९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

राष्ट्रपतिद्वारा नयाँ नक्सा समेटिएकाे पदक वितरण

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस २०७७ को अवसरमा राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका ५ सय ९३ जनालाई विभिन्न मानपदवी, अलंकार र पदवी प्रदान गरेकी छिन्। राष्ट्रपति भवन शीतलनिवासमा बुधबार आयोजित एक समारोहमा राष्ट्रपति भण्डारीले नेपालको वर्तमान राजनीतिक तथा प्रशासनिक (चुच्चे)नक्सा समेटिएका पदक प्रदान गरेकी हुन्।

यसअघि राष्ट्रपति भण्डारीले गत शुक्रबार संविधान दिवस २०७६ को अवसरमा वितरण गरिएका पदकमा नेपालको वर्तमान नक्सा नसमेटिएको भन्दै चौतर्फी आलोचना भएको थियो । नेपालले गुमाएका कालापानी, लिपुलेकलगायत भूभाग समेटेर गत जेठमा प्रतिनिधिसभाले संविधानमा रहेको निसान छाप संशोधन गरी पारित गरेको थियो। यसअघि गत शुक्रबार राष्ट्रपति भण्डारीले संविधान २०७६ को निर्णयअनुसार विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका ६ सय ३३ जना व्यक्तिलाई विभिन्न पदक वितरण गरेकी थिइन्। तर त्यतिबेला भने कालापानी, लिपुलेकलगायत भूभाग नसमेटिएको पुरानै नक्सा राखिएपछि व्यापक विरोध भएको थियो।

 गृह मन्त्रालयले भने २०७७ देखि नयाँ नक्सा कार्यान्वयनमा आएको तर त्यतिबेला बाँडिएका पदक २०७६ को कोरोनाका कारण वितरण गर्न नसकिएकाले अहिले वितरण गरेको बताएको थियो। सुप्रसिद्ध प्रबल जनसेवाश्री (प्रथम) बाट डा.सन्दुक रुइत विभूषित भएका छन्। त्यसैगरी प्रसिद्ध प्रवल जनसेवाश्री द्वितीय सर्वाेच्च अदालतका न्यायाधीश दीपककुमार कार्की, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त नवीनकुमार घिमिरे, प्रधानसेनापति पूर्णचन्द्र थापा, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई प्रदान गरिएको छ। 

राष्ट्रपति भण्डारीले सुकीर्तिमय राष्ट्रदीप तृतीय ७ जनालाई, सुप्रबल जनसेवाश्री तृतीय ८६ जनालाई, कीर्तिमय राष्ट्रदीप चतुर्थ ८ जनालाई, प्रबल जनसेवाश्री चतुर्थ २ सय ४२ जनालाई, जनसेवा पञ्चम १ सय ४ जनालाई, राष्ट्रियशोवद्र्धक २ जनालाई, नेपाल सेवा प्रवीण १ जना, समाज सेवा रत्न ११ जनालाई प्रदान गरेकी छिन्। त्यसैगरी परम पौरख भाष्कर १२ जना, नेपाल प्रताप सुभूषण २४ जनालाई, अतिपौरख भाष्कर २० जना, नेपाल प्रताप आभूषण १४ जना, महापौरख भाष्कर १२ जना, नेपाल प्रताप भूषण १८ जना, राष्ट्रसेवा पदक २ जना, सुकीर्ति पदक १२ जना, प्राकृतिक प्रकोप पीडितोद्धार पदक १३ जनाले पाएका छन्।

प्रकाशित: २ वैशाख २०७८ ०१:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App