नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाइ दिएका छन् ।
सामाजिक सञ्जालमार्फत अध्यक्ष ओलीले प्रधानमन्त्री शाहलाई बधाइ दिएका हुन् । ओलीले शाहसँगै आज गठन भएको मन्त्रिपरिषदका सबै सदस्यहरुलाई बधाई दिँदै सफल कार्यकालयको शुभकामना व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमा अध्यक्ष ओलीले लेखेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त हुनु भएकोमा हार्दिक बधाई । नवनियुक्त सम्मानीय प्रधानमन्त्री शाह लगायत मन्त्रिपरिषदका सबै सदस्यको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु ।’
प्रकाशित: १३ चैत्र २०८२ १४:३७ शुक्रबार





