५ आश्विन २०८१ शनिबार
image/svg+xml

फरार अभियुक्त चार वर्षपछि पक्राउ

हाडनाता करणी सम्बन्धी मुद्दामा कैद सजाय सुनाइएका बैतडीका एक युवक चार वर्षपछि पक्राउ परेका छन्। सिगास गाउँपालिका–१ सिराडीका ३२ वर्षीय वीरभान धामी सोमबार प्रहरीले पक्राउ गरेको हो।

२४ वर्षदेखि फरार ‘मस्ट वान्टेड’ पक्राउ

दर्जनौं खुनडाँका, सङ्गठित अपराध र किर्ते मुद्दामा फरार रहेका ‘मस्ट वान्टेड’ अभियुक्तलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ। लालबन्दी नगरपालिका–२, पुर्नवास (डी) टोलका ४५ वर्षीय सञ्जिव पासवानलाई प्रहरीले पक्राउ गरेको हो। विशेष सुराकीका आधारमा शुक्रबार साँझ आफ्नै घरबाट पक्राउ परेका पासवानलाई शनिबार दिउँसो जिल्ला प्रहरी कार्यालय मलङ्गवामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ।

करोडौं लिएर सहकारी सञ्चालक फरार

ठूलो सहकारी संस्थाको श्रेणीमा रहेको वीरगन्जको लिंकरोडस्थित प्राइम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक बचतकर्ताको करोडौं रुपैयाँ लिएर फरार भएका छन। स्थानीयले सहकारीमा जम्मा गरेको आठ करोडभन्दा बढी रुपैयाँ लिएर सञ्चालक फरार भएका हुन्।

कर्तव्य ज्यान मुद्दाका फरार पक्राउ

कर्तव्य ज्यान मुद्दामा फरार तीनजनालाई जिल्ला प्रहरी कार्यालय धादिङले साढे १२ वर्षपछि पक्राउ गरेको छ। २०६३ कात्तिक ७ गते राति देउसी खेल्न जाऔं भन्दा बिरामी भनी नमानेका रुबिभ्याली गाउँपालिका–२ स्थित कामीगाउँका २७ वर्षीय देवबहादुर बिकलाई हेमडल्ला बिकसमेत आठजनाले कुटपिट गरेका थिए। घाइते बिकको उपचारका क्रममा मृत्यु भएको र सोही दिन दाहसंस्कार गरिएको थियो।

जिउँदै जलाइएकी कञ्चनकाे मृत्यु

पति र सासूले जलाएका जिउँदै जलाएर घाइते भएकी सिरहाकी कन्चन मण्डलको निधन भएको छ। सुस्मा कोइराला मेमोरियल अस्पताल साँखुमा उपचार क्रममा उनको मृत्यु भएको हो ।

पुल अलपत्र छाडेर भागेका ठेकेदार फर्किए

आरुघाट गाउँपालिकाको सोती खोलामा पाँच वर्षअघि पक्की पुल निर्माण सकिनुपर्ने थियो। तर, ठेकेदार भागेपछि पुल अहिलेसम्म अलपत्र अवस्थामा छ। २०६८ सालमा ठेक्का सम्झौता भएको उक्त पुल २०७० सालमा पूरा हुनुपर्ने भए पनि ठेकेदार भागेपछि पुल बन्न सकेन। तर, अहिले ठेकेदार फर्किएकाले पुल बन्ने आशा पलाएको छ।

लाखौं कुम्ल्याएर कम्पनी सञ्चालक फरार

‘राम्रो काम गर्छौं, विदेशबाट उन्नत जातको बीउ र बोटबिरुवा दिन्छौं भनेर रकम उठाउन लगाए। तर, तलब सुविधा त के उठाएको पैसासमेत खाएर संस्था नै भाग्यो’, सामाजिक परिचालक पूजा खातीले बताइन्।

घाँटी थिचेर साथीको हत्या गर्ने १८ वर्षपछि पक्राउ

कर्तव्यज्यान मुद्दाका १८ वर्षदेखि फरार अभियुक्तलाई सर्लाहीस्थित इलाका प्रहरी कार्यालय हरिपुरले पक्राउ गरेको छ।

हत्याका फरार अभियुक्त २८ वर्षपछि पक्राउ

छिमेकीको हत्या गरी फरार रहेका एक वृद्धलाई प्रहरीले २८ वर्षपछि पक्राउ गरेको छ। जिल्लाको साविक जोगमाई गाविस–९ (हाल सूर्याेदय नगरपालिका–१) का ७३ वर्षीय रणबहादुर राईलाई पशुपतिनगरस्थित भारतीय सीमाक्षेत्रबाट पक्राउ गरिएको हो।

आफन्तबाटै सुरक्षित छैनन् महिला, ६ देखि ८८ वर्षीयासम्म बलात्कृत

मालिका गाउँपालिका ७ का ७० वर्षीयले १३ वर्षीया नातिनीलाई २६ पुसमा बलात्कार गरी फरार भए। आरोपितले बालिकालाई धम्की दिँदै पटक–पटक बलात्कार गर्दै आएका प्रहरीले खुलायो।

कृषकसँग लाखौं उठाएर भाग्यो कर्णाली एग्रिकल्चर

कर्णाली एग्रिकल्चर डेभलपमेन्ट नेपालको शाखा कार्यालय भोजपुरले जिल्लाका २५ सय कृषकको लाखौं रकम उठाएर फरार भएको छ। जिल्लामा कृषि तथा वनसँग सम्बन्धित विभिन्न कार्यक्रम गर्ने उद्देश्यले शाखा कार्यालयको रुपमा दर्ता भएर काम गर्ने बताएको उक्त संस्थाले जिल्लाका २५ सय बढी कृषकसँग ३ सयका दरले करिब ७ लाख बढी रकम संकलन गरेर सम्पर्कविहिन भएको हो।

नौ वर्षपछि फरार अभियुक्त पक्राउ

नौ वर्षदेखी फरार रहेका एक अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)ले आइतबार पक्राउ गरेको छ।

ज्यान मार्ने उद्योग र गाँजा तस्करीमा संलग्न तीन जना पक्राउ

ज्यान मार्ने उद्योग मुद्दामा सात वर्ष कैद सजाय तोकिएका फरार अभियुक्तलाइ मकवानपुर प्रहरीले पक्राउ गरेको छ। प्रहरी निरीक्षक मधुकुमार थापाको नेतृत्वको प्रहरी टोलीले फरार रहेका हेटौंडा १ बस्ने ३२ वर्षीय सुशान्त गुरुङ्गलाई पक्राउ गरेको हो।

ज्वाइँकाे हत्या गर्ने फरार अभियुक्त १६ वर्षपछि पक्राउ

१६ वर्षअघि हत्या गरेर फरार भएका एक अभियुक्तलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ। २०५९ चैत २५ गते तरंगा–६ सिमखोलीका २४ वर्षीय बमबहादुर सुनारको हत्या गरेर फरार रहेका प्रताप कामीलाई प्रहरीले पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्