९ आश्विन २०८१ बुधबार
image/svg+xml

उत्तरपश्चिम नाइजेरियामा २२ किसानको हत्या

नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा आतङ्ककारी समूह बोको हरामले गरेको आक्रमणमा परी २२ जना किसानको मृत्यु भएको प्रहरीले जनाएको छ । दमासाक शहरबाट ५० किलोमिटर टाढा रहेको नाम्गाम गाउँमा सोमबार किसानहरुको एक समूहलाई बोको हराम लडाकूले आक्रमण गरेको र सो आक्रमणमा परी २२ जनाको मृत्यु भएको सैनिक अधिकारीहरुले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् ।

वाग्मतीपीडित किसