९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

प्रहरीलाई पालबाट भवनमा सार्न दुई अर्ब माग

भूकम्पपछि टेकुस्थित नेसनल ट्रेडिङको भवन र खाली चौरमा पाल टाँगेर कार्यालय सञ्चालन गर्दै आएका दुई प्रहरी निकायलाई व्यवस्थापन गर्न नेपाल प्रहरीले बजेट दिन अर्थ मन्त्रालयले आनाकानी गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखालाई नयाँ भवन निर्माण गरी त्यहाँबाट सार्न प्रहरी प्रधान कार्यालयले जग्गा खरिद गर्न अर्थसँग दुई अर्ब रुपैयाँ मागेको थियो। तर अर्थले आनाकानी गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

लामो दूरीका  १ सय ११ चालक कारवाहीमा

महानगरीय ट्राफिक प्रहरी महाशाखाले लामो दूरीका सार्वजनिक सवारी साधनमा दुई चालक नराख्ने १११ चालकलाई कारवाही गरेको छ। महाशाखाको टोलीले लामो दूरीका सवारी साधनमा अनिवार्यरूपमा दुई चालक राख्नुपर्ने कानूनलाई अवज्ञा गरेका सार्वजनिक सवारी साधनका चालकलाई नागढुङ्गामा जाँचका क्रममा कारवाही गरेको हो।

भारतमा बरामद ३३ किलो सुन नेपालबाट नलगिएको दाबी

भारतीय प्रहरीले गत पुसमा बरामद गरेको ३३ किलो सुन नेपालबाट गएको नभई भुटानबाट आएको दाबी गरेको छ। भारतीय राजस्व अनुसन्धान विभागले दिएको जानकारीअनुसार सो परिमाणको सुन नेपालबाट लगिएको नभई भुटानबाट तस्करी भई भारत आएको हो। कोलकाताको राजस्व अनुसन्धान विभागका वरिष्ठ अनुसन्धान अधिकृत तुषारकान्ती विश्वासले दिएको प्रतिवेदनमा बरामद ३३ किलो सुन भुटानको बाटो हँुदै भारत भित्रिएको र सुन ल्याउने व्यक्ति पनि भारतीय नै भएको उल्लेख छ।

संघले डाक्यो भेला

सरकारले आन्दोलनरत चिकित्सकलाई धरपकड गर्न थालेपछि भावी रणनीति तय गर्न नेपाल चिकित्सक संघले बिहीबार बृहत् छलफल गर्ने भएको छ। नेपाल चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले सरकारले आन्दोलनरत चिकित्सकको कुरा सुनुवाइ गर्नुको साटो बल प्रयोग गर्न थालेपछि यस विषयमा छलफल गर्न भेला बोलाएको स्पष्ट पारे।

डलर साट्ने भन्दै ठगी गर्ने पक्राउ

डलर साट्ने भन्दै ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। डलर साट्ने बाहानामा सर्वसाधारणलाई ठग्दै आएका एकै परिवारका तीन जनालाई महानगरीय प्रहरी परिसरले पक्राउ गरेको हो।

घुस दिन खोज्दा गाडी चालक परे प्रहरीकाे फन्दामा

प्रहरीलाई घुस दिन खोज्ने एक जना गाडी चालक पक्राउ परेका छन्। धादिङ घर भई काडमाडौं सतुंगल बस्ने ३३ वर्षीय एक बहादुर तामाङलाई मंगलवार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

प्रहरी प्रभाग साँखुको पुनर्निर्मित भवनको उद्घाटन

महानगरीय प्रहरी प्रभाग साँखुको पुनर्निर्मित भवनको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले उद्घाटन गरेका छन्। प्राधिकरणको ३ करोड ४४ लाख ७४ हजार ३ सय ३० रुपियाँ आर्थिक सहयोगमा भवनको पुनर्निर्माण भएको हो। २०७४ असार २ गते भवन निर्माणको शुरुवात भएको थियो।

