१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

लिन होइन, दिन पदमा जाऔं: प्रदीपकुमार श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदीपकुमार श्रेष्ठले कुनै पनि पदमा केही पाउछु भनेर नभइकन केही दिन्छु भनेर आउनुपर्नेमा जोड दिएका छन्।

भक्तपुर उद्योग वाणिज्य संघको ३६ औ वार्षिक साधारणसभाको आज शुक्रबार भक्तपुरमा उदघाटन गर्दै पदमा बस्ने तर काम नगर्ने परिपाटी उपयुक्त नभएको बताए। यही कारण पदमा वस्न चाहनेहरुले केही दिने हिसावले पदमा आउन विशेष आग्रह उनले गरे।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले विदेशी लगानी भित्राउन ुपर्नेमा जोड दिए। विदेशी लगानी भित्राउन सके मात्रै देशले कोल्टो फेर्न सक्ने उनको भनाई थियो।

कार्यक्रमका सभापति एवं भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले भक्तपुरका चारवटा नगरपालिकाहरुको फरकफरक कर रहेको भन्दै व्यवसायमैत्री कर हुनुपर्नेमा जोड दिए। दुईदिने साधारणसभाको अन्तिम दिन शनिबार नयाँं जिल्ला कार्यसमिति निर्वाचित हुनेछ।  

प्रकाशित: २७ पुस २०८० १२:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App