९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

प्रहरीले ‘सर्च अपरेसन’ चलाइरहँदा किन काभ्रे छोडेनन् वलीले ?

पछिल्लो समय विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका माथिल्लो तहका नेता कार्यकर्ता धमाधम पक्राउ पर्न थालेका छन्। नेता कार्यकर्ता पक्राउ परेपछि यो पार्टीका विभिन्न निकायले प्रेस विज्ञप्ती जारी गर्दै आफ्ना नेताको रिहाईको माग गर्ने गरेको छ।

चोरी बढेपछि प्रहरीमाथि दबाब

वीरगन्ज महानगरपालिका–११ स्थित नयाँ बस्तीमा शुक्रबार राति ६ घरमा चोरी भएपछि स्थानीय त्रसित बनेका छन्। वडा प्रहरी कार्यालय श्रीपुरभन्दा पाँच सय मिटर मात्र रहेको टोलमा चोरी भएपछि स्थानीयले प्रहरीप्रति आक्रोशसमेत जनाएका छन्। श्रीपुर नयाँ टोलको सन्तोष तिवारी, कुलदीप पाण्डेय, नन्दु साह तेली, जगरनाथ यादव, राजेश कुशवाहा र असर्फी महतोको घरमा गरगहनादेखि लत्ताकपडासम्म चोरी भएको छ। ताल्चा फुटाएर चोर घरमा प्रवेश गरेको पाइएको छ। घरका मानिस होली मनाउन गएका बेला घर छानीछानी चोरी गरेको स्थानीय विद्यानन्द चौधरीले बताए। उनले तीन वर्षभित्र सो टोलका प्रायः सबै घरमा चोरी भइसके पनि प्रहरीले एउटै घटनाका दोषी समात्न नसकेको बताए।

होलीमा रोकिएन अपराधिक घटना

सभ्य र मर्यादित होली पर्व मनाउन प्रशासनले आग्रह गरे पनि यस बर्ष बारामा अपराधिक घटनाहरु रोकिएको छैन्। होली खेल्ने बहानमा पुरानो रिसइबीहरु साध्दा एक दर्जन भन्दा बढी अपराधिक घटनाहरु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। होलीको दिन प्रसौनी गाउँपालिका ६ बेलहिया टोलमा दुई समूहबीच झडप हुँदा छुरा प्रहारबाट एक जना गम्भीर घाइते भएका छन् भने दुई जना समान्य घाइते भएको बारा प्रहरीले जनाएको छ।

दुई लाख ८६ हजार नगदसहित ६ जुवाडे पक्राउ

प्रहरीले भक्तपुरको सूर्यविनायक नगरपालिका ५ कटुञ्जे सुबर्णेश्वर चोकबाट तास खेलिरहेको अबस्थामा ६ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत जगाती भक्तपुरबाट खटिएको प्रहरी टोलीले नगद दुई लाख ८६ हजार तीन सय १० रुपैयाँ नगद र १० बुक ताससहित उनीहरुलाई नियन्त्रणमा लिई विहीबार जुवा मुद्दामा म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

गण्डकी प्रदेशका १६ स्थानीय तहमा प्रहरी चौकी स्थापना हुने

गण्डकी प्रदेशका १६ स्थानीय तहमा प्रहरी चौकी स्थापना हुने भएका छन्। गण्डकी प्रदेश सरकारले १६ स्थानिय तहमा प्रहरी चौकी स्थापना गर्ने भएको हो। गण्डकी प्रदेशको विहीबार बसेको मन्त्रिपरिषद बैठकले यसअघी प्रहरी चौकी नभएका गण्डकी प्रदेशका १६ स्थानीय तहमा प्रहरी चौकी स्थापना गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रमुख सचिव लक्ष्मीराम पौडेलले जानकारी दिए।

विप्लव समूहविरुद्ध प्रहरीको आक्रामक अपरेसन

सरकारले नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द (विप्लव) समूहका गतिविधिलाई रोक लगाएपछि प्रहरीले आक्रामक अपरेसन सुरु गरेको छ। विप्लव समूहले पहाडी जिल्ला केन्द्रित गतिविधिलाई तीव्र बनाएसँगै प्रहरी प्रधान कार्यालयले पनि तिनै जिल्लामा अपरेसन केन्द्रित गर्न मातहतका निकायलाई निर्देशन दिएको छ। प्रहरीले आवश्यकताअनुसार नियन्त्रित अनुसन्धान प्रविधि (कन्ट्रोल डेलीभरी) र गुप्त कारबाही (अन्डर कभर अपरेसन) पद्धति अपनाएर अपरेसन सुरु गरेको हो।

