६ आश्विन २०८१ आइतबार
image/svg+xml

पाँच सयले घट्यो सुन

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला ८८ हजार ३ सय रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ। शुक्रबार छापावाला सुन तोलामा ८८ हजार ८ सय रुपैयाँमा कारोवार भएको थियो।

सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्न सरकारले सहयोग गर्ने

सुनचाँदी व्यवसायलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सरकारले सहयोग गर्ने भएको छ। सुनचाँदी व्यवसाय सञ्चालनका क्रममा आवश्यक पर्ने नीतिगत व्यवस्था, पर्याप्त कच्चा पदार्थ आपूर्तिको सुनिश्चितता तथा तालिम एवं अन्तर्राष्ट्रिय गरगहना सम्मेलन लगायत क्षेत्रमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता सरकारले जनाएको हो।

सुनचाँदीकै भाउ बढ्यो

आज सुन र चाँदी दुबैको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको भाउ तोलामा ९ सय रुपैयाँ बढेर तोलाको ९४ हजार २ सय रुपैयाँ पुगेको छ। त्यस्तै चाँदी पनि तोलामा २५ रुपैयाँ बढेको छ।

सुनचाँदीकै मूल्य घट्यो

मंगलवार सुन र चाँदी दुबैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुन प्रतितोला १ हजार ७ सय रुपैयाँले घटेर ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन तोलाको लाख नाघ्यो

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर उकालो लागेपछि नेपाली बजारमा पनि सुनको मूल्य एक लाखभन्दा माथि पुगेको छ।

एक तोला सुनको मूल्य कति ?

कोभिड–१९ को महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा आज अप्रत्याशित रुपमा बढेको छ। मङ्गलबार प्रतितोला रु ९९ हजार ८०० मा कारोवार भएको पहेँलो धातुमा आज रु एक हजार ६०० ले वृद्धि भएको छ।

सुनको मूल्य बढेको बढ्यै, तोलाकै ९९ हजार

बुधबार प्रतितोला ९८ हजार ५०० मा कारोबार भएको सुनको मूल्यमा आज बिहीबार ५०० रुपैयाँ बढेको हो । आज बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार कायम भएको छ ।

सुनचाँदी र पेस्तोल बरामद

प्रहरीलाई छलेर बिक्रीवितरण गर्न लगिँदै गरेको साढे १४ किलो चाँदी र आधा केजी सुन प्रहरीले मंगलबार कमलादीबाट बरामद गरेको छ।

कमलादीबाट १५ किलो 'सुन' बरामद

काठमाडौंको कमलादीबाट १५ किलो ‘सुन’ बरामद भएको छ।महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले अवैध रुपमा राखिएको सुन जस्तो देखिने पहेँलो बस्तु बरामद गरिएकाे जनाएकाे छ।

सुन किन्नेभन्दा बेच्ने बढी

एक्कासि भाउ अकासिएपछि बजारमा बहुमूल्य धातु सुन किन्नेभन्दा बेच्ने ग्राहक बढेका छन्। सुनको भाउ निरन्तर अस्थिर भएपछि बिक्री शून्य जस्तै भएको व्यवसायी बताउँछन्। नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तथा मूल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्य अधिकांश व्यवसायीले अहिले सुन बेच्नेभन्दा बढी किनिरहेको बताउँछन्। ‘लकडाउनपछि पसल खुल्दा हामीले यो अवस्था आउने अनुमान गरेका थियौं, तर बिक्री नभए पनि फिर्ता गर्ने ग्राहक तत्काल आएका थिएनन्’ शाक्यले भने, ‘लकडाउन खुलेपछि तोलामै १० हजारभन्दा बढी मूल्य बढ्यो। अनि किन्नेभन्दा बेच्ने ग्राहक बढे।’

सुन तोलाको लाख !

कोभिड–१९ का कारण संसारका सबै मुलुकमा आर्थिक मन्दी देखिएपछि सुरक्षित लगानीको खोजी गर्ने सबैको ध्यान सुनमा परेको छ। लगानीकर्ताको चर्को मागका कारण सुनको मूल्य दैनिक उकालो लागिरहेको छ।नेपाली बजारमा सोमबार सुनको भाउ प्रतितोला ९७ हजार ५ सय रुपैयाँ पुगेको छ। यो कल्पना गरेभन्दा निकै बढी हो।

एक वर्षमा साढे ३२ हजारले बढ्यो सुन

पछिल्लो एक वर्षको अवधिमा नेपाली बजारमा पहेँलो धातुको मूल्यमा भारी वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सो अवधिमा सुनको मूल्यमा प्रतितोला ३२ हजार ५०० रुपैयाँले वृद्धि भएको छ।

सुनचाँदी बजार सुनसान

सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम भएपछि सुचनाँदी बजार सुनसान बनेको छ । सरकारले बजेटमार्फत सुनमा कर बढाएको र अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अकासिँदा नेपालमा पनि सुनचाँदीको भाउ बढेको छ ।

१८औं र १९औं शताब्दीको सुन र चादीको सिक्का फेला

बाटो खन्नेक्रममा कपिलवस्तुको विजयनगर गाउँपालिकामा १८औं र १९औं शताब्दीका सुन र चाँदीका सिक्का फेला परेका छन्। चाँदी जस्तो देखिने ५२ वटा र सुन जस्तो देखिने एउटा सिक्का फेला परेका हो । गाउँपालिका–७ ढोढरी गाउँदेखि मानपुर जाने बाटो स्तरउन्नतिका लागि जेसीबीले खन्ने क्रममा माटोको भुडकीमा राखिएको चाँदी र सुन जस्तो देखिने सिक्का पैसा फेला परेको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक मधु नेपालले बताए ।

सुनचाँदी व्यवसायीको कोरोना बीमा

बुटवल क्षेत्रका १९३ सुनचाँदी व्यवसायीको कोरोना बीमा गरिएको छ। बुटवल सुनचाँदी व्यवसायी संघले हाल विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोभिड–१९ को संक्रमणविरुद्ध सुरक्षाका लागि सदस्यको बीमा गरिएको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्