३ मंसिर २०८१ सोमबार
image/svg+xml

निर्वाचन बिरोधी गतिविधिको आरोपमा शिक्षक पक्राउ

निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ। जलजला गाउँपालिका वडा नम्बर ३ माझफाँटको समाज कल्याण प्राविका शिक्षक धनञ्जय मल्ललाई प्रहरीले पक्राउ गरेको हो। नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल शिक्षक संगठनका जिल्ला सदस्य मल्ललाई प्रहरीले पक्राउ गरेको हो ।

शौच गर्ने व्यक्तिको तस्बिर लिने विहार सरकारको निर्णयप्रति शिक्षकहरुको विरोध

विहार सरकारले खुल्ला ठाँउमा शौच गर्नेको तस्बिर लिन शिक्षकहरूलाई दिएको निर्देशनको सर्वत्र विरोध भएको छ । शिक्षकहरू आबद्ध रहेको एक संगठनले सरकारको यस्तो निर्देशन नमान्ने भन्दै विरोध गरेका हुन्।

अस्ट्रेलियाली प्रशिक्षकद्वारा राजीनामा

अस्ट्रेलियाका फुटबल प्रशिक्षक एन्जे पोस्टेकोग्लुले बुधबार पदबाट राजीनामा दिएका छन्। अस्ट्रेलियाली टोलीलाई सन् २०१८ को रूस विश्वकपमा छनोट गराएको एक सातापछि पोस्टेकोग्लुले राजीनामा दिएका हुन् । एसियाली प्लेअफमा सिरियालाई पराजित गरेको अस्ट्रेलियाले अन्तरमहादेशीय प्लेअफमा होन्डुरसलाई पराजित गर्दैै  विश्वकपको टिकट काटेको थियो।

विद्यालय बन्द गरेर चुनाबमा लागेका शिक्षकलाई विद्यालय फर्कन निर्देशन

विद्यालय बन्द गरेर प्रधानाध्यापक र शिक्षक निर्वाचन प्रचानरप्रसारमा लागेपछि रसुवामा पठनपाठन प्रभावित भएको छ।  सरकारी विद्यालयमा कार्यरत शिक्षक राजनीतिक दलको झण्डा बोकेर लागेपछि पठनपठन प्रभावित बनेको हो।

तलब माग गर्दै रौतहटका शिक्षकहरू आन्दोलित, भोलीदेखि शैक्षिक संस्था बन्द गर्ने

तलब भता माग गर्दै रौतहटका शिक्षकहरू आन्दोलित भएका छन् । गत साउन महिना देखि हालसम्म तलब र  भता नपाएपछि शिक्षकहरू मंगलबारदेखि जिल्लाको सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने गरी आन्दोलमा उत्रिएका हुन्।  तलव भताको माग गर्दै शिक्षकहरू सोमबार जिल्ला प्रशासन कार्यालय अगाडि दवाव स्वरुप शान्तिपूर्ण धर्ना प्रदर्शन गर्दा स्थानीय प्रशासनले प्रहरी मार्फत बल प्रयोग गरेर दुव्र्यवहार गरेको भन्दै मंगलवार देखि अनिश्चितकालिन विद्यालय बन्द गरेर जिल्ला शिक्षा कार्यालयमा धर्ना दिने शिक्षकहरूले निर्णय गरेका छन्।

लेस्टरका प्रशिक्षक बर्खास्त

इङ्लिस प्रिमियर लिग क्लब लेस्टर सिटीले मंगलबार प्रशिक्षक क्रायग सेक्सपियरलाई बर्खास्त गरेको छ । क्लबको लगातारको खराब प्रदर्शनलाई कारण देखाउँदै लेस्टरले सेक्सपियरलाई बर्खास्त गरेको हो ।

