महिला फुटबलरलाई पुरुषसरह सुविधा
ब्राजिल फुटबल फेडेरेसन (सिबिएफ) ले बुधबार राष्ट्रिय टोलीका महिला र पुरुष खेलाडीलाई बराबर सुविधा दिने जनाएको छ ।
ब्राजिल फुटबल फेडेरेसन (सिबिएफ) ले बुधबार राष्ट्रिय टोलीका महिला र पुरुष खेलाडीलाई बराबर सुविधा दिने जनाएको छ ।
इङ्लिस प्रिमियर लिग (इपिएल) मा सर्वाधिक ६ सय ५३ पटक खेलेर कीर्तिमान बनाएका इङ्ल्यान्डका मिडफिल्डर ग्यारेथ बारेले बिहीबार फुटबलबाट संन्यास घोषणा गरेका छन्।
पछिल्लो समय फुटबलमा प्रयोग भएको नयाँ प्रविधि भिडियो सहायक रेफ्री (भिएआर) अर्को महिना हुने एसियन च्याम्पियनसिपबाट एसियन प्रतियोगितामा प्रयोगमा आउने एसियाली फुटबल महासंघ (एएफसी) ले जनाएको छ।
युवा स्टार अन्सु फाती र इरिक गार्सिया पहिलो पटक स्पेनिस फुटबलको सिनियर टोलीमा समावेश भएका छन्।
कतार विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गत बाँकी खेलहरु पुनः स्थगित भएका छन्। एसियाली फुटबल महासंघ (एएफसी) ले बुधबार विश्वकप र एसियन कप छनोटका बाँकी खेलहरु सन २०२१ सम्मका लागि स्थगित गरिएको आफ्नो वेभसाइटमा जनाएको छ।
२०२२ को कतार विश्वकप छनोट र एसियन कप छनोटका लागि बोलाइएका ३४ खेलाडीमध्ये सोमबार ११ खेलाडीको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलावालले फुटबल विकासका लागि एन्फाले ठोस योजना बनाएर अगाडि बढ्नुपर्ने सल्लाह दिएका छन्।
राष्ट्रिय फुटबल टिमका सदस्य अभिषेक रिजाललाई भिजन कन्सर्न प्रालिले प्रायोजन गरेको छ।
लोमान्थाङमा खेलकुदको पूर्वाधार निर्माण शुरु गरिएको छ । ४ हजार ५० मिटरको उचाईमा रहेको लोमान्थाङ गाउँपालिकाको किमलिङ–६ मा फुटबल मैदानसहितको खेलकुद पूर्वाधार निर्माण शुरु गरिएको छ । गतवर्ष संघीय सरकारले उपलब्ध गराएको १ करोड रुपैयाँबाट फुटबल मैदान निर्माण शुरु गरिएको गण्डकी प्रदेश सदस्य इन्द्रधारा विष्टले जानकारी दिए ।
‘एन्फा क्यालेन्डरलाई सुचारु गर्न हामी जुनकुनै बेला पनि तयार छौं। मात्र अनुमति चाहिएको छ। अनुमति पाए मोफसलका प्रतियोगिता पनि तालिकाअनुसार सञ्चालनमा आउँछन्।’
कोरोना प्रभावित खेलाडीलाई बाँके जिल्ला फुटबल संघ(एन्फा)ले राहत वितरण गरेको छ । अखिल नेपाल फुटबल संघको सहयोगमा शनिबार ४३ जना खेलाडीलाई जनही एक हजार सात सय ४५ रुपैया प्रदान गरियो ।
विश्व फुटबलको प्रतिष्ठित अवार्ड बालोन डि’ओर कोरोना भाइरसका कारण यस वर्ष नहुने भएको छ।
उत्तरी मोरङको लेटाङ नगरपालिकाले दुई महिला फुटबलरलाई नगदसहित सम्मान गरेको छ । १३ औं सागमा नेपाल दोस्रो भएको र त्यस टोलीमा लेटाङ घर भएकी दुई फुटबलरसमेतको सहभागिता रहेकाले लेटाङ नगरपालिकाको सातौं नगरसभामा उनीहरूलाई सम्मान गरेको हो ।
२०७६ साउको तेस्रो साता पोखरामा कास्की जिल्ला क्लबस्तरीय लिगकम नकाउट फुटबल प्रतियोगिता आयोजना गरियो ।
काठमाडौं महानगरपालिकाले महानगर भित्र रहेका ६ ओटा 'ए’ डिभिजन क्लबलाई १० लाख रुपैयाँका दरले आर्थिक सहयोग गरेको छ।