१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

कांग्रेस सभापति थापाले दिए प्रधानमन्त्री शाहलाई बधाई, सहयोगको प्रतिबद्धता

नेपाली कांग्रेसका सभापति गगन थापाले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह तथा उनको मन्त्रिपरिषद्का सदस्यहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्। 

सभापति थापाले प्रधानमन्त्री शाहको सफल कार्यकालको कामना गर्दै देशको समुन्नति, नागरिक अधिकारको संरक्षण र सुशासन प्रवर्द्धनका लागि सरकारका सकारात्मक प्रयासहरूमा कांग्रेसको तर्फबाट रचनात्मक सहयोग रहने बताएका छन्। 

उनले सरकारलाई प्रभावकारी ढंगले काम गर्न आग्रह गर्दै मुलुकको विकास र जनताको हितमा केन्द्रित भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्। साथै, उनले लोकतान्त्रिक मूल्य र मान्यताअनुसार शासन सञ्चालन गर्नुपर्ने आवश्यकता पनि औंल्याएका छन्। 

थापाको यो अभिव्यक्तिलाई वर्तमान राजनीतिक परिवेशमा प्रमुख प्रतिपक्षको समर्थन संकेतका रूपमा पनि हेरिएको छ।

प्रकाशित: १३ चैत्र २०८२ १४:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App