भारतको चेन्नईमा जारी टी-२० विश्वकप वार्म-अप खेलमा नेपालका ओपनर आसिफ शेखले क्यानडाविरुद्ध आक्रामक ब्याटिङ गर्दै अर्धशतक पूरा गरेका छन्।
१६२ रनको लक्ष्य पछ्याउने क्रममा आसिफले विष्फोटक इनिङ खेल्दै मात्र २१ बलमा ५० रनको आँकडा पार गरेका हुन्।
आसिफले क्यानडाका बलरहरूमाथि पूर्ण हाबी हुँदै चौका र छक्काको वर्षा गरिरहेका छन्। उनलाई अर्को छेउबाट सन्दीप जोरालेसाथ दिइरहेका छन्।
ताजा अवस्थामा खेलको ८.२ ओभर चलिरहँदा नेपालले १ विकेटको क्षतिमा ८७ रन बनाएको छ।
अब नेपाललाई जितका लागि ७० बलमा ७५ रनको आवश्यकता छ।
प्रकाशित: २२ माघ २०८२ १५:४५ बिहीबार





