२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

मनाङलाई रोक्दै एपिएफले रेलिगेसन टार्‍यो

दोस्रो स्थानको मनाङ मर्स्याङ्दी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत बिहीबार विभागीय क्लब एपिएफसँग ३–१ ले पराजित हुँदा प्रशिक्षक तोपे फुजाले अब मनाङ पहिलेजस्तो नभएको प्रतिक्रिया दिए।

भक्तपुर फुटबल क्लबको जर्सी सार्वजनिक

भक्तपुर फुटबल क्लबले आफनो नयाँं जर्सी सार्वजनिक गरेको छ। क्लबले सोमबार पत्रकार सम्मेलन गरी जर्सी सार्वजनिक गरेको हो।

मनीषको चोटले मच्छिन्द्रलाई जित खल्लो

रेलिगेसनको दबाबमा रहेको च्यासल युथ क्लबलाई २–० ले पराजित गरेसँगै शीर्ष स्थानको मच्छिन्द्र फुटबल क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि रक्षा अभियानमा बलियो देखिए पनि स्ट्राइकर मनीष डाँगीको चोटले भने जित केही खल्लो बनेको छ।

पुलिस र मच्छिन्द्र विजयी, मनाङ र थ्री स्टारले अंक बाँडे

तेस्रो खेलमा मनाङ मर्स्याङ्दी र थ्री स्टारले बराबरी खेल्दै अंक बाँडेका छन्।

भक्तपुर कप फुटबल प्रतियोगिता फागुन ६ गतेबाट पुनः सुरु

यसअघि माघ १४ गतेदेखि हुने भनिएको फुटबल प्रतियोगिता कोरोना महामारीका कारण स्थगित गरिएको थियो।

शीर्ष चारबाट बाहिरियो युनाइटेड

दबाब दिएर खेलेको युनाइटेडले १८औं मिनेटमा पाउल पोग्बाको गोलबाट अग्रता बुन्न सफल भएको थियो। लुका शअले उपलब्ध गराएको पासमा पोग्बाले गोल गर्दै आतिथ्यता गरेको टोलीलाई सुरुआती अग्रता दिलाएका थिए। त्यसपछि पनि दबाब दिएर बर्नलीविरुद्ध खेलेको युनाटेडले पहिलो हाफमा केही राम्रा अवसर खेर फाल्यो।

खेलाडीमा पेनाल्टी मिस, प्रशिक्षक हुँदा उपाधि

२० वर्षअघि उपाधि संघारमा पुगे पनि आफू पेनाल्टीमा असफल हुँदा आलोचित सेसेले अहिले प्रशिक्षकका रूपमा टोलीलाई पहिलो पटक अफ्रिका कप अफ नेसन्सको उपाधि दिलाए।

लिग र गोल्डकप टुंगो लगाएर अधिवेशन गर्ने अध्यक्षको योजना

कास्की जिल्ला फुटबल संघले पनि फागुन मसान्तभित्र अधिवेशन टुंग्याउनुपर्ने छ। अधिवेशन टुंग्याउनुअघि कास्की जिल्ला फुटबल संघले जिल्ला लिग र पोखरा गोल्डकप गर्ने एकमात्र उद्देश्य रहेको स्पष्ट पारेको छ। यद्यपी जिल्ला लिगको समय तोकिसकिएको छैन। अधिवेशनको लागि संघले पदाधिकारी तथा सदस्य एवं आवद्ध क्लबलाई कहिले गर्ने भन्ने विषयमा छलफल नै गरेको छैन।

एन्फा निर्वाचन समिति गठन

अखिल नेपाल फुटबल संघ (एन्फा) को बिहीबार बसेको १६औं कार्यसमिति बैठकले जेठ दोस्रो साताका लागि तय निर्वाचनका लागि निर्वाचन समिति गठन गरेको छ ।

फुटबलमा पुनरागमन गर्दै एरिक्सन

गत जुनमा युरो कप २०२० को फिनल्यान्डसँगको उद्घाटन खेलमा हृदयाघातका कारण उनी मैदानमा ढलेका थिए। खेल सुरु भएको पाँचौं मिनेटमा नै डेनमार्कका मिडफिल्डर एरिक्सनलाई हृदयाघात भएको थियो। त्यसयता उनी फुटबल मैदानमा देखिएका छैनन्।

आहा–रारा गोल्डकपः मुख्य प्रायोजकसँगको दुई दशक यात्रा

आहारारा गोल्डकप फुटबल प्रतियोगिताको २०औं संस्करणको ट्रफी उचाल्दै गर्दा मुख्य प्रायोजकसँगको बीसवर्षे सम्झौतामा पनि पूर्णबिराम लागेको छ। शसस्त्र प्रहरी बलको एपीएफले २०औं संस्करणको उपाधि उचाल्दै इतिहास कोर्यो। सहारा क्लबले पनि गोल्डकपको बीसवर्षे जवान यात्रालाई शनिबार विट मार्यो। हिमश्री फुड्सको दोस्रो पटक गरिएको सम्झौता समेत सकियो।

आहा रारा गोल्डकपः आर्मीलाई हराउँदै मनाङ फाइनलमा

प्रतिस्पर्धात्मक खेलको निर्धारित ९० मिनेटको समय र थपिएको ३० मिनेटको समयमा दुवै तर्फबाट गोल हुन नसक्दा खेल टाइब्रेकरमा धकेलिएको थियो। टाइब्रेकरमा मनाङका फ्य्रांक्लिन कुइट्टे टल्ला, शिव गुरुङ, रूपेश केसी र अफिज ओलावालेले गोल गरेका थिए।

मच्छिन्द्रले श्रीलंकाली टोलीसँग खेल्ने

सहिद स्मारक ‘ए’ डिभिजन लिगको मध्यसिजन च्याम्पियन मच्छिन्द्र फुटबल क्लबले एएफसी कप छनोटमा श्रीलंकाको ब्लु स्टार स्पोर्टस क्लबसँग प्रतिस्पर्धा गर्ने भएको छ।

फुटबल विकासका लागि सम्झौता

अखिल नेपाल फुटबल संघ (एन्फा) र साउदी अरेबियन फुटबल फेडेरेसन (साफ) बीच फुटबल विकासका लागि दुई वर्षको सम्झौता भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्