९ आश्विन २०८१ बुधबार
image/svg+xml

राजनीतिक दलहरुले आ-आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ : पूर्वराष्ट्रपति यादव

पूर्वराष्ट्रपति डा. रामवरण यादवले राजनीतिक दलहरु जिम्मेवारपूर्ण रुपमा अघि बढ्नुपर्ने बताएका छन्। आज चितवनमा पत्रकारसँग कुरा गर्दै उनले दलहरुले आआफ्नो भूमिका महत्वपूर्ण ढङ्गले निर्वाह गर्नुपर्नेमा जोड दिए।

राष्ट्रपतिको भूमिकामा प्रश्न

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओली दुवै संसद्लाई सक्रिय बनाउने पक्षमा नरहनु आफैँमा विडम्बनापूर्ण अवस्था हो । प्रधानमन्त्री ओलीले आफ्नो कदमको बचाउ गर्नुलाई जायज मान्न सकिएला तर राष्ट्रपतिका लागि यसरी निर्वाचनको वकालत गर्न सुहाउने विषय होइन ।

उपराष्ट्रपतिलाई कोरोना खोप

उपराष्ट्रपति नन्दबहादुर पुनले कोरोनाविरुद्धको खोप लगाएका छन्। मंगलबार अपराह्न वीरअस्पताल पुगेर उनले खोप लगाएका हुन्।

‘राजनीतिक संकटको कारक राष्ट्रपति र प्रधानमन्त्री’

सर्वपक्षीय बैठकमा सहभागी अधिकांश दलका नेताले प्रतिनिधिसभा विघटनको सिफारिस गर्ने प्रधानमन्त्रीको कदम र त्यसलाई सदर गर्ने राष्ट्रपतिको कदमले २०६२/६३ को जनआन्दोलनबाट प्राप्त लोकतान्त्रिक गणतन्त्र नै संकटमा परेको आरोप लगाएका हुन्।

राष्ट्रपति रनिङशिल्ड आयोजना गर्न निर्देशनात्मक परिपत्र

युवा तथा खेलकुद मन्त्रालयले प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागि हुन खेलाडी पठाउन संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत स्थानीय निकायलाई पत्राचार गरेको छ ।

राष्ट्रपतिद्वारा कालु पाँडेको समाधिस्थलमा पुष्पगुच्छा अर्पण

राष्ट्रपति विद्यादेवी भण्डारीले आज चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित काजी कालु पाँडेको समाधिस्थलमा पुष्पगुच्छा अर्पण गरेकी छन्। सो अवसरमा उनले कालु पाँडेको पूर्णकदको शालिकमा माल्यार्पण गरेकी थिइन्।

महाशिवरात्रि तथा सेना दिवस सम्पन्न

नेपाली सेनाले महाशिवरात्रि तथा सेना दिवस विशेष कार्यक्रमको आयोजना गरी मनाएको छ । सेनाले बिहीबार टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रमहरूको आयोजना गरी सेना दिवस मनाएको हो । सो अवसरमा कार्यक्रमकी प्रमुख अथितिसमेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले सैनिक मञ्चमा रहेको वीर स्मारकमा माल्यार्पण गर्दै शहिदहरूप्रति श्रद्धान्जलि अर्पण गरेकी थिइन् ।

अमेरिकी कङ्ग्रेसद्वारा १९ खर्ब डलरको राहत प्याकेज स्वीकृत

अमेरिकी राष्ट्रपति जो बाइडेनले अघि सारेकाे १९ खर्ब डलरको कोभिड–१९ राहत प्याकेजलाई अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्स (कङ्ग्रेस) ले अनुमोदन गरेको छ। राष्ट्रपति बाइडेन र डेमोक्रेटिक पार्टीले राहत प्याकेज अनुमोदन भएको विषयलाई आफ्नो महत्वपूर्ण विजय मानेका छन्।

समानताबिना सामाजिक तथा सांस्कृतिक विभेदको अन्त्य हुन सक्दैन : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले सभ्य र लैङ्गिक समानता युक्त समाज निर्माणका लागि विशेष पहलका साथ अग्रसर रहन समाजका सबै पक्षको ध्यानाकषर्ण गराएकी छन्।

राजनीतिक रुपान्तरणमा महिलाको महत्वपूर्ण भूमिका : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले सामाजिक राजनीतिक रुपान्तरणमा महिलाहरूको महत्वपूर्ण भूमिका रहे पनि त्यो भूमिकाको बास्तविक सम्मान हुन नसकेको बताएका छन्।

राष्ट्रपतिद्वारा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना

एक सय ११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा एक शुभकामना सन्देश दिँदै उनले नेपालको संविधानले व्यवस्था गरेनुसार राजनीतिक तथा हरेक सार्वजनिक निकायमा महिलाको समानुपातिक सहभागिता प्राप्तिका लागि कार्यान्वयन तहमा थप प्रयत्नको खाँचो महसुस गरेको उल्लेख गरेकी छन्।

ट्रम्प दम्पतीले कोरोनाको खोप जनवरीमै लगाएका थिएः पूर्व सल्लाहकार

तत्कालीन राष्ट्रपति ट्रम्पले कोरोनाको महामारी चलिरहेका बेला खोप र मास्कको प्रयोग आवश्यक नभएको बताउने गरेका थिए। त्यसको विरोध गर्ने व्यक्तिले नै भित्री रुपमा खोपको प्रयोग गरेको तथ्य सार्वजनिक भएको हो। उनी राष्ट्रपति भएका बेला विश्वभरी नै कोरोनाभाइरसको महामारी फैलिएको थियो।

फ्रान्सका पूर्वराष्ट्रपतिलाई भ्रष्टाचारको आरोपमा तीन वर्ष जेल सजाय

सार्कोजी फ्रान्सका दोस्रो राष्ट्रपति हुन् जसलाई भ्रष्टाचारको मुद्दामा दोषी ठहराइएको छ। २०११ को सुरुमा पूर्व राष्ट्रपति ज्याक चिराकलाई भ्रष्टाचारको मुद्दामा दुई बर्षको जेल सजाय सुनाइएको थियो। यद्यपि चिरक पेरिसको मेयर हुँदा उनीमाथि भ्रष्टाचारको आरोप लगाइएको थियो।

हेमबहादुर मल्ल सम्मान डा.दासलाई

राष्ट्रपति कार्यालयमा आयोजित सम्मान कार्यक्रममा संघका अध्यक्ष कृष्णहरि बास्कोटाले डा. दास हेमबहादुर मल्ल सम्मान पाउने १६औं व्यक्ति भएको बताए। दासले सम्मानका लागि आभार प्रकट गरेका छन्।

इक्वेडरमा जेलमा दङ्गा, ७५ जनाको मृत्यु

मानवअधिकारवादी संस्थाले यसलाई हिंसालाई ‘अभूतपूर्व नरसंहार’ को संज्ञा दिदै मुलुकमा सुरक्षाको अभावमा चिन्ता व्यक्त गरेको बताइएको छ। गत वर्ष पनि कैदीको विवादमा ५१ व्यक्तिको मृत्यु भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्