२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

लिग च्याम्पियनका लागि मोतीराम र उर्लाबारी भिड्दै

विराटनगरमा जारी ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको फाइनलमा उर्लाबारी फुटबल क्लब प्रवेश गरेको छ। शनिबार जिल्ला लिग च्याम्पियनका लागि उर्लाबारीले मोतीराम स्पोर्टिङ क्लबसँग प्रतिष्पर्धा गर्ने छ।  

मोरङ जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगिताअन्तर्गत बिहीबारका खेलमा युनाइटेड स्पोर्टिङ क्लबले नव प्रगतिशीलसेवा समाजलाई २–१ गोलअन्तरमा पराजित गरेको छ। अर्को खेलमा उर्लाबारीले साइनो स्पोर्टिङ क्लबलाई ४–१ गोलमा पराजित गरेको हो। समूह ‘ख’को ९ अंककका साथ शीर्ष स्थानमा रहेको उर्लाबारी फाइनलमा पुगेको छ।

पहिलो खेलमा नव प्रगतिशिलका सन्देश राईले ४१ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए। ६२ औं मिनेटमा युनाइटेडका राजीवकुमार खवासले गोल गर्दै खेल बारबरी पारे। पुनः खवासले ६६ औं मिनेटमा गोल गर्दै दोब्बर गोल संख्या बनाए। खेलको म्यान अफ द म्याच युनाइटेडका राजीवकुमार खवास भए।

त्यसैगरी, दोस्रो खेलमा उर्लाबारीका मिनल परियारले ३२ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। ५९ औं मिनेटमा उर्लाबारीका संजय धिमालले गोल थपे। ६९ औं मिनेटमा साइनोका उत्तम शर्माले एक गोल फर्काए। ७० औं मिनेटमा पुनः उर्लाबारीका लागि संजयले गोल गरे। ७३ औं मिनेटमा उर्लाबारीका रुद्र कार्कीले गोल गर्दै टोलीलाई बलियो बनाए। म्यान अफ द म्याच उर्लाबारीका रुद्र कार्की भए।

प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ र उपविजेताले नगद २५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने छन्। पुस २४ गते सञ्चालन हुने प्रतियोगितामा नवप्रगतिशील क्बल, उर्लाबारी स्पोर्टिङ क्लब, साइनो स्पोर्टिङ क्लब, युनाइटेड स्पोर्टिङ क्लब, बेलबारी फुटबल क्लब, मोतीराम स्पोर्टिङ क्लब, श्री हरैंचा स्पोर्टिङ क्लब र सम्राट स्पोर्टिङ क्लब सहभागिता रहेको छ।

प्रकाशित: २२ पुस २०७८ १३:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App