सिङ्गुसको टोकाईबाट ११ जना घाइते

पालुङटार नगरपालिका ४ छापथोकमा आज सिङ्गुस (सानो बारुला) को टोकाईबाट स्थानीय ११ जना घाइते भएका छन्। घाइते एक जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ।

दुई एक्जाभेटर नियन्त्रणमा

रौतहट प्रहरीले दुई वटा एक्जाभेटर नियन्त्रणमा लिएको छ। अवैध रुपमा चुरे क्षेत्रमा उत्खनन गरिरहेको दुई एक्जाभेटरलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको हो। चन्द्रपुर नगरपालिकाके गैडाटार क्षेत्रमा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम लागू भएको ठाउँमा अवैध रुपमा उत्खनन गरिरहेको एक्जाभेटरलाई रौतहट प्रहरीले नियन्त्रणमा लिँदै कारबाही अगाडि बढाएको हो।

सशस्त्र प्रहरी बल सेमीफाइनलमा

गोलरक्षक रोमन रसाईँलीको म्यान अफ द म्याच प्रदर्शनप्रेरित सशस्त्र प्रहरी बलले तोप–२१ दोस्रो चौतारा साँगाचोकगढी मेयर कपको सेमीफाइलनमा स्थान बनाएको छ। चौताराको टुँडिखेलमा आइतबार भएको अन्तिम क्वाटर फाइनलमा बी डिभिजन क्लब क्षेमादेवी प्लानिङ ब्याइज पेप्सीकोलालाई ०–१ ले स्तब्ध पार्दै सशस्त्र अन्तिम चारमा प्रवेश गरेको हो।

मदिरा नियन्त्रणको नयाँ उपाय : भाँडावर्तन दिएवापत नगद दिँदै स्थानीय तह

सुर्खेतका दुई वटा स्थानीय तहले घरेलु मदिरा नियन्त्रणका लागि नयाँ जुक्ति लगाएका छन्। पश्चिम सुर्खेतका पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकाले घरेलु मदिरा बनाउन प्रयोग हुने भाँडावर्तन स्थानीय तह वा प्रहरीलाई बुझाएमा खरिद मूल्य अनुसारको नगद तथा आयमूलक काममा अनुदान दिने नीति ल्याएका छन्।

ठूलो परिमाणमा विदेशी मुद्रासहित एकै परिवारका ५ पक्राउ

त्रिभुवन विमानस्थलबाट विभिन्न चार मुलुकको मुद्रासहित एकै परिवारका पाँच जना पक्राउ परेका छन्। नेपाल प्रहरीले गरेको जाँचका क्रममा ठूलो परिमाणको विदेशी मुद्रा लिएर बैंकक जान लागेको अवस्था उनीहरु पक्राउ परेका हुन्। थाइ एयरबाट शुक्रबार दिउँसो १३ः४५ बजे बैंकक जान लागेको अवस्थामा उनीहरु विशेष सूचनाको आधारमा पक्राउ परेका हुन्।

छ किलो सुनसहित ४ भारतीय विमानस्थलबाट पक्राउ

छ किलो सुनसहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ भारतीय नागरिकलाई पक्राउ गरेको छ। प्रहरी प्रवक्ता एसएसपी उत्तमकुमार सुवेदीका अनुसार ४ सय ९७ ग्राम सुन बोकेका एक पुरुष र ५ किलो सुनजस्तो देखिने वस्तुसहित ३ महिलालाई महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालयले नियन्त्रणमा लिएको हो।

आफू पास हुने चक्करमा प्रहरी जवानले यसरी लिक गरे एसइई प्रश्नपत्र, ६ जना पक्राउ

प्रश्नपत्रको गोपनियता तथा सुरक्षाको जिम्मा रहेको प्रहरीवाटै एसइई परीक्षाको प्रश्न पत्र लिक भएको अन्ततः प्रहरी अनुसन्धानले नै पुष्टि गरेको छ। परीक्षा अगावै प्रश्नपत्र बाहिरिएपछि प्रदेश–२को एसइई परीक्षा स्थगित छ। परीक्षा स्थगित भएपछि प्रदेशका झण्डै ७० हजार बालबालिका आन्दोलनमा होमिएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्