक्षकको परीक्षा स्थगित गरेको छ। यस पटक पनि गरी परीक्षा चार पटक स्थगित भइसकेको परीक्षा कहिले हुने भन्ने टुंगो छैन।
डेढ वर्षदेखि तलवभत्ता नपाएको भन्दै बैतडीको मेलौलीको मणिलेक बहुमुखी क्याम्पसमा कार्यरत शिक्षक स्टाफ र कर्मचारीले क्याम्पसको चाबी सञ्चालक समितिलाई बुझाएका छन्।
शिक्षक सेवा आयोगले आउँदो चैत २३ गते अस्थायी शिक्षकलाई स्थायी गर्ने तोकेको परीक्षा चौथो पटक स्थगित गरेको छ।
पछिल्लो चार वर्षमा कक्षा ३, ५ र ८ को विद्यार्थीको सिकाइ उपलब्धि ५० प्रतिशतभन्दा कम रहेको शैक्षिक गुणस्तर परीक्षण केन्द्रको प्रतिवेदनमा उल्लेख छ ।
डोटीको पूर्वीचौकी गाउँपालिकाले जनताको करबाट तलब खाने सरकारी शिक्षकहरु कुनै पनि राजनीतिक दलको सदस्य हुन नपाउने गरि प्रतिबद्धता जारी गरेको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीका जापानिज प्रशिक्षक ग्योतुकु कोजीसँगको सम्झैता लम्ब्याएको छ।
म्याग्दीको बेनी नगरपालिका–४ सिंगातातोपानीस्थित तातोपानी कुण्डको आम्दानी यहाँको सरस्वती माविका शिक्षक-शिक्षिकालाई तलबमा खर्च हुँदै आएको छ।
खेलविकास भौतिक पूर्वाधार निर्माण र प्रतियोगितासँग मात्र जोडिएको हुँदैन । खेल विकासमा कर्मचारी व्यवस्थापनले महत्वपूर्ण अर्थ राखेको हुन्छ ।
जतिबेला राजनीतिक दलहरू प्रतिबन्धित अवस्थामा थिए त्यतिबेला शिक्षकलाई कार्यकर्ता बनाउँदा संगठन विस्तारमा राम्रै सहयोग पुग्यो भने प्रशासनको नजरबाट बच्नका लागि शिक्षक पेशा उपयुक्त बन्यो । फलतः राजनीतिक दलका अधिकांश नेता जीवनको कुनै कालखण्डमा शिक्षण पेशा अपनाउन पुगे । अनि ‘जहाँ शिक्षक त्यहाँ राजनीति’ भन्ने भनाइ नै चल्यो । जतिबेला शिक्षकले राजनीति गर्थे त्यतिबेला दिउँसोको समय स्कुलमा बालबच्चा पढाउने राति राति उनैका अभिभावकलाई राजनीति सिकाउने गर्थे । जतिबेला शिक्षकले राजनीति गरे त्यतिबेला आफ्नो कर्तव्य पनि पालना गरेका थिए । तिनका लागि पैसा कमाउनु गौण र राजनीतिकरूपमा नागरिकलाई सचेत गराउने कुरा प्राथमिकतामा पथ्र्याे । शिक्षा र स्वास्थ्यको व्यापार गरेर पैसा कमाउने कुरा सोच्नसम्म पनि सक्दैनथे । सरकारी स्कुल कलेज ध्वस्त पार्ने कसैको उद्देश्य थिएन।
रोल्पाको एकमात्र जलजला बहुमुखी क्याम्पसमा हिजोआज ५ शिक्षकले एक जना बिद्यार्थी पढाईरहेका छन्। स्नातक तहमा शिक्षा, मानविकी र व्यवस्थापन संकाय पढाई हुने जलजला बहुमुखी क्याम्पसमा दैनिकजसो शिक्षक र बिद्यार्थीको संख्या बराबर जस्तै रहन्छ। १७ जना शिक्षक रहेको क्याम्पसमा प्राय दैनिक बिद्यार्थी उपस्थिती पनि त्यतिकै संख्यामा हुने गरेको छ।
अखिल नेपाल भलिबल संघले २०७३ सालमा भलिबल खेलमा योगदान पुर्याएका खेलाडी, प्रशिक्षक, प्रतियोगिता आयोजक र जिल्ला संघलाई आज सम्मान गरेको छ।
तुर्माखाँद गाउँपालिका–४ जैसुर अछामका लोकेन्द्र बयक व्यवसायिक बाख्रापालक कृषक हुन्। गाउँकै विश्व माविका शिक्षक बयकले तीन वर्षअघि राजीनामा दिएर बाख्रापालनमा लागे । अहिले उनी वार्षिक दुई लाख भन्दाबढी बचत गर्छन्।
रसुवाको एउटा विद्यालयमा १५–१५ दिनमा शिक्षक परिवर्तन हुने गरेको पाइएको छ। जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–६ स्थित ठाडेमा रहेको सरस्वती आधारभूत विद्यालयमा शिक्षक परिवर्तन हुने गरेको पाइएको हो। विषयगत शिक्षकको अभावमा विद्यालयले अंग्रेजी विषयको शिक्षक १५÷१५ दिनमा परिवर्तन गर्ने गरेको छ। भूकम्पपछिको समयमा विद्यालयमा अंग्रेजी पढाउने ५ जना स्वयसेवी शिक्षक परिवर्तन भैसकेका छन्। गुणस्तरीय शिक्षा दिने भन्दै विद्यालयले केही नेपाली तथा विदेशी शिक्षक ल्याएर अध्यापन गराउने गरेको विद्यालयका प्रधानाध्यापक लाक्पा तामाङले बताए।
पछिल्लो हारसँगै लगातार आठ खेलमा विजयरहित भएपछि बोरुसिया डर्टमन्डका प्रशिक्षक पिटर बोस्ज बर्खास्तगीमा परेका छन् ।