२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

उर्लाबारी र साइनो क्लब विजयी

विराटनगरमा जारी जिल्ला स्तरीय ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा उर्लाबारी फुटबल क्लब र साइनो स्पोर्टिङ क्लब विजयी भएका छन्।

प्रतियोगिताअन्तर्गत आइतबारको खेलमा सौरोज राउतले ह्याट्रिक गोल गर्दै उर्लाबारीले नव प्रगतिशिल सेवा समाजलाई ४–१ गोलअन्तरमा पराजित गर्यो। अर्को खेलमा उत्तम शर्माको ह्याट्रिक गोलमा साइनोले युनाइटेड स्पोर्टिङ क्लबलाई ३–२ गोलमा जित निकाल्यो।

पहिलो खेलमा उर्लाबारीका संजय धिमालले १६ औं मिनेटमा गोल गरे। म्यान अफ द म्याच उर्लाबारीका सौरोज राउतले खेलको ५५, ७२ र ७४ औं मिनेटमा ह्याट्रिक गोल गरे। एक मात्र सान्तवना गोल समाजका लागि इन्द्र राईले ७६ औं मिनेटमा गरे।  

त्यसैगरी, दोस्रो खेलमा ८ औं मिनेटमा साइनोका उत्तम शर्माले गोल गरे। १८ औं मिनेटमा युनाइटेडका सुरजकुमार माझीले गोल फर्काए। २३ औं मिनेटमा पुनः माझीले गोल गर्दै दोब्बर गोलको अग्रता दिलाए। लगत्तै साइनोका उत्तमले गोल गर्दै खेल बराबरी पारे। ७६ औं मिनेटमा पुनः उत्तमले गोल गर्दै टोलीलाई विजयी बनाए। खेलको म्यान अफ द म्याच उत्तम शर्मा भए।

प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ र उपविजेताले नगद २५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने छन्। पुस २४ गते सञ्चालन हुने प्रतियोगितामा नवप्रगतिशील क्बल, उर्लाबारी स्पोर्टिङ क्लब, साइनो स्पोर्टिङ क्लब, युनाइटेड स्पोर्टिङ क्लब, बेलबारी फुटबल क्लब, मोतीराम स्पोर्टिङ क्लब, श्री हरैंचा स्पोर्टिङ क्लब र सम्राट स्पोर्टिङ क्लब सहभागिता रहेको छ।

मोरङ जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगिताअन्तर्गत सोमबारको पहिलो खेल बेलबारी फुटबल क्लब र श्री हरैँचा स्पोर्टिङ क्लब र दोस्रो खेल सम्राट स्पोर्टिङ क्लब र मोतिराम स्पोर्टिङ क्लबबीच प्रतिष्पर्धा हुनेछ।

प्रकाशित: १८ पुस २०७८ १२:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App