२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

मच्छिन्द्रको अग्रता फराकिलो

टोलीका अधिंकाश खेलाडीमा कोभिड १९ संक्रमण पुष्टि भएपछि च्यासल युथ क्लब र नेपाल पुलिस क्लबबीचको खेल स्थगित भएको छ।

संकटा थ्री स्टारसँग निराश, आर्मीलाई राहत

गोलरहित बराबरीतर्फ लम्किएको खेलको अन्तिम सेकेन्डमा राफेल रिमको पासमार्फत विजय भुजेलले गरेको गोलमा थ्री स्टारले विजय प्राप्त गर्दै लिगका पछिल्ला तीन खेलमा शतप्रतिशत नतिजा ल्याएको हो ।

भक्तपुर जिल्ला लिग फुटबल प्रतियोगिताका सेमिफाइनल खेलहरु आज

प्रतियोगिताको पहिलो सेमिफाइनल खेल दिउँसो ११ बजे लोकन्थली एफसी र विश्व विनायक युथ क्लबबीच हुनेछ। त्यस्तै दिउँसो ३ बजे भक्तपुर युनाइटेडले थिमि युथसँग प्रतिस्पर्धा गर्नेछ।

गोँधुली कपमा चार टोली क्वार्टरफाइनल प्रवेश

काउन्टर अट्याक गर्दै वडा ११ का दावा शेर्पाले गोल गरेपछि २–१ को जित हात पार्यो। खेलको म्यान अफ दि म्याच वडा ११ का गोल किपर प्रदीप जिमी घोषित भएका थिए। उनले नगद १५ सय हात पारे।

नकआउट फुटबलमा रोयल नेपालगन्ज बन्यो च्याम्पियन

च्याम्पियन बनेको रोयल बाँके जिल्ला लिग फुटबलका लागि छनोट भएको छ। माघ महिनामा हुने लिग फुटबलमा बाँकेका १२ क्लबले प्रतिस्पर्धा गर्नेछन्।

उदयपुर लिग फुटबल फ्युजनले जित्यो

त्यस्तै उत्कृष्ट मध्यपंति खेलाडीको उपाधि लालीगुराँसका अरुण राई घोषित हुँदा सर्वाधिक गोलकर्ताको उपाधि नवप्रभातका आशिस थारुले पाए भने सर्वोत्कृष्ट खेलाडी गाईघाट फुटबल क्लबका प्रताप राई घोषित भएका छन्।

आत्मघाती गोलमा मच्छिन्द्रलाई राहत

६७औं मिनेटमा रोनेल एन्थोनी पाउलले आफ्ना गोलकिपरलाई हेड पास गर्न खोज्दा बलले जाली चुमेपछि मच्छिन्द्रले अग्रता लियो। त्यो गोल नै जितका लागि पर्याप्त बन्यो।

एन्फाको निर्वाचन जेठ १५ मा

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाको अध्यक्षतामा बसेको बैठकले पुरस्कार प्रदानको मापदण्ड बनाउने, शीर्ष तीन डिभिजनको तयारीका लागि क्लबहरूलाई तयारी बढाउने, विभिन्न समितिको गठन गरी १२ वटा निर्णय गरेको छ।

ए डिभिजन लिगः सातौँ चरणको ४ खेल जलजले र गाईघाटमा

विजेता टिमले पुरस्कारस्वरुप ५० हजार नगद र प्रदेशस्तरीय प्रतियोगितामा भाग लिन पाउने व्यवस्था छ भने उपविजेतालाई ३० हजार पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ।

लिग च्याम्पियनका लागि मोतीराम र उर्लाबारी भिड्दै

पहिलो खेलमा नव प्रगतिशिलका सन्देश राईले ४१ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए। ६२ औं मिनेटमा युनाइटेडका राजीवकुमार खवासले गोल गर्दै खेल बारबरी पारे।

राष्ट्रिय टोलीमा पुनरागमन लक्ष्य

विक्रमले थ्री स्टारलाई च्याम्पियन बनाउने लक्ष्यका साथै राष्ट्रिय टोलीमा आफ्नो पुनरागमनको लक्ष्य राखेका छन्। यद्यपि एन्फाले सोमबार मौरिससविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि घोषणा गरेको ३४ सदस्यीय टोलीमा विक्रमले स्थान बनाउन सकेनन्।

फाइनलमा मोतीराम क्लब

उनले खेलको ३२ र ३३ औं मिनेटमा गोल गरे। हरैँचाका लागि एक मात्र सान्तवना गोल पहिलो हाफको अतिरिक्त समयमा राजेन्द्र अधिकारीले गरे।

मोतीराम र हरैँचा क्लब विजयी

प्रतियोगिताअन्तर्गत मंगलबारको नव प्रगतिशील सेवा समाज र साइनो स्पोर्टिङ तथा दोस्रो खेल युनाइटेड स्पोर्टिङ क्लब र उर्लाबारी स्पोर्टिङ क्लबबीच प्रतिष्पर्धा हुने खेल संयोजक धनबहादुर लामाले बताए।

ए डिभिजन लिग फुटबल, फ्युजनको निरन्तरतामा धक्का

अहिलेसम्मका ५ खेलमध्ये हालसम्म लालिगुँरास नवयुवा क्लबले २ खेल जितेको छ भने बगाहा युवा समुह अहिलेसम्म जित शून्य अवस्थामा छ।

उर्लाबारी र साइनो क्लब विजयी

मोरङ जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगिताअन्तर्गत सोमबारको पहिलो खेल बेलबारी फुटबल क्लब र श्री हरैँचा स्पोर्टिङ क्लब र दोस्रो खेल सम्राट स्पोर्टिङ क्लब र मोतिराम स्पोर्टिङ क्लबबीच प्रतिष्पर्धा हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्