बगरमा केराखेती, लाखौं कमाइ
रौतहटको लालबकैया बगरमा केराखेतीबाट किसानले लाखौं आम्दानी गरिरहेका छन्। २०५० र २०५५ मा आएको दुई ठूला बाढीले लालबकैया नदी किनारका कैयौं बिघा उब्जाउ खेत बगरमा परिणत गरेको थियो। अहिले भने किसानले बगरभरी केराखेती गरेर प्रशस्त आम्दानी गरिरहेका छन्।