२३ आश्विन २०८१ बुधबार
image/svg+xml

‘उपमहानगरपालिकाले घर भत्काइदियो, अब कहाँ बस्ने?

होटल व्यवसाय फस्टाउँदै थियो। आसपासका जिल्लाबाट समेत होटलमा ग्राहक थपिँदै थिए। चार वर्षअघि सुरु गरिएको होटल व्यवसाय ‘टुप्पीको ढिँडो पसल’का नामले चर्चित हुँदै थियो। अब त दुःखका दिन सकिए भन्दै सुदामा पुडासैनीले सुखको सास फेर्न थालेका थिए। तर हेटौंडा उपमहानगरपालिकाले प्रहरी लगाएर उनको घर भत्काउन निर्देशन दिएपछि उनी निक्कै चिन्तामा परेका छन्।

अतिक्रमित टहरा भत्काउँदै उपमहानगरपालिका

बाराको कलैया उपमहानगरपालिकाले बुधबार (आज) देखि कलैया बजार क्षेत्रको अतिक्रमित सडक पेटीलाई एक्साभेटर प्रयोग गरी खाली गराउन शुरु गरेको छ। जिल्लाको सदरमुकाम समेत रहेको कलैया बजार क्षेत्रलाई सफा र सुन्दर नगर बनाउनको लागि सडक पेटीको अतिक्रमण हटाउन शुरु गरिएको कलैया उपमहनगरपालिकाले जनाएको छ।

सडकका डिभाइडर हटाउँदै उपमहानगरपालिका

नेपालगन्ज–सुर्खेत रोडमा राखिएका डिभाइडर व्यवस्थित गर्न सुरु गरिएको छ। यात्रु आवागमन र सुरक्षाका लागि राखिएका डिभाइडर क्षेत्रभित्र कन्सट्रक्सनका सामान, ठेला राख्ने, पार्किङ गरेर आवत–जावतमा थप समस्या निम्तिएपछि डिभाइडर उठाउन सुरु गरिएको उपमहानगरपालिका कार्यालयले जनाएको छ।

कलैया उपमहानगरपालिकाद्वारा आगो ताप्‍ने व्यवस्था

कलैया उपमहानगरपालिकाले चिसोबाट सर्वसाधारणलाई बचाउनको लागि नगरको बिभिन्न स्थानमा आगो ताप्ने व्यवस्था गरेको छ । केही दिन देखि एक्कासी बढेको चिसोले गर्दा जनजीवन कष्टकर भए पछि नगरवासीलाई राहत दिनको लागि आगोको व्यवस्था गरीएको कलैया उपमहानगरपालिले जनाएको छ ।

बस व्यवसायीद्वारा उपमहानगरपालिका घेराउ

धनगढी उपमहानगरपालिकाद्वारा सञ्चालित बस बिसौनी आफूहरूले प्रयोग गर्न पाउनुपर्ने माग गर्दै कर्णाली रिभर यातायात र मालिका यातायात सम्बद्ध व्यवसायीले बुधबारउपमहानगरपालिका कार्यालय घेराउ गरेका छन्।

जनकपुर उपमहानगरपालिकामा दश हजार मतान्तरसहित राजपा विजयी

धनुषाको जनकपुर उपमहानगरपालिकामा राजपा नेपालका लालकिशोर शाह दश हजार मतान्तरसहित विजयी भएका छन् । उनले २१ हजार ९ सय तीन मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मनोजकुमार शाहले ११ हजार १ सय ६४ मत प्राप्त गरे ।

जितपुर-सिमरा उपमहानगरपालिकाको मतगणना सुरु

जितपुर-सिमरा उपमहानगरपालिकाको मतगणना सुरु भएको छ। सिमरास्थित श्री नेपाल उच्च माध्यमिक विद्यालयमा मतगणना सुरु भएको हो।

जनकपुर उपमहानगरपालिका : मेयरमा १९ जना भिड्दै

पर्यटकीय नगरी जनकपुर उपमहानगरपालिकाको नयाँ नेतृत्वका लागि प्रमुख राजनीतिक दलका नेताहरू मैदानमा उत्रिएका छन् । कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिकसहितका १९ जना मेयरका उम्मेदवार छन् ।

बाराका दुई उपमहानगरपालिकामा एमाले उम्मेदवारको टुंगो

नेकपा एमालेले बाराका दुईवटै उपमहानगरपालिकामा पार्टीको तर्फबाट मेयर र उपमेयर सहित वडा अध्यक्ष उम्मेदवारको टुंगो लगाएको छ।

नेपालगन्ज उपमहानगरपालिका, ‘धनाढ्य’ बीच रस्साकस्सी

नेकपा एमालेका तर्फबाट नेपालगन्ज उपमहानगरमा मेयर पदका प्रमुख दाबेदार भए पनि अन्तिममा किनारा लगाइएपछि एक नेताले भने, ‘यहाँ त टिकट पाउन पनि पैसा, जित्न पनि पैसा चाहिने रहेछ। ‘हामी त त्यत्तिकै राजनीति गरिरहेका रहेछौं।’

इटहरी उपमहानगरपालिकामा ठूला दलद्वारा उम्मेदवारको टुंगो

इटहरी उपमहानगरपालिकामा संघीय समाजवादी फोरम र लोकतान्त्रिक फोरम नेपालबाहेक अन्य दलले उम्मेदवारको टुंगो लगाएका छन्।

प्रदेश नम्बर १- उपमहानगरपालिकामा नेतृत्वका आकांक्षी

विराटनगर, इटहरी र धरान उपमहानगरपालिकाका मेयर र उपमेयरको उम्मेदवार बन्न स्थानीयदेखि जिल्लास्तरीय नेताहरूले आफ्नो दलभित्र आन्तरिक हिसाबले लबिङ गरिरहेका छन्। त्यति मात्र होइन, यी उपमहानगरपालिकामा सांसद भइसकेका र केन्द्रीय स्तरका नेताहरूको समेत नजर परेको छ।

उपमहानगरपालिका बनाउन माग गर्दै कलैया बन्द

कलैया नगरपालिकालाई उपमहानगरपालिका बनाउन माग गर्दै मंगलबार कलैया बजार बन्द गराएका छन्। बारा उद्योग वाणिज्यको नेतृत्वमा एक महिनादेखि कलैया नगरपालिकालाई उपमहानगरपालिका बनाउन माग गर्दै विभिन्न चरणमा विरोध प्रदर्शन गरिँदै आएका छन्।

उपमहानगरपालिका माग गर्दै सिडिअाे कार्यालय घेराउ

कलैया नगरपालिकालाई उपमहानगरपालिका बनाउन माग गर्दै बिहीबार व्यपारी र राजनीतिक दलका कार्यकर्ताहरु संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय बारालाई घेराउ गरेका छन्। बारा उद्योग बाणिज्य संघको नेतृत्वमा बिहान १० बजेदेखि १२ बजेसम्म दुई घण्टा जिल्ला प्रशासन कार्यालयलाई घेराउ गरेका हुन्।

उपमहानगरपालिका नबनाएको भन्दै कलैया बजार बन्द

स्थानीय तह पुनःसंरचना आयोगले कलैया नगरपालिकालाई उपमहानगरपालिका बनाउनका सिफारिस नगरेको भन्दै उद्योग वाणिज्य संघ बाराले कलैया बजार बन्द गराएको छ। उद्योग वाणिज्य संघ बाराका कार्यवाहक अध्यक्ष विनोद बरैको नेतृत्वको टोलीले कलैयालाई उपमहानगरपालिका बनाउनु पर्ने माग गर्दै कलैया बजार बन्द गराएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्