१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

बैंकको ब्याज वृद्धिविरुद्ध उद्योगी व्यवसायीले आन्दोलन गर्ने

‘दुई वर्षअघि ६ प्रतिशतमा लिएको ऋणको ब्याजलाई बैंकले क्रमशः वृद्धि गर्दै असोज मसान्तमा १६ प्रतिशत पर्‍याएको छ। यस्तो अवस्थामा व्यवसाय गर्न सक्ने अवस्था नरहेकोले बैंकविरुद्ध आन्दोलनको विकल्प छैन।’

सुनचाँदीकाे मूल्य घट्यो

सुनको मूल्यमा प्रतितोला सय रुपैयाँले गिरावट आएको छ। नेपाली बजारमा बिहीबार प्रतितोला ९३ हजार रुपैयाँमा सुन बिक्री भएको छ।

जथाभावी रोक्ने बसलाई कारबाही गरिने

‘जथाभावी पार्किङ हुँदा सडक नै अवरुद्ध हुने गरेको पाइयो’ उनले भने ‘ट्राफिक व्यवस्थापनका लागि समेत तोकिएको निश्चित स्थानमा मात्रै गाडी रोक्न आजैदेखि लागु हुने गरी सहमति गरेका छौं।’ ‘हामीले जुन प्रावधानका लागि संरचना बनाएका छौं, त्यसैको प्रयोग गर्नुपर्छ, बसपार्क बनेको छ, सिटी बसपार्क छ’ उनले भने ‘बस जथाभावी सडकमा रोक्नु त राम्रो भएन।’

पोखराका व्यवसायीको अनुरोधः साँवा र ब्याज असुलीका लागि ताकेता नगरिदिनुस्

कोरोना भाइरस संक्रमणबाट थलिएको पर्यटन क्षेत्र माथि उठ्न नसकेको भन्दै बैंक तथा वित्तीय संस्थालाई तिर्नुपर्ने कर्जाको साँवा र ब्याज तिर्न सक्ने अवस्था नरहेको व्यवसायीले बताएका छन्।

सवारी आयात प्रतिबन्ध निरन्तरताप्रति व्यवसायी असन्तुष्ट

सरकारले निजी सवारी साधन आयातमा लगाएको प्रतिवन्धलाई निरन्तरता दिएपछि अटो व्यवसायीले असन्तुष्टि जनाएका छन्।

पोखराका व्यवसायीको गुनासोः सरसापट गरेर पनि किस्ता तिर्न सक्ने अवस्था रहेन

‘होटल क्षेत्रले चुक्ता गर्नुपर्ने सबै प्रकारका कर्जा तथा ब्याज तिर्न व्यवसायी तयार छन्। तर त्यस्तो दायित्वलाई आउँदो वर्षमा मिलान गर्ने व्यवस्थाका लागि हामी नेपाल राष्ट्र बैंक, सम्बन्धित मन्त्रालय र सरकारसँग आग्रह गर्न चाहन्छौं,’ संघले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘त्यसकारण साँवा तथा ब्याज असुलीका लागि बैंक तथा वित्तीय संस्थाकातर्फबाट व्यवसायीलाई पटक पटक ताकेता नगरिदिनुहुन हामीले अनुरोध गरेका छौं।’

असोज मसान्तमा किस्ता नतिर्ने पोखराका पर्यटन व्यवसायीको घोषणा

कोरोना भाइरस संक्रमणका कारण लामो समयदेखि पर्यटन क्षेत्र धराशायी बनेको भन्दै पर्यटन व्यवसायीले व्यवसायको नोक्सान बढ्दै जाँदा बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण र त्यसको ब्याज तिर्न सक्ने अवस्था नरहेको बताएका छन्। सरकारले पर्यटन व्यवसायको पूर्नउत्थानका लागि कुनै कदम नचालेको भन्दै व्यवसायीले असोज मसान्तमा तिर्नुपर्ने साँवा, ब्याज तथा कुनै पनि दायित्व तिर्न नसक्ने बताएका छन्।

सवारी साधनमा उच्च प्रतिस्पर्धा

चाडपर्वको अवसर पारेर बजारमा आउने अर्बौं रूपैयाँ आफ्नो पोल्टामा पार्न उद्योगी–व्यवसायीबीच तीव्र प्रतिस्पर्धा हुने गरेको छ। नयाँ वर्षबाहेक अन्य समयमा उपभोक्ताका लागि खासै कुनै विशेष योजना नल्याउने नेपाली व्यवसायीले चाडपर्वलक्षित कार्यक्रम भने बेग्रल्ती ल्याउने गरेका छन्।

पर्यटन व्यवसायीको गुनासोः बढेको ब्याजदर धान्न सक्दैनौ, हात उठाउन मात्र बाँकी छ

निक्षेप र कर्जाको ब्याजदर वृद्धि गर्ने बैंक तथा वित्तीय संस्थाको निर्णयले पर्यटन क्षेत्र समस्यामा परेको भन्दै पर्यटन व्यवसायीले उक्त निर्णय लागु नगर्न अनुरोध गरेका छन्। पर्यटन क्षेत्र कोरोना संक्रमण अघिको अवस्थामा फर्किन नसकेको भन्दै व्यवसायीले कर्जाको सावा र ब्याज समेत तिर्न सक्ने अवस्था समेत नरहेको बताएका छन्।

यातायात सञ्चालनमा अवरोध नगर्न ताप्लेजुङका यातायात व्यवसायीको अपिल

जारी विज्ञप्तिमा विगतदेखि नै दशैंसहित नेपालीहरुका महान पर्वका बेला पाथीभरा मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्ने भएकोले आउने तीर्थालुका लागि आफूहरुले यातायातका साधनहरुको पर्याप्त व्यवस्था गर्दै आएको स्मरण गर्दै यसपटक पनि तीर्थालुका लागि यातायातका साधनको व्यवस्था भएको उल्लेख गरिएको छ।

वैधानिक प्रक्रियामा आउन फुङलिङका व्यवसायीलाई अनुगमन समितिले दियो समय

‘हामी त्यसलाई सुक्ष्म ढंगले हेरिरहेका छौं, केही दिनमै यसका बारेमा निष्कर्षमा पुग्नुपर्ने छ’ अनुगमन समिति संयोजक भट्टराईले भने। अनुगमन समितिले दोभान, सुकेटार सहितका बजार पसलहरुको अनुगमन गरिसकेको छ।

जय नेपालमा चलिरहेछ डोजर: अब टुकुचा लुकेर होइन खुलेर बग्छ

प्रावधिक टोलीले नक्साअनुसार गरेको मार्किङका आधारमा डोजर चलाएर हलपरिसरमा १५ फिट खन्दा टुकुचा खोला भेटिएको महानगरले जनाएको छ। नारायणहिटी दरबार क्षेत्रको दक्षिण भागबाट निस्किएको टुकुचा खोला यस क्षेत्रमा गायब थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्