आइजिपी खनाल थाइल्याण्ड प्रस्थान

प्रहरी महानिरीक्षक (आइिजपी) सर्वेन्द्र खनाल थाइल्याण्ड प्रस्थान गरेका छन्। बैंककमा आयाेजित विमस्टेक सदस्य राष्ट्रका सुरक्षा प्रमुखहरुको तेस्रो बैठकमा सहभागी हुन खनाल बुधबार त्यसतर्फ प्रस्थान गरेकाे प्रहरी प्रधान कार्यालयले जनाएकाे छ। प्रहरी महानिरीक्षक खनालसँगै सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायव महानिरीक्षक खड्गबहादुर राई, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ र परराष्ट्र मन्त्रालयका प्रतिनिधि शाखा अधिकृत सोमेश थापासमेत प्रस्थान गरेका छन्।

सुरक्षा सतर्कताका लागि कुकुर परिचालन

रौतहट प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाउँदै तालिम प्राप्त कुुकुर परिचालन गरेको छ। नेपाल भारत सीमाको गौर भन्सार क्षेत्रमा जिल्ला प्रहरी कार्यालयले दुइटा तालिम प्राप्त कुुकुर परिचालन गरेको छ।

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

शुक्लागण्डकी–२ हलेदीमा भएको सडक दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ।  गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा कार्यरत अर्घाखाँची शितगंगा नगरपालिका ३ का नन्दकुमार श्रेष्ठको मंगलबार राती  ८ बजे भएको दुर्घटनामा मृत्यु भएको हो।

काभ्रेमा गोली चल्यो, विप्लव समूहका दुई नेता पक्राउ

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका केन्द्रीय तहका नेता रहेको सूचनाको आधारमा पक्राउ गर्न पुगेको प्रहरी टोली र विप्लव समूहबीच मंगलबार राति गोली हानाहान भएको छ।

राजनीतिक छहारीमा पूर्वप्रहरी अधिकृतहरू

प्रहरीका उच्च अधिकारीहरु सेवाबाट अवकाशलगत्तै राजनीतिक दलमा प्रवेश गर्ने क्रम विगतदेखि चल्दै आएको छ। त्यही मेलो पछिल्लोपटक नेपाल प्रहरीकी पूर्वडीआईजी पार्वती थापाले पनि पछ्याएकी छिन्। थापा सोमबार मात्रै उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेकी छिन्।

होलीमा ७७ स्थानमा ट्राफिक जाँच

ट्राफिक प्रहरीले होली पर्वमा हुने दुर्घटनालाई ध्यानमा राखेर उपत्यकाका ७७ स्थानमा विशेष जाँच गर्ने भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले होली पर्वलाई दुर्घटनारहित बनाउन उपत्यकाका विभिन्न नाकासहित ७७ स्थानमा विशेष जाँचको व्यवस्था मिलाएको हो।

सशस्त्र प्रहरीका ९२ प्रतिशत संरचनाको पुनर्निर्माण

सशस्त्र प्रहरी बल, नेपालले भूकम्पपछि क्षतिग्रस्त भएका ९२ प्रतिशतभन्दा बढी आफ्ना संरचनाहरूको पुनर्निर्माण सम्पन्न गरेको छ। बाँकी पुनर्निर्माणका कार्य पनि अन्तिम चरण सशस्त्रले जनाएको छ।

डेढ लाख लिटर मदिरा नष्ट

इलाका प्रहरी कार्यालय टाँडीले सञ्चालन गरेको ‘एक टोल एक घन्टा’ अभियानअन्तर्गत एक लाख ७ हजार लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरिएको छ । प्रहरीले फागुन २३ देखि २९ गते सम्म सञ्चालन गरेको यो अभियानका क्रममा पूर्वी चितवनका विभिन्न स्थानबाट घरेलु मदिरा बरामद गरेको थियो ।

विष्कुटभित्र ब्राउनसुगर

नेपालगञ्जबाट सुर्खेत आउँदै गएको फोर्स गाडीमा यात्रारत होलिया गाउँपालिका–८ खडैचाका इन्द्रजीत बाल्मिकीको साथमा लागूऔषध ब्राउनसुगर रहेको सूचना इलाका प्रहरी कार्यालय छिन्चुले प्राप्त ग-यो। सूचना अनुसार प्रहरी निरीक्षक निरोज चौलागाईको टोली छिन्चुस्थित चेकपोष्टमा तैनाथ भयो। नेपालगञ्जबाट आएको बा५ख ५९९७ नम्वरको गाडी प्रहरीले चेकजाँच सुरु ग-यो। यात्रारत बाल्मिकीको शरिर र झोला खानतलासी प्रहरीले खानतलासी ग-यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्