१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

मच्छिन्द्रले श्रीलंकाली टोलीसँग खेल्ने

सहिद स्मारक ‘ए’ डिभिजन लिगको मध्यसिजन च्याम्पियन मच्छिन्द्र फुटबल क्लबले एएफसी कप छनोटमा श्रीलंकाको ब्लु स्टार स्पोर्टस क्लबसँग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार सार्वजनिक भएको एएफसी कप छनोटको तालिकाअनुसार मच्छिन्द्रले श्रीलंकाको ब्लु स्टार स्पोर्टस क्लबसँग प्रतिस्पर्धा गर्ने पक्का भएको हो।

मच्छिन्द्रले चैत २२ गते ब्लु स्टार स्पोर्ट्स क्लबसँग प्रतिस्पर्धा गर्नेछ। यस खेलको विजेताले दोस्रो चरणमा भारतको एटिके मोहन बगानसँग खेल्नेछ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले सातौं चरणको समाप्तिसम्म शीर्ष स्थानमा रहने एएफसी क्लब लाइसेन्स प्राप्त क्लबले नेपालको लिग विजेताको हैसियतमा एएफसी कप छनोट खेल्ने जनाएको थियो।

सातौं चरणको समाप्तिमा मच्छिन्द्रले शीर्ष स्थानमा बस्दै एएफसी कप छनोटको टिकट पक्का गरेको थियो। नवौं चरणको समाप्तिमा २३ अंक जोडेको मच्छिन्द्र २३ अंकसहित शीर्ष स्थानमा छ। जुन दोस्रो स्थानको मनाङ मर्स्याङ्दी फुटबल क्लबभन्दा ४ अंंक बढी हो। जारी लिगमा मच्छिन्द्र एक मात्र अपराजित टोली हो।

गत सिजन (२०७६) मा लिगको उपाधि जिते पनि मच्छिन्द्रले एएफसी क्लब लाइसेन्स नभएका कारण प्रतियोगिता खेल्ने अवसर गुमाएको थियो। त्रिभुवन आर्मी क्लबले उपविजेता भए पनि एएफसी लाइसेन्स प्राप्त गरेका कारण गत सिजन एएफसी कप छनोट खेल्ने अवसर पाएको थियो।

प्रकाशित: ४ माघ २०७८ ०२:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App