काग्लियारीका प्रशिक्षक बर्खास्त

काग्लियारीका प्रशिक्षक मासिमो रास्टेली यो सिजन इटालियन सिरी ‘ए’ मा बर्खास्तगीमा पर्ने पहिलो प्रशिक्षक भएका छन् । जारी सिजनमा क्लबको प्रदर्शन खराब भएपछि उनी बर्खास्तगीमा परेका हुन् ।

रौतहटका असी शिक्षकलाई स्पष्टीकरण

रौतहटका असी शिक्षकलाई स्पष्टीकरण सोधिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय रौतहटले जिल्ला शिक्षा कार्यालयमार्फत सबै तहका गरी असी शिक्षकलाई स्पष्टीकरण सोधेको हो । गत असोज २ गते सम्पन्न स्थानीय तह निर्वाचनमा खटाएको ठाउँमा नगएका शिक्षकलाई कार्यालयले स्पष्टीकरण सोधेको हो । स्पष्टीकरण सोधिएकोमा छ जना कर्मचारीले नियुक्ति र पारिश्रमिक समेत बुझेर पनि सम्बन्धित ठाउँमा नगएको देखिएको छ ।

दुर्घटना घटाउन 'ट्राफिक शिक्षक' कार्यक्रम

पश्चिम नेपालमा सबै भन्दा बढी दुर्घटनाहुने नवलपरासीको कावासोती क्षेत्रमा बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न एक विद्यालयमा एक–एक जना ट्राफिक शिक्षक उत्पादन गरिदै छ।

शिक्षक नियुक्तिको मुल्यांकन फाराम लिएर व्यवस्थापन समिति अध्यक्ष फरार

शिक्षक नियुक्तिका लागि अन्तरवार्ता भइरहेका बेला यहाँको एक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुल्यांकन फारम लिएर फरार भएका छन्।

उत्कृष्टताका लागि प्रशिक्षकको प्रतिस्पर्धा

मेघराज केसी र उनको क्लब थ्री स्टारका लागि २०७३ चरम उतारचढावको वर्ष रह्यो । प्रशिक्षक केसीको नेतृत्वमा थ्री स्टारले मंगोलियामा भएको एएफसी कपको प्रारम्भिक छनोटमा सफलता प्राप्त गर्यो ।

दुर्गमको स्कूलमा शिक्षकको मनोमानी

भौगोलिक रूपले दुर्गममा पर्ने सन्दकपुर गाउँपालिका–२ स्थित भीमसुन आधारभूत विद्यालयकी प्रधानाध्यापिकका याममाया गुरुङ जेठयता विद्यालयमा खासै उपस्थित हुँदिनन् । अस्थायी दरबन्दीकी शिक्षिका गुरुङ स्थायीको परीक्षा तयारीका लागि करिब ३ महिनादेखि ‘सदरमुकामतिरै’ बसिरहेकी छिन् ।

अन्तरवार्तामा अध्यक्ष भागेपछि शिक्षक नियुक्ति रोकियो

शिक्षक नियुक्तिलागि भइरहेको मौखिक अन्तरवार्ताको समयममा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू भागेपछि यहाँका दुईवटा  विद्यालयमा शिक्षक नियुक्ति प्रक्रिया लामो समयदेखि रोकिएको छ।

कठै शिक्षक आन्दोलन

अस्थायी शिक्षक राज्यले पहिला नै जनाएको सहमति कार्यान्वयन गर भनेर आन्दोलनरत छन्। सरकार भने चूप। कार्यान्वयन नहुने सहमति गरेकोचाहिँ किन त भन्ने प्रश्न उठेको छ।

आयोगद्वारा अस्थायी शिक्षकको परीक्षा स्थगित

शिक्षक सेवा आयोगले अस्थायी शिक्षकका लागि लिइने भनिएको परीक्षा स्थगित गरेको छ। अस्थायी शिक्षक-प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तह)का लागि भदौ १० गते तोकिएको परीक्षा स्थगित गरेको आयोगका प्रशासकीय प्रमुख लक्ष्मीराम पौडेलले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्