९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
समाज

ठूलो परिमाणमा विदेशी मुद्रासहित एकै परिवारका ५ पक्राउ

काठमाडाैँ - त्रिभुवन विमानस्थलबाट विभिन्न चार मुलुकको मुद्रासहित एकै परिवारका पाँच जना पक्राउ परेका छन्। नेपाल प्रहरीले गरेको जाँचका क्रममा ठूलो परिमाणको विदेशी मुद्रा लिएर बैंकक जान लागेको अवस्था उनीहरु पक्राउ परेका हुन्। थाइ एयरबाट शुक्रबार दिउँसो १३ः४५ बजे बैंकक जान लागेको अवस्थामा उनीहरु विशेष सूचनाको आधारमा पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा ४८ वर्षीय सुवास श्रेष्ठ, उनकी श्रीमती उमादेवी श्रेष्ठ, ११ वर्षका १ छोरा र १७ र ४ वर्षका २ छोरी रहेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्दीप भण्डारीले बताए।

उनका अनुसार उनीहरु थाई एयरको फलाइट नं. टीजी३२० मार्फत काठमाडौंबाट बैंककतर्फ जाँदै गरेको अवस्था पक्राउ परेका हुन्। पक्राउ परेका श्रेष्ठ परिवारको साथबाट प्रहरीले २१ हजार १ सय ५० थाइ भाट नियन्त्रणमा लिएको छ।

अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार, १३८० यूरो, १० हजार यूएसडी र ८० हजार चाइनिज युआन पनि फेला परेको हाे ।  उनीहरुलाई आवश्यक कारबाहीका लागि बरामद विदेशी मुद्रासहित राजश्व अनुसन्धान विभाग, हरिहरभवन ललितपुरमा बुझाउने तयारी भइरहेको सुरक्षा कार्यालयले जनाएको छ।

प्रकाशित: २३ चैत्र २०७५ ०५:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App