१० मंसिर २०८१ सोमबार
image/svg+xml

बैंक खाता विवरण सार्वजनिक भएकाेमा प्रेम आचार्यकी श्रीमती नानुकाे आपत्ति

बैंक खाताको विवरणसहित खातामा जम्मा भएको रकमबारे सामाजिक सञ्जालमा दुष्प्रचार हुँदा आफूलाई मानसिक तनाव भएको उनले बताइन्। बैंक खाताको स्क्रिन सट सामाजिक सञ्जालमा फैलिनुका साथै विभिन्न ठाउँबाट मानसिक यातना दिने काम भइरहेको उनको भनाइ छ।

प्रेमप्रसाद आत्मदाह प्रकरण: प्रहरीले भाटभटेनीका सञ्चालक गुरुङसँग लिदैछ बयान

प्रहरीले आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको मृत्यु प्रकरणमा अनुसन्धान सुरु गरेकाे छ। अनुसन्धानको क्रममा सोमबार प्रहरीले भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङको बयान लिएको हो।

प्रेमप्रसादको मागबारे छानबिन गर्न गृहले बनायो समिति

मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित संघीय संसद् भवन अगाडि आत्मदाहको प्रयास गरि उपचारका क्रममा निधन भएका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ।

प्रोटोकल मिचेर आइसियुमा स्वास्थ्य राज्यमन्त्री

आचार्यलाई भेट्न राति ८ बजेतिर स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्की अस्पताल पुगिन्। तर उनले बिरामीलाई भेट्दा अस्पतालको प्रोटोकल भने ख्याल गरिनन्।

प्रेमप्रसाद आचार्यको आत्मदाह राज्य संयन्त्र र सिष्टमको असफलता हो: गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले इलामका प्रेमप्रसाद आचार्यले गरेको आत्मदाह राज्य संयन्त्र र सिष्टमको असफलता भएको बताएका छन्।

आत्मदाह गरेका आचार्यले उठाएका विषयहरुको सरकारले छानबिन गर्ने

सरकारले मंगलबार संघीय संसद भवन अगाडि आत्मदाह गर्ने प्रेमप्रसाद आचार्यले उठाएका विषयहरुको छानबिन गर्ने निर्णय गरेको छ।

आत्मदाह गरेका आचार्यको परिवारलाई विश्वभरबाट आर्थिक सहयोग जुट्दै

मंगलबार संघीय संसद् भवनअघि आत्मदाह गरेका इलामको सूर्याेदय नगरपालिका ११ का ३७ वर्षे प्रेमप्रसाद आचार्यको परिवारको सहयोगका लागि विश्वभरबाट रकम संकलन हुन थालेको छ।

देश मै केहि गर्छु भन्नु के अपराध हो ? (फोटोफिचर)

मंगलबार संसद भवन अगाडि आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको न्याय माग्दै युवाहरूले प्रदर्शन गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्