१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

भक्तपुर आउने पर्यटक बढे

भक्तपुर आउने विदेशी पर्यटकको संख्या वृद्धि भएको छ। गत आर्थिक वर्षको साउनदेखि पुससम्ममा भक्तपुर नगर प्रवेश गर्ने पर्यटकको संख्या वृद्धि भएको हो।

भक्तपुर नगरपालिकाले उपलब्ध गराएको तथ्यांक अनुसार चालु आथिक वर्षको साउन १ देखि पुस २२ सम्ममा दक्षिण एसियाली देशहरू (गैर सार्क) का पर्यटक ५९ हजार ६ सय तीनजना पर्यटक भक्तपुर नगर पुगेका छन्। यही अवधिमा सार्क तथा चिनियाँ पर्यटक ५४ हजार सात सय ६३ जना पर्यटक भक्तपुर पुगेका छन्।

यो अवधिमा कुल एक लाख १४ हजार तीन सय ६६ जना पर्यटकले भक्तपुरको भ्रमण गरेको अभिलेख छ। गत वर्ष यही अवधिमा ७१ हजार तीन सय ७८ जनाले मात्र भ्रमण गरेका थिए। गत वर्षको तुलनामा सोही अवधिमा ४२ हजार नौ सय ८८ जना पर्यटक वृद्धि भएको पाइएको छ। यो ६०.२३ प्रतिशतले वृद्धि हो।

नगरपालिकाले नगर प्रवेश गर्ने पर्यटकसँग प्रवेश शुल्क उठाउँंदै आएको छ। गैरसार्क पर्यटकबाट १० करोड ७२ लाख ८५ हजार चार सय रूपैयाँ उठेको नगरपालिकाले जनाएको छ।

साथै सार्क तथा चिनिया“ पर्यटकहरूबाट दुई करोड ७३ लाख, ८१ हजार पाँच सय रूपैयाँ उठेको छ। यी दुवै गरी कुल १३ करोड ४६ लाख ६६ हजार नौ सय रूपैयाँ आम्दानी भएको नगरपालिकाले जनाएको छ। यो रकम गत वर्षको तुलनामा सोही अवधिमा पाँच करोड ७८ लाख ६२ हजार पाँच सय रूपैयाँले वृद्धि भएको जनाएको छ।

नगरपालिकाले नेपाल र चीनसहितका विदेशी पर्यटकसँग एकथरी र सार्कबाहेकका पर्यटकसँग एकथरी शुल्क उठाउँदै आएको छ। नगरपालिकाले नगर प्रवेश गर्ने १४ वटा काउन्टरबाट नगर प्रवेश गर्ने पर्यटकसँग प्रवेश शुल्क उठाउँंदै आएको छ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले नगर प्रवेश गर्ने पर्यटन भक्तपुर नगरको आयको आन्तरिक श्रोतमध्ये एक भएको बताए। त्यसकारण भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थल बनाई नगरको समृद्धिका लागि नगरपालिका निरन्तर लागिरहेको उनको भनाइ छ। देशभरमै सबैभन्दा पहिला भक्तपुर नगरपालिकाले पर्यटकसँग प्रवेश शुल्क उठाउन थालेको थियो । पछि मात्रै काठमाडौं महानगरपालिकाले बसन्तपुर प्रवेश गर्ने पर्यटकसँग शुल्क उठाउन थालेको थियो।

भक्तपुर आउने पर्यटक बढाउन स्थानीय पथप्रदर्शक रिफ्रेसर तालिम र विश्व पर्यटन दिवसको अवसरमा भक्तपुरको पर्यटन उद्योगको विकासमा योगदान पु¥याउने संघसंस्था र व्यक्तिलाई सम्मान गर्दै आएको नगरपालिकाको भनाइ छ।

प्रकाशित: २९ पुस २०८० ०२:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App