९ आश्विन २०८१ बुधबार
image/svg+xml

अमेरिकी सबै वयस्कले अप्रिल १९ बाट कोभिडविरुद्धको खोप लगाउन पाउने

अमेरिकी राष्ट्रपति जो बाइडेनद्धारा अमेरिकाका सबै जना वयस्क नागरिकले पनि आगामी अप्रिल १९ तारिखदेखि कोरोनाका विरुद्धको खोप पाउने घोषणा गरेका छन्। उनले मंगलबार सो कुराको घोषणा गरेका हुन्।

राष्ट्रपतिको मर्यादा

संवैधानिक भूमिकामा रहेकी राष्ट्रपतिको काम पार्टी विशेषको गतिविधिमा चासो राख्नु होइन। उनको यस किसिमको कार्यले फेरि उनलाई विवादमा तानेको छ। मुलुकको राष्ट्रपति कुनै पार्टी विशेषको एकता गराउने, विभाजन गराउने वा रोक्ने जस्ता गतिविधिमा संलग्न हुनुहुँदैन। कम्तीमा राष्ट्रपतिले आफ्नो पद, पदीय गरिमा र नेताबीचको अन्तर छुट्ट्याउन सक्नुपर्छ।

एमालेमा टुटफुट रोक्न राष्ट्रपति सक्रिय

सत्तारूढ एमाले आन्तरिक विवादमा रुमलिएको समयमा राष्ट्रपति भण्डारी नेता खनालसँग भेटघाट गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। सामान्यतया राष्ट्रपति कुनै पनि पार्टीका नेतालाई भेट्न निवास जानु शिष्टाचारबाहिरको विषय मानिन्छ।

अर्जेन्टिनाका राष्ट्रपति कोभिड–१९ बाट सङ्क्रमित

दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजलाई कोभिड–१९ सङ्क्रमण भएको छ। कोभिड–१९ को खोप लगाइसकेका राष्ट्रपतिलाई सङ्क्रमण देखिएको राष्ट्रपति कार्यालयले शुक्रबार घोषणा गरेको छ।

राष्ट्रपतिद्वारा मेलम्ची खानेपानी वितरणको औपचारिक शुभारम्भ

बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी आजबाट औपचारिक रुपमा उद्घाटन गरि काठमाडौंमा वितरण गरिएको छ।

केन्याका राष्ट्रपति दम्पत्तिलाई कोरोनाको खोप

केन्याका राष्ट्रपति उहुरु केन्याटा र उनकी श्रीमती मर्गारेट केन्याटाले शुक्रबार कोरोनाभाइरस विरुद्धको खोप लगाएका छन्। महामारी फैलाउने भाइरसबाट जोगिन राष्ट्रपति केन्याटाले सवैलाई आह्वान गर्दै खोप लगाएका हुन्।

मुलुकले इमान्दार राजनीतिज्ञ गुमाएको छः राष्ट्रपति

राष्ट्रपति भण्डारीले आज बिहान ट्वीट गर्दै उनको निधनबाट मुलुकले एक इमान्दार राजनीतिज्ञ गुमाएको जनाएकी हुन्। स्वर्गीय जोशीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै राष्ट्रपतिले शोकसन्तप्त परिवारमा समवेदना पनि प्रकट गरेकी छिन्।

भारतीय राष्ट्रपति कोविन्द अस्पताल भर्ना

भारतका राष्ट्रपति रामनाथ कोविन्द शुक्रबार अस्पताल भर्ना भएका छन्। छातीमा सामान्य समस्या महसुस गरेपछि उनलाई नयाँ दिल्लीस्थित सैनिक अस्पताल भर्ना गरिएको अधिकारीहरुले जानकारी दिएका छन्।

राष्ट्रपति भण्डारी र समकक्षी हमिदबीच भेटवार्ता

मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र बङ्गलादेशी समकक्षी मोहम्मद अब्दुल हमिदबीच गए राति दुईपक्षीय भेटवार्ता भएको छ। भेटवार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, बङ्गलादेशका विदेशमन्त्री डा एके अब्दुल, बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रलगायत दुवै देशका उच्चपदस्थ अधिकारी सहभागी थिए।

राष्ट्रपति भण्डारी ढाकामा

राष्ट्रपति विद्यादेवी भण्डारी दुईदिने राजकीय भ्रमणका सिलसिलामा सोमबार बंगलादेशको राजधानी ढाका पुगेकी छन्। बंगलादेश स्वतन्त्रताको स्वर्णजयन्ती तथा राष्ट्रपिता बंगबन्धु शेख मुजिवर रहमानको जन्म शताब्दीका अवसरमा सहभागी हुन उनी सोमबार बिहान ढाका पुगेकी हुन्।

राष्ट्रपति भण्डारीसँग बङ्गलादेशी प्रधानमन्त्रीको भेटवार्ता

बङ्गलादेशको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज राजधानी ढाकास्थित होटेल कन्टिनेन्टलमा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले शिष्टाचार भेटवार्ता गरेकी छन्। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्र, बङ्गलादेशका विदेशमन्त्री डा एके अब्दुल मोमेनसहित दुवै देशका उच्चस्तरीय प्रतिनिधि सहभागी भेटवार्ताका क्रममा दुई देशबीचको आपसी सम्बन्ध, पारस्परिक सहयोग र सहकार्यका विषयमा कुराकानी भएको छ।

राष्ट्रपति भण्डारी ढाकामाः समकक्षी हमिदले विमानस्थलमा गरे स्वागत, आजै महत्वपूर्ण भेटवार्ता

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को विशेष विमानबाट ढाका पुगेकी राष्ट्रपति भण्डारीलाई समकक्षी हमिदले विमानस्थलमा स्वागत गरे। राष्ट्रपति भण्डारीलाई विमानबाट ओर्लेलगत्तै बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रले पनि स्वागत गरेका थिए।

राष्ट्रपति भण्डारी बंगलादेश प्रस्थान

राष्ट्रपति विद्यादेवी भण्डारी दुईदिने राजकीय भ्रमणका बंगलादेश प्रस्थान गरेकी छन्। उनी सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बंगलादेश त्यसतर्फ प्रस्थान गरेकी हुन्।

राष्ट्रपति वायु सेवा निगमको जहाजमार्फत बङ्गलादेश प्रस्थान गर्ने

राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को न्यारो बडी ए ३२० जहाजमार्फत बङ्गलादेश जाने भएकी छन्। उनी यही चैत ९ र १० (भोलि र पर्सी) गते त्यहाँको राजकीय भ्रमणका लागि जाँदै छिन्।

राष्ट्रपति भण्डारी भोलि बंगलादेश जाँदै

राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि छिमेकी मित्रराष्ट्र बङ्गलादेशको राजकीय भ्रमणमा जान लागेकी छिन्। बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा उनले दुई दिवसीय भ्रमणमा जान लागेकी हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्