१ आश्विन २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

शौच गर्ने व्यक्तिको तस्बिर लिने विहार सरकारको निर्णयप्रति शिक्षकहरुको विरोध

सोसल मिडियामा भाइरल बनेको कार्टुन।

नयाँ दिल्ली– विहार सरकारले खुल्ला ठाँउमा शौच गर्नेको तस्बिर लिन शिक्षकहरूलाई दिएको निर्देशनको सर्वत्र विरोध भएको छ । शिक्षकहरू आबद्ध रहेको एक संगठनले सरकारको यस्तो निर्देशन नमान्ने भन्दै विरोध गरेका हुन्।

भारतको विहारस्थित औरंगाबाद जिल्लामा खुल्ला ठाँउमा शौच गर्ने महिला तथा पुरुषहरूको तस्बिर लिनका लागि सरकारले गरेको निर्णयमा संकोच तथा अप्ठ्यारो महसुस हुने शिक्षकहरूको समूहले बताएको छ ।

बिहार राज्य माध्यामिक शिक्षक संघका महाप्रबन्धक तथा पूर्वसांसद सुरत प्रसाद सिंहले सरकारको उक्त निर्णय फिर्ता गर्नका लागि बिहारका मुख्यमन्त्री नितिश कुमारलाई आग्रह गरेको बताए ।

खुल्ला क्षेत्रमा शौच गरिरहेका व्यक्तिहरूको तस्बिर लिनका लागि आफूमा समेत सङ्कोच हुने उनको भनाई छ ।

 

प्रकाशित: ७ मंसिर २०७४ ०७:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App