२६ कार्तिक २०८१ सोमबार
image/svg+xml

फरार अभियुक्त जेल चलान

ज्यान मार्ने उद्योगका फरार प्रतिवादी जेल चलान भएका छन्। ज्यान मार्ने उद्योग अन्तर्गत चार वर्षअघि सजाय सुनाइएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाका प्रभाकर राई फरार रहेको लामो समयपछि पक्राउ परेर जेल चलान भएका हुन्।

फरार अपराधी धमाधम पक्राउ

दुई महिनामा प्रहरीले  अदालतबाट कैद सजाय तोकिएका करिब दर्जन बढि फरार अपराधीलाई पक्राउ गर्न सफल भएको छ ।सर्वस्वसहित जन्म कैद फैसला भएको अपराधी दुई महिनाको अवधिमा पक्राउ गर्न प्रहरी सफल भएको रेकर्डमा देखिन्छ।

फरार अभियुक्त ५ वर्षपछि पक्राउ, ७ दिनको लागि जेल चलान

पाँच वर्षदेखि फरार रहेका एक अभियुक्तलाई सल्यान प्रहरीले पक्राउ गरेको छ। कुटपिट मुद्दामा जिल्ला अदालतबाट दोषी ठहर भएर फरार भएका शारदा नगरपालिका–४ का ३१ वर्षीय देवेन्द्र रावतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरी हिरासतबाटै भागे दुर्इ थुनुवा

हत्या आरोपमा इलाका प्रहरी कार्यालय रानीको थुनामा रहेका दुई जना विहीबार राती हिरासतबाटै फरार भएका छन्।

जबरजस्ती करणी गरी फरार रहेका एक पक्राउ

जबरजस्ती करणी गरी फरार रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीले एक जनालाई पक्राउ गरेको छ।

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त २९ वर्षपछि जेल चलान

खोटाङमा कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त २९ वर्षपछि जेल चलान भएका छन्। जग्गा सम्बन्धी बिवादमा २०४६ सालमा छिमेकीको हत्या गरेको अभियोगमा कैद सजाय सुनाइएका हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा कदुवाका ६० वर्षीय चन्द्रबहादुर कार्की बिहीबार जेल चलान भएका हुन्।

छिमेकीको हत्या गरेर फरार अभियुक्त २९ वर्षपछि दशैंमा घर आउँदा पक्राउ

जग्गासम्बन्धी बिवादमा छिमेकीको हत्या गरेर फरार भएका एक अभियुक्तलार्इ प्रहरीले २९ वर्षपछि पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका ६० वर्षीय चन्द्रबहादुर कार्की रहेका छन्। जग्गा बिवादका क्रममा २०४६ सालमा स्थानीय ढकबहादुर कार्कीको हत्या गरेर फरार कार्कीलाई सुनसरीको रामधुनी नगरपालिका–७ पञ्चायनबाट पक्राउ गरिएको हो।

फरार दुई अभियुक्त १८ वर्षपछि पक्राउ

लागुऔषध गाँजा कारोबार मुद्दामा १८ वर्ष र १५ वर्षदेखि फरार रहँदै आएका दुई अभियुक्तलाई महोत्तरी प्रहरीले मङ्गलबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा एकडारा गाउँपालिका–३ का ५२ वर्षीय छेदी साह र ५४ वर्षीय रामनरेश यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए।

फरार अभियुक्त ९ वर्ष पछि पक्राउ

नेपाली कांग्रेस महासमिति सदस्य उमाकान्त हमालको हत्यामा संलग्न भएको आरोप लागेका एक फरार अभियुक्तलाई प्रहरीले ९ वर्ष पछि पक्राउ गरेकाे छ।

बलात्कारका फरार अभियुक्त जेल चलान

दुई बर्ष अघि स्थानीय एक महिलालाई जवरजस्ती करणी गरी फरार भएका गुल्मी रुरुका विनोद श्रेष्ठ पक्राउ परेका छन्।

लिबियाको जेलबाट ४ सय बन्दी फरार

लिबियाको राजधानी त्रिपोलीमा रहेको ऐन जारा कारागारबाट चार सय बन्दी फरार भएका छन् ।सरकारी सुरक्षाकर्मीहरु र लडाकूबीच भिडन्त भएपछि आइतबार उनीहरु भागेको अधिकारीहरुले जनाएका छन्।

जबरजस्ती करणी उद्योगका दोषी दुई वर्षपछि पक्राउ

खोटाङमा जबरजस्ती करणी उद्योग महल अन्तर्गत सजाय सुनाइएका फरार अभियुक्त दुई वर्षपछि पक्राउ परेका छन्। २०७३ भदौ १ गते ३५ वर्षीय महिलालाई बलात्कार प्रयास गरेको आरोपमा जिल्ला अदालत खोटाङबाट जबरजस्ती करणी उद्योग महल अन्तर्गत सजाय सुनाइएका हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका टयनकुमार राई दुई वर्षपछि पक्राउ परेका हुन्।

फरार ४ अभियुक्त पक्राउ

विभिन्न दुई अपराधिक घटनामा संलग्न भई फरार रहेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ। ज्वालामुखी गाउँपालिका–४ का २४ वर्षीय राज कुमार दुवाडी र  २४ वर्षीय नबिन श्रेष्ठलाई पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्