९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

वैदेशिक रोजगार विभागका प्रहरी जवान १७ हजार घुससहित पक्राउ

महानगरीय दंगा नियन्त्रण प्रहरी गण त्रिपुरेश्वर दरबन्दी भई ताहाचलस्थित वैदेशिक रोजगार विभाग काठमाडौंमा कार्यरत प्रहरी जवान गणेश लोहारले १७ हजार घुससहित पक्राउ परेका छन्।

बेरुजु फर्स्योटमा प्रहरी सर्वोत्कृष्ट

महालेखा परीक्षकको कार्यालयले प्रस्तुत गरेको २०७३/०७४ आर्थिक वर्षको बेरुजु फछ्र्योट गर्ने सरकारी कार्यालय मध्ये नेपाल प्रहरी सर्वोत्कृष्ट भएको छ। गृह मन्त्रालय स्रोतका अनुसार नेपाल प्रहरीले सम्पूर्ण सरकारी निकाय मध्ये ८५.१४ प्रतिशत बेरुजु फछ्र्यौट गर्न सफल भएर सर्वोत्कृष्ट अंक प्राप्त गरेको हो।

प्रहरीमा लगानी बढाउन गृहमन्त्री थापाको प्रस्ताव

गृहमन्त्री रामबहादुर थापाले अनुगमन र मुल्यांकन प्रणालीको विकास गर्न गृह मन्त्रालय अन्तर्गतका निकायहरुलाई निर्देशन दिएका छन्। मंगलवार गृह मन्त्रालयमा २०७५/७६ को दोस्रो चौमासिक सम्मको कार्यप्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा गृहमन्त्री थापाले कामहरुको नियमित रुपमा अनुगमन गरी काम नगर्नेहरुलाई कारवाही गर्न निर्देशन दिए।

स्कुटर ठक्कर दिने पछुवा गाडीलाई कारवाही

सडकमा गुडिरहेको सर्वसाधारणको स्कुटरलाई ठक्कर दिने सशस्त्र प्रहरी बलको पछुवा गाडीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारवाही गरेको छ। महाशाखाले चालकलाई ५ सय रुपैयाँ जरिवाना गरेको हो।

लागुऔषधका ६४ मुद्दा, १०९ जना नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय सुर्खेतले आठ महीनाको अवधिमा लागुऔषधका ६४ मुद्दा दर्ता गरेको छ। लागुऔषध ओसारपसार, बेचबिखन र प्रयोगकर्तालाई केन्द्रमा राखेर सक्रियता बढाएको प्रहरीले हालसम्म यसमा संलग्न १४ महिला र ९५ पुरुष गरी १०९ लाई नियन्त्रणमा लिएर कारवाहीका लागि अनुसन्धान प्रक्रिया अघि बढाएको प्रतिवेदन प्रकाशन गरेको छ।

अपराध नियन्त्रणमा सहयोग गर्ने नागरिकलाई सम्मान

अपराध नियन्त्रण र शान्ति सुरक्षामा प्रहरीलाई सहयोग गर्ने नागरिकलाई सम्मान गर्न सुरु गरेको छ। प्रहरीले हरेक महिना एक जना नागरिकलाई अपराध नियन्त्रण, शान्ति सुरक्षा र अमनचयन कायम गर्न जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्ने मध्ये एक जनालाई सम्मान गर्न थालेको हो।

अवैध रुपमा लगाइएको अफिम खेती नष्ट

रुकुम (पश्चिम)मा अवैध रुपमा गरिएको अफिम खेती सशस्त्र प्रहरीले नष्ट गरेको छ। जिल्लाको आठबीसकोट नगरपालिका १२ ठुलीबार्खुका विभिन्न ठाउँमा गरिएको लागुऔषध अफिम खेती सशस्त्र प्रहरीले नष्ट गरेको हो।

थुनुवालाई टीभी

जिल्ला प्रहरी कार्यालयले थुनुवाहरुलाई टेलिभिजको व्यवस्था गरिदिएको छ। बराहताल र चौकुने गाउँपालिकाले उपलब्ध गराएका पाँच वटा टेलिभिजन हिरासत कक्षमा राखिएका छन्।

कर्मचारीलाई गालीगलौज गर्ने वडाध्यक्ष प्रहरी नियन्त्रणमा

जिल्ला प्रशासन कार्यालय बाराका कर्मचारीसँग अभद्र व्यवहार गरेको आरोपमा फेटा गाउँपालिका २ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा परेका छन् ।

विप्लवका कार्यकर्तामाथि हिरासतमा यातना

राज्यविरुद्ध अपराध गरेको आरोपमा पक्राउ गरी हिरासत लिइएका नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले प्रहरीले आफूहरुलाई यातना दिएको बताएका छन्। थुनछेक बहसको क्रममा बुधबार सिन्धुपाल्चोक जिल्ला अदालतमा प्रस्तुत गरिएका उनीहरुले आफ्ना कानुन व्यवसायी र सञ्चारकर्मीसँग प्रहरीले यातना दिने गरेको बताएका हुन्।

सिआइबीका निलम्बित डिएसपी जिसी ९ लाख धरौटीमा रिहा

जिल्ला अदालत कञ्चनपुरले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका निलम्बित डिएसपी अंगुर जिसीलाई ९ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतको आदेशसँगै जिसी धरौटी तिरेर रिहा भएका छन्।

पाँच कठ्ठा जमीनमा लगाइएको अफिम प्रहरीद्वारा नष्ट

रौतहट प्रहरीले पाँच कठ्ठामा जमीनमा लगाइएको लाखौ मुल्य बराबरको अफिम खेती फडानी गरेर नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको टोलीले स्थानीय मौलापुर नगरपालिका ७ सगैया पिपरीया टोलस्थित मकै खेतको बीचमा लगाइएको अफिम खेती फाडेर नष्ट गरेको हो।

बाँकेमा ‘विप्लव’ समुहका चार जना प्रहरी नियन्त्रणमा

सरकारले प्रतिबन्ध लगाएको नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका ४ जना कार्यकर्तालाई बाँके प्रहरीले पक्राउ गरेकाे छ । पछिल्लाे समय विप्लव समुहले जनप्रतिनिधी, सरकारी कर्मचारी, शिक्षक तथा ब्यापारीसँग चन्दा असुली गरिरहेको जनगुनासो बढिरहेका बेला बाँके प्रहरीले थप निगरानी बढाएको हो।

मानव बेचविखन गर्ने दुई जना पक्राउ

नेपाल प्रहरीले मानव बेचविखन तथा ओसारपसार मुद्दामा फरार दुई जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले मानव बेचविखन तथा ओसारपसार मुद्दामा फरार मकवानपुरका ३६ वर्षीया रुविना मोक्तान र ४० वर्षीय रुवी रुम्बालाई आइतबार कलङ्कीबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्