२३ आश्विन २०८१ बुधबार
image/svg+xml

प्रधानन्यायाधीश जबराको आदेशमा सरकारी जग्गा व्यक्तिगत

२०७२ साउनमा वीरगन्ज उपमहानगरपालिका–२ छपकैयास्थित सार्वजनिक पोखरीको जग्गा किनबेच सुरु भएपछि सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र दीपकराज जोशीको नाम एकाएक सतहमा आएको छ।

विद्यार्थी तानातान

घोराही उपमहानगरपालिका–३ क्वाडी प्राविमा गत वर्ष ७० जना विद्यार्थी थिए। यस वर्ष विद्यालयले सो संख्या बढाउने रणनीति लियो। फलतः विद्यार्थी भर्ना अभियानअन्तर्गत शिक्षकहरू गाउँगाउँ पुगेर विद्यार्थी भर्नाका लागि अनुरोधसमेत गरे। तर विद्यार्थी संख्या बढ्न्ुको साटो झनै घट्यो। अहिले सो विद्यालयमा विद्यार्थी संख्या घटेर ५९ पुगेको छ। ‘विद्यार्थी संख्या बढाउन गाउँगाउँमा पुगेर अभिभावकहरूसँग अनुरोध पनि गर्‍यौं,’ प्रधानाध्यापक लक्ष्मीमान चौधरीले भने, ‘अभिभावकहरूले विद्यार्थी पठाइदिने आश्वासन पनि दिए, तर विद्यार्थी बढ्लान भनेको झनै घटे।’

गौतमबुद्ध विमानस्थल निर्माणमा बुटवल उपमहानगरपालिकाको अवरोध

विमानस्थल निर्माणको अन्तिम चरणमा पुग्न लाग्दा भुक्तानी रोकिएको छ भने ढुगा गिटी पनि पाएको छैन।

कलैयामा दलित छात्रावास र वृद्धाश्रम बन्दै

कलैया उपमहानगरपालिका–२ को दोहरीस्थित अमर माविमा दलित छात्रावास र लंग्डा मठनजिक वृद्धाश्रम बन्ने भएको छ। प्रदेश सरकारको सहयोगमा निर्माण गरिने सो छात्रावास र वृद्धाश्रम प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल र कलैया उपमहानगरपालिका प्रमुख राजेश राय यादले शनिबार एक कार्यक्रमबिच शिलान्यास गरेका हुन्।

सुनसरीमा १३०९.४ हेक्टर वन क्षेत्रको जग्गा अतिक्रमण

२०२२ सालदेखि ०४५ सालसम्मका सप्तकोसी बाढीपीडितले वन क्षेत्रकै जग्गा ओगटेर घर बनाएर वन क्षेत्रकै जग्गा उपयोग गर्दै आएका छन्। पछिल्लो समय थुप्रै परिवारले वन क्षेत्रकै जग्गा ओगट्दै छन्।

सार्वजनिक गौचर जग्गा व्यक्तिको नाममा

कलैया उपमहानगरपालिका–१७ किरकिचहा खोलास्थित गौचर पर्ती जग्गा नम्बरी बनाउन भूमाफियाहरू सफल भएको सार्वजनिक भएको छ। साविक बन्जरिया–९ हाल कलैया उपमहानगरपालिका–१७ को कित्ता नम्बर १ को ५ बिगाहा ८ कट्ठा १० धुर क्षेत्रफल भएको तीन करोड रुपैयाँभन्दा बढी मूल्य पर्ने सार्वजनिक जग्गा भूमाफियाहरूले व्यक्तिको नाममा दर्ता गराउन सफल भएका हुन्।

राजधानी नदिए आन्दोलनमा उत्रने धरानकाे चेतावनी

प्रदेश सभामा नाम र राजधानीको प्रस्ताव दर्ता गर्ने मिति सँघारमा आएको र नेकपाले राजधानी तोक्दा धरानमा कुनै पनि संरचना ल्याउने सम्भावना नरहेपछि धरानका राजनीतिक दल र नागरिक समाज आन्दोलनमा उत्रिएका उनीहरुले बताएका छन्।

कलैया बजारका सटर गैरकानुनी खरिदबिक्री

कलैया उपमहानगरपालिकाको जग्गामा निर्माण गरिएका सटर मालपोत कार्यालयको मिलेमतोमा गैरकानुनी तरिकाले खरिद–बिक्री हुने गरेको पाइएको छ।

दाङमा अजोड इन्स्योरेन्सको शाखा

अजोड इन्स्योरेन्स लिमिटेडले दाङमा शाखा खोलेको छ। तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डे, उद्योग वाणिज्य संघ तुलसीपुरका निवर्तमान अध्यक्ष बिमल रिजाल, उपाध्यक्ष रामप्रसाद चालिसे र अजोड इन्स्योरेन्सका सञ्चालक रामबहादुर गुरुङले संयुक्त रुपमा शाखा उद्घाटन गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

दानवीरकाे दैनिकी

२०२२ सालदेखि २०४१ सम्म तत्कालीन उर्मा गाउँपञ्चायतको प्रधानपञ्च भएर काम गर्दाताका उनी लोकप्रिय समाजसेवी बने।

कालोपत्रेमाथि ग्राभेल : स्थानीय परे आश्चर्यचकित

धनगढी उपमहानगरपालिकाले कालोपत्रेमाथि ग्राभेलिङ गरेर विकासको उपहास गरेको छ। वडा नम्बर ३ विशालनगरमा कालोपत्रेमाथि ग्राभेलिङ गरिएको हो।

हुलाकी सडकमा सरकारी लापरबाही

सडकलाई मधनी टोलदेखि नेपाल–भारत सीमासम्म पहिलो र मधनी टोलदेखि राजमार्गसम्म दोस्रो खण्डमा विभाजन गरिएको छ। २७ किलोमिटर लामो सो सडकको १८ किलोमिटरभन्दा बढी भाग कलैया उपमहानगरपालिकाभित्र पर्छ।

राहत वितरण अव्यवस्थित, पीडित कति, अझै खुलेन

बिहान सबा छ बजेको छ। कलैया उपमहानगरपालिका–१८स्थित भलुनी भरवलियाका ७० वर्षीय सीताराम पटेल घुर (आगो) ताप्दैछन्। पाँच वर्षीया रासना पनि हजुरबुवासँगै टाँसएर आगो तापिरहेकी छन्। आइतबार रातिको हुन्डरीले छिनभरमा बास उडाएपछि यी हजुरबुवा र नातिनी त्यही घुर तापेर रात काटिरहेका छन्।

अपहरण–हत्या काण्डका दोषी ६ वर्षपछि पक्राउ

अपहरण तथा शरीर बन्दक मुद्दामा प्रतिवादी निजामुद्धिन विरुद्ध बाँके जिल्ला अदालतले दोषी ठहर गरी २०७२ माघ २ गते ९ वर्ष कैद र ९ लाख ५० हजार रूपैयाँ जरिवानाको फैसला गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्