२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

मोतीराम र हरैँचा क्लब विजयी

टेकबहादुर लिम्बूले गरेको ह्याट्रिक गोलबाट मोतीराम स्पोटिङ क्लब विराटनगरमा जारी जिल्ला स्तरी ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा विजयी भएको छ।  

मोरङ जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगिताअन्तर्गत सोमबारको पहिलो खेलमा हरैँचाले बेलबारी फुटबल क्लबलाई १–० गोलअन्तरमा पराजित गरेको छ। दोस्रो खेलमा टेकबहादुर लिम्बूलको ह्याट्रिक गोलका साथ मोतीरामले सम्राट स्पोर्टिङ क्लबलाई ३–० गोलमा पराजितत गर्यो।

पहिलो खेलमा हरैँचाका सनम धिमालले १० औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। खेलको म्यान अफ द म्याच हरैँचाका सुजन चौधरी भए। दोस्रो खेलमा म्यान अफ द म्याच मोतीरामका टेकबहादुर लिम्बूले ह्याट्रिक गोल गर्दै जिते निकाले। उनले खेलको ११, ३४ र ५६ औं मिनेटमा टिमका लागि गोल गरे।

प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ र उपविजेताले नगद २५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने छन्। पुस २४ गते सञ्चालन हुने प्रतियोगितामा नवप्रगतिशील क्बल, उर्लाबारी स्पोर्टिङ क्लब, साइनो स्पोर्टिङ क्लब, युनाइटेड स्पोर्टिङ क्लब, बेलबारी फुटबल क्लब, मोतीराम स्पोर्टिङ क्लब, श्री हरैंचा स्पोर्टिङ क्लब र सम्राट स्पोर्टिङ क्लब सहभागिता रहेको छ।

प्रतियोगिताअन्तर्गत मंगलबारको नव प्रगतिशील सेवा समाज र साइनो स्पोर्टिङ तथा दोस्रो खेल युनाइटेड स्पोर्टिङ क्लब र उर्लाबारी स्पोर्टिङ क्लबबीच प्रतिष्पर्धा हुने खेल संयोजक धनबहादुर लामाले बताए।

प्रकाशित: १९ पुस २०७८ १४:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App