१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

रास्वपाका उमेदवारको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु

रौतहट निर्वाचन क्षेत्र नम्बर २ मा रास्वपाका उमेदवारको गाडीले ठक्करले एक जनाको मृत्यु भएको छ ।  

बिहीबार दिउँसो रास्वपाका उम्मेदवार सगिर आलम चढेको गाडीको ठक्करबाट इशनाथ नगरपालिका वडा नम्बर ४ मठियाकी चार वर्षिया अल्फा खातुनको ज्यान गएको हो ।

चुनाब प्रचार कै क्रममा रहेको बेला दिउँसो २:३० बजेको समयमा बा१५च ४२४४ नम्बरको कार चढेर मत माग्न जाँदै गरेको बेला तिब्र गतिमा रहेको कारले नाबालिकालाई ठक्कर दिएको थियो । गम्भीर घाइते बनेकी उनको उपचारका क्रममा ज्यान गएको हो ।  

घाइते नबालिकालाई चालकले सदरमुकाम गौरस्थित प्रादेशिक अस्पतालमा उपचारको लागि पुर्‍याएका थिए । उपचारको क्रममा उनकोज्यान गएपछि चालक अस्पतालबाटै फरार भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने गाडी प्रहरीले नियन्त्रणमा लिएको र चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डिएसपी बिष्णु प्रदीप बस्यालले बताए ।

प्रकाशित: २२ माघ २०८२ १५:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App