९ आश्विन २०८१ बुधबार
image/svg+xml

राष्ट्रपति भण्डारीद्वारा 'उत्तराध्ययन सूत्र' को लोकार्पण

नेपालमा जन्मेर भारतमा शिक्षादीक्षा प्राप्त गरेका र नेपाल केशरीको समेत उपाधि पाएका डा. मणिभद्रद्वारा भगवान् महावीरको वाणी तथा उनको निर्वाणको २५४८ वर्षपछि नेपाली भाषामा अनुवाद गरिएको हो। श्री श्वेताम्बर स्थानकवासी समाज तथा मानव मिलन नेपालले काठमाडौंमा बुधबार आयोजित एक समारोहमा उक्त पुस्तकको लोकार्पण गरिएको हो।जैन आगमको यो प्रथम नेपाली अनुवाद हो।

राष्ट्रपति रनिङ शिल्ड अन्योलमा

यो वर्षको विद्यालयस्तरीय खेलकुद राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्योलमा परेको छ । स्कुले बालबालिकामा पनि कोरोना संक्रमण देखिएपछि बजार क्षेत्रका विद्यालय बैशाख मसान्तसम्म बन्द गर्ने सरकारको निर्णयसँगै प्रतियोगिता अन्योलमा परेको हो ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि दिरुमनपाले उचाल्यो

खोटाङमा आयोजित १२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको प्रथम उपाधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले उचालेको छ।

बादलले लिए शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीका सिफारिशमा नेकपा एमालेका नेता थापालाई गृहमन्त्रीमा पुनः नियुक्त गरेकी छन्।

राष्ट्रपति रनिङ शिल्ड सुरु

मोरङको बेलबारी–११ स्थित लक्ष्मी माविको खेल मैदानमा शुक्रबारदेखि जिल्ला स्तरीय १२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन तेक्वान्दो र उसुका सबै इभेन्ट्स सकिएको छ भने एथ्लेटिक्सका केही इभेन्ट सम्पन्न भएको छ ।

उदयपुरमा राष्ट्रपति खेलकुद सुरु

यसवर्षको राष्ट्रपति खेलकुद प्रतियोगिता उदयपुर सदरमुकाममा शुक्रबारदेखि सुरु भएको छ । वर्षेनी आयोजना हुँदै आएको प्रतियोगिताको यो १२ औं संस्करण हो । ‘जिल्लास्तरीय १२ औं राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता ०७८’ जिल्ला खेलकुद विकास समितिको आयोजनामा सुरु भएको हो ।

राष्ट्रपतिद्वारा नयाँ नक्सा समेटिएकाे पदक वितरण

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस २०७७ को अवसरमा राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका ५ सय ९३ जनालाई विभिन्न मानपदवी, अलंकार र पदवी प्रदान गरेकी छिन्। राष्ट्रपति भवन शीतलनिवासमा बुधबार आयोजित एक समारोहमा राष्ट्रपति भण्डारीले नेपालको वर्तमान राजनीतिक तथा प्रशासनिक (चुच्चे)नक्सा समेटिएका पदक प्रदान गरेकी हुन्।

राष्ट्रपतिबाट थप छ सय ३३ जना सुशोभित

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका महानुभावलाई आज विभिन्न मानपदवी, अलङ्कार र पदकबाट सुशोभन गरेका छन्।

अमेरिकी राष्ट्रपतिद्वारा नेपाली नयाँ वर्षमा शुभकामना व्यक्त

अमेरिकी राष्ट्रपति जो बाइडेनले नयाँ वर्ष र नवरात्री लगायतको शुभकामना दिएका छन्। उनले ट्वीटरमार्फत नेपाली समुदायलाई समेत तोकेर नयाँ वर्षको शुभकामना दिएका हुन्। साथै बाइडेनले दक्षिण एसियाली र दक्षिणपूर्वी एसियालीहरुलाई विभिन्न उत्सव र चाडपर्वहरुको शुभकामना दिएका छन्।

नयाँ नक्सा र शान्तिवार्ता २०७७ को महत्वपूर्ण सफलता हो: राष्ट्रपति

राष्ट्रपति भण्डारीले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको राजनीतिक नक्सासहितको निशाना छाप परिवर्तनका लागि संविधान संशोधन गर्न सम्पूर्ण राजनीतिक दलहरूबीचमा मतैक्य कायम हुनु, केही राजनीतिक समूह सशस्त्र विद्रोहको बाटो परित्याग गरी शान्तिपूर्ण मार्गमा आउनु महत्वपूर्ण राजनीतिक उपलब्धि भएको उल्लेख गरेकी हुन्।

राष्ट्रपति रनिङ शिल्डमा दौडिरहेका छात्रमाथि कुटपिट

प्रतियोगीतामा खेलाडीले अनुशासन उल्लंघन गरेको अवस्थामा कारबाहीको प्रकृया अपनाउनुको सट्टा आयोजक रहेको विद्यालयका सह–प्रधानाध्यपकबाटै कुदिरहेको अवस्थामा छात्रमाथि कुटपिट गरिएको भन्दै दर्शकले विरोध जनाएका छन्।

२०७७ को पदकमा चुच्चे नक्सा राखिने

२०७६ को पदक गत शुक्रबार बाँडिए पनि त्यसको छपाइको काम भने उतिबेलै भएकाले पछि अद्यावधिक भएको नेपालको नक्सा प्रयोग गर्न नसकिएको गृहले जनाएको छ। पदकमा उल्लेख भएको नक्साको विरोधमा विभिन्न विद्यार्थी संगठनले प्रदर्शन गर्नुका साथै सामाजिक सञ्जालमा पनि व्यापक विरोध भएको थियो।

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा आफ्ना भियतनामी समकक्षीलाई बधाई

राष्ट्रपति विद्यादेवी भण्डारीले समाजवादी गणतन्त्र भियतनामको राष्ट्रपतिको कार्यभार सम्हालेकामा न्युयेन सुआन फुकलाई हार्दिक बधाई ज्ञापन गरेकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्