१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अर्थ

मेची भन्सारद्वारा नौ अर्ब बयानब्बे करोड राजस्व असुली

मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु नौ अर्ब ९२ करोड २६ लाख २७ हजार राजस्व सङ्कलन गरेको छ।  

उक्त कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार उक्त अविधिमा रु १० अर्ब ५५ करोड २० लाख ३४ हजार सङ्कलनको लक्ष्य निर्धारण भएको थियो।

यद्यपि माघमा मात्रै एक अर्ब ५१ करोड ३४ लाख ३१ हजार सङ्कलन भएको छ। यो उक्त माघका लागि निर्धारित  लक्ष्यको १०२ दशमलव ३४ प्रतिशत हो। चालु आवमा १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार राजस्व उठाउने लक्ष्य छ।

प्रकाशित: ७ फाल्गुन २०८२ ११:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App