२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

फाइनलमा मोतीराम क्लब

मोतीराम स्पोर्टिङ क्लब विराटनगरमा जारी जिल्लास्तरीय ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

प्रतियोगिताअन्तर्गत बुधबारको खेलमा मोतीरामले श्री हरैँचा स्पोर्टिङ क्लबलाई २–१ गोलमा पराजित गरेको हो। समूह ‘क’ अन्तर्गत मोतीराम ९ अंकका साथ शीर्ष स्थानमा हुँदै फाइनलमा पुगेको छ। अर्को खेलमा सम्राट स्पोर्टिङ क्लब र बेलबारी फुटबल क्लब १–१ गोलको बराबरीमा खेल्दै समान अंक बाँडे।

पहिलो खेलमा बेलबारीका आदित्य तामाङले ३० औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। पहिलो हाफको अतिरिक्त समयमा सम्राटका सनिज लिम्बूले गोल गर्दै खेललाई बराबरी पारे। खेलको म्यान अफ द म्याच बेलबारीका आदित्य तामाङ भए।  

त्यसैगरी, दोस्रो खेलमा म्यान अफ द म्याच मोतीरामका सौरभ कार्कीले २ गोल गर्दै टोलीलाई विजयी बनाए। उनले खेलको ३२ र ३३ औं मिनेटमा गोल गरे। हरैँचाका लागि एक मात्र सान्तवना गोल पहिलो हाफको अतिरिक्त समयमा राजेन्द्र अधिकारीले गरे।

मोरङ जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगिताअन्तर्गत बिहीबारको पहिलो खेल नव प्रगतिशील सेवा समाज र युनाइटेड स्पोर्टिङ क्लब तथा दोस्रो खेल साइनो स्पोर्टिङ क्लब र उर्लाबारी स्पोर्टिङ क्लबबीच प्रतिष्पर्धा हुने खेल संयोजक धनबहादुर लामाले बताए।

प्रकाशित: २१ पुस २०७८ १४:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App