७ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
खेल

विष्फोटक सुरुवात: पावरप्लेमा नेपालले बनायो ७५ रन

भारतको चेन्नईमा जारी टी-२० विश्वकप वार्म-अप खेलमा १६२ रनको लक्ष्य पछ्याएको नेपालले जवाफी ब्याटिङमा विष्फोटक सुरुवात गरेको छ।

पावरप्लेको समाप्तिमा नेपालले १ विकेटको क्षतिमा ७५ रन जोड्दै खेलमा पूर्ण नियन्त्रण कायम राखेको छ।

ओपनर आसिफ शेख क्रिजमा आएदेखि नै आक्रामक देखिएका छन्। ताजा अवस्थामा आसिफ मात्र १६ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ४८ रनमा अविजित छन्।

अर्का ओपनर कुशल भुर्तेल ११ बलमा १२ रन बनाएर जष्करण सिंहको बलमा एलबीडब्लु आउट भए। तेस्रो नम्बरमा आएका सन्दीप जोराले पनि ९ बलमा १४ रन बनाउँदै आसिफलाई राम्रो साथ दिइरहेका छन्।

नेपालको हालको रन रेट १२.५० प्रति ओभर रहेको छ।

प्रकाशित: २२ माघ २०८२ १५:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App