२३ आश्विन २०८१ बुधबार
image/svg+xml

हेटौंडामा बर्डफ्लु संक्रमण पुष्टि

हेटौंडा उपमहानगरपालिकामा बर्डफ्लुको संक्रमण पुष्टि भएको छ। सो पुष्टिसँगै बर्डफ्लु नियन्त्रण प्राविधिक समितिले चार किल्ला तोकी रोग नियन्त्रणको प्रयास थालेको छ।

हेटौंडामा व्यापार मेला सुरु

प्रदेश ३ को राजधानी हेटौंडामा शनिबारदेखि ११ दिने राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु भएको छ। हेटौंडा उपमहानगरपालिका–५ स्थित क्याम्पडाँडा चौरमा सुरु मेला मकवानपुर उद्योग वाणिज्य संघले आयोजना गरेको हो।

विदेश भ्रमण जान गोलाप्रथा

विदेश भ्रमणमा जानका लागि नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधिबीच गोलाप्रथा गरिएको छ। विदेश भ्रमणका लागि उपमहानगरपालिकामा आएको कोटामा को जाने भन्ने विषयमा चर्को विवाद भएपछि गोलाप्रथाबाट छनोट गरिएको हो।

सडक मानवलाई आश्रय दिन अनुष्ठान

सहयोगापेक्षी सडक मानवमुक्त जिल्ला घोषित मकवानपुरमा मानवता प्रवर्द्धन ज्ञानविज्ञान अनुष्ठान सुरु गरिएको छ। परिवारबाट परित्याग गरिएका वा घर, परिवारमा नभई सडकमै कष्टकर जीवन निर्वाह गरिरहेका (सहयोगापेक्षी) सडक मानवलाई आश्रय दिने भवन निर्माणका लागि हेटौंडामा सोमबार अनुष्ठान सुरु गरिएको हो।

कसैलाई सुविधा कसैलाई घाँडाे

घोराही उपमहानगरपालिकाले वडाध्यक्षहरूको प्रयोगका लागि भनेर १६ वटा मोटरसाइकल खरिद गर्‍यो। १९ वटा वडा रहेको सो उपमहानगरले तीनजना वडाध्यक्षका लागि अपुग मोटरसाइकल तत्कालै खरिद गर्ने जनाएको छ। टिभिएस कम्पनीका ती मोटरसाइकल केही वडाध्यक्षले प्रयोग गर्न पनि थालिसके। तर केही वडाध्यक्ष सरकारी मोटरसाइकल प्रयोग नगर्ने भन्दै अडान लिइरहेका छन्।

नेपाल बन्छ, बनाउँछौं हामी : मुख्यमन्त्री पोखरेल

प्रदेश नम्बर ५ सरकारले प्रथम स्थापना दिवस शुक्रबार मनाएको छ। प्रदेशको अस्थायी राजधानी रहेको बुटवल उपमहानगरपालिकासँग सहकार्य गरेर प्रथम स्थापना दिवस मनाएको हो। दिवसका अवसरमा प्रदेशका १२ वटै जिल्लाका साँस्कृतिक झाँकी सहितको प्रभातफेरी निकालिएको थियो।

प्रहरी हवल्दारद्वारा महिला बलात्कृत

दाङमा एक प्रहरी हवल्दारले महिलालाई बलात्कार गरेका छन्। तुलसीपुर उपमहानगरपालिका फूलवारी स्थित ईलाका प्रहरी कार्यालयका एक हवल्दारले गाउँकै एक महिलालाई बलात्कार गरेको पीडित महिलाले बताएकी छिन्।

अधिकार मिच्ने अभ्यासमा जनप्रतिनिधि

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष सुनिलसिंह हमाल कानुनले दिएको अधिकारको पूर्ण प्रत्याभूति गर्न पाएका छैनन्। वडाले पाएका कतिपय अधिकारमाथि उपमहानगरपालिकाले हस्तक्षेप गरेको उनको बुझाइ छ।

मेलमिलापबाटैै मुद्दा किनारा

घोराही उपमहानगरपालिकाकोे न्यायिक समितिले गत आर्थिक बर्षमा १ सय ५ मुद्दा किनारा लगाएको छ । न्यायिक समितिले शुक्रवार घोराहीमा पत्रकार सम्मेलन गरि गत अर्थिक बर्षमा २ सय ५६ मुद्दा दर्ता भएको र ति मध्ये १ सय ५ मुद्दा छिनोफानो गरिएको जानकारी दिएको हो । १ सय ५१ मुद्दा छानविनको प्रक्रियामा रहेको पनि समितिले जनाएको छ ।

हेटौंडा उपमहानगरको आम्दानी एक अर्ब ४२ करोड

हेटौंडा उपमहानगरपालिकाले गत आर्थिक वर्ष ०७४–७५ मा आन्तरिक आय र बाह्य गरी कुल एक अर्ब ४२ करोड ९५ लाख ९४ हजार रुपैयाँ आम्दानी गरेको छ । वार्षिक लक्ष्यभन्दा नौ प्रतिशत बढी आम्दानी गर्न सफल भएको शुक्रबार पत्रकार समेलन गर्दै उपमहानगरपालिकाले जनाएको छ।

हेटाैडा उपमहानगरपालिकाको आम्दानी एक अर्ब ४२ करोड

हेटौडा उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०७४/७५ मा आन्तरिक आय र बाह्य गरी कुल एक अर्ब ४२ करोड ९५ लाख ९४ हजार रुपैयाँ आम्दानी गरेको छ।

कर तिर्नकै लागि मजदुरी!

धनगढी उपमहानगरपालिका–९, बंगराकटानका रघुनाथ चौधरीले खेतीपातीको काम सकेर एक महिना मजदुरी गरे।

धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन

धरान उपमहानगरपालिका मेयर तारा सुब्बाको मंगलबार दिउँसो निधन भएको छ। ग्रान्डी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो।

कलैया उपमहानगरपालिकाको बजेट एक अर्ब

आर्थिक वर्ष २०७५/०७६ को लागि कलैया उपमहानगरपालिकाले दोस्रो नगरसभाबाट एक अर्ब, एक करोड, २२ लाखको अनुमानित बजेट प्रस्तुत गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्