२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

भक्तपुर कप फुटबल प्रतियोगिता फागुन ६ गतेबाट पुनः सुरु

प्रतियोगिता हुने महेश्वरी खेल मैदान।

कोरोनाका कारण स्थगित भएको भक्तपुर कप फुटबल प्रतियोगिता पुनः फागुन ६ गते शुक्रबारबाट सुरु हुने भएको छ।

यसअघि माघ १४ गतेदेखि हुने भनिएको फुटबल प्रतियोगिता कोरोना महामारीका कारण स्थगित गरिएको थियो। आयोजक युवा टिम गोल्मढी भक्तपुरले स्थगित प्रतियोगिता पुनः सुरु गर्ने जनाएको हो।

टिमका सदस्य सुजन किसीले कोरोना भाइरसका कारण जनताको स्वास्थ्यलाई ध्यानमा राखी प्रतियोगिता स्थगित गरेको र कोरोना सामान्य भएसँंगै पुनः फागुन ६ गतेबाट प्रतियोगिता सुरु गर्न लागेको जनाए। यसअघि नै स्थगित गर्दा कोरोना भाइरसको महामरीमा कमी आई वातावरण अनुकुल हुने बितिकै प्रतियोगिता पुनः सञ्चालन गर्ने जानकारी गराइएको थियो।

प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको थियो, तैपनि प्रतियोगिता स्थगित गर्नु परेको थियो, आयोजक टिमका किसीले भने, अहिले वातावरण अनुकुल हुने बितिकै प्रतियोगिताको मिति तय गरी पुनः तयारीलाई तीव्र बनाएका छौं।

आयोजक युवा टिमका संस्थापक अध्यक्ष एवं सल्लाहकार विश्वराम कवांले प्रतियोगिताका लागि धेरैले सहयोग गरेको भन्दै सहयोगी सबैप्रति धेरै-धेरै धन्यवाद व्यक्त गरे। उनले प्रतियोगिता सुरु हुने निश्चित भएकोले सहयोगका लागि पुनः सबैसँंग आग्रह गरे। प्रतियोगिता भक्तपुर नगरपालिका वडा नं ७ स्थित महेश्वरी खेल मैदानमा हुनेछ। 

प्रकाशित: २९ माघ २०७८ ०६:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App