२३ वैशाख २०८१ आइतबार
image/svg+xml

मध्यपुर थिमिले सरकारी सेवा प्रवेशमा सहज बनाउन सहयोग गर्ने

भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले स्थानीयबासीलाई सरकारी सेवा प्रवेशमा सहज बनाउन सहयोग गर्ने भएको छ।मध्यपुर थिमि नगरपालिका वडा नं ४ का वडा अध्यक्ष बालकृष्ण श्रेष्ठले सरकारी सेवामा वडावासीको पहुँच बढाउन वडाले बजेट विनियोजन गर्ने योजना बनाएको बताए।

भक्तपुरमा आज दिनभर दान कार्यक्रम चल्यो

भक्तपुरमा आज सोमबार दिनभर दान कार्यक्रम चलेको छ। भक्तपुर नगरपालिका वडा नं १ मा अवस्थित जयकीर्ति महाविहार (थथुबही) परिसर भुइख्यमा दिनभर दान कार्यक्रम चलेको हो। विशेष गरेर भक्तपुर नगरका विभिन्न वडावासीहरू दान कार्यक्रममा सहभागी भएका थिए।

दोलखा चेस होमलाई सफलता

दोलखा चेस होम नेपाल शनिबार छैटौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम बुद्धिचाल प्रतियोगितामा च्याम्पियन बनेको छ।

दोलखा र भक्तपुरबीच फाइनल प्रतिस्पर्धा

दोलखा चेस होम नेपाल र भक्तपुर जिल्ला बुद्धिचाल संघले छैटौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम बुद्धिचाल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।

जिल्लाव्यापी १२औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ आजदेखि भक्तपुरमा जिल्लाव्यापी १२औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ।

लिन होइन, दिन पदमा जाऔं: प्रदीपकुमार श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदीपकुमार श्रेष्ठले कुनै पनि पदमा केही पाउछु भनेर नभइकन केही दिन्छु भनेर आउनुपर्नेमा जोड दिएका छन्।

मोटरसाइकलले थिचेर एक महिलाको मृत्यु

अरनिको राजमार्गअन्तर्गत भक्तपुरको पलाँसे फनभ्यालीनजिक खोल्सामा मोटरसाइकलले थिचिएर मृत्यु भएको अवस्थामा एक महिला फेला परेकी छन्।

राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सुरु

नेपाल भारोत्तोलन संघको आयोजनामा मंगलबारदेखि भक्तपुरमा २६औँ, पुरुष तथा ११औँ महिला राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिप सुरु भएको छ।

‘वैदेशिक रोजगारको विकल्प खोज्नुपर्नेमा जोड’

वैदेशिक रोजगारको विकल्पको रुपमा साना तथा मझौला उद्यमीहरुको संख्या बढाउनुपर्नेमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन्।

भक्तपुर नगरपालिकाले सय एक जना विद्यार्थीलाई शैक्षिक ऋण दिने

भक्तपुर नगरपालिकाको यो वर्षको लागि शैक्षिक ऋण दिन एक सय एक जना विद्यार्थी छनौट गरेको छ। छनौटमा परेका विद्यार्थीसँग शुक्रवार नगरपालिकाले शैक्षिक ऋणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

‘भाइरल घर’ बन्यो सिकर्मी घर

यो घर बसोबासको हिसाबले पनि तुलनात्मक रूपमा वातावरणमैत्री मानिन्छ। चिसोमा धेरै चिसो नहुनु र गर्मीमा पनि गर्मी नहुनु नै यस्ता घरको विशेषता हो। यही कारण बुढाबुढीका लागि ढलानका आरसिसी घरभन्दा यस्ता घर बढी उपयुक्त मानिन्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्