१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

बारेले फुटबल थन्क्याए

इङ्लिस प्रिमियर लिग (इपिएल) मा सर्वाधिक ६ सय ५३ पटक खेलेर कीर्तिमान बनाएका इङ्ल्यान्डका मिडफिल्डर ग्यारेथ बारेले बिहीबार फुटबलबाट संन्यास घोषणा गरेका छन्।  

इङ्ल्यान्डका मिडफिल्डरसमेत रहेका ३९ वर्षीय बारे पछिल्लो समय प्रिमियर लिगको क्लब वेस्ट ब्रोमविच अल्बिओनमा खेलेका थिए। ६ खेल मात्र खेलेका उनको टोली वेस्ट ब्रुम पुनः नयाँ सिजनका लागि प्रिमियर लिगमा बढुवा भएको छ। टोली २०१८ मा रेलिगेसनमा परेको थियो। सर्वाधिक खेल खेलेका मिडफिल्डर बारेपछि लिभरपुलका जेम्स मिल्नरले ५ सय ३४ पटक प्रिमियर लिग खेलेका छन्। ३४ वर्षका मिल्नर अझै  लिगमै आबद्ध  छन्।  

‘प्रतिभाशाली तथा कीर्तिमानी खेलाडी बारे युगका उत्कृष्ट खेलाडी हुन्,’ उनको क्लब वेस्ट ब्रुमले आधिकारिक सामाजिक सञ्जाल ट्विटरमा लेखेको छ। बारेले युरो कपमा ५३ खेल खेलेका थिए। यस्तै उनले एस्टन भिल्ला र म्यानचेस्टर सिटीबाट पनि व्यावसायिक खेल खेलेका छन्। सिटीले २०११ को एफए कप र २०१२ को प्रिमियर लिग उपाधि जित्दा उनी टोलीका सदस्य थिए।  

‘प्रिमियर लिगमा कीर्तिमानी खेल खेलर संन्यासको घोषणा गरेका बारेलाई धेरै धेरै शुभकामना,’ प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले बिहीबार ट्विट गरेको छ। यस्तै इङ्ल्यान्डको आधिकारिक फुटबल संघले पनि बारेलाई शुभकामना दिएको छ। बारेले पछिल्लो पटक २०१२ मा देशको जर्सी पहिरिएका थिए। प्रिमियर लिगअन्तर्गत २०१८ को सिजनमा वेस्ट बु््रम रेलिगेसनमा जाँदा बारेले त्यसको अनुभव बटुलेका छन्। २३ वर्ष फुटबल करियरमा बिताएका बारेले समग्रमा ८ सय ३३ खेल खेल्दा ६७ गोल पूरा गरेका छन्।

प्रकाशित: १२ भाद्र २०७७ ०१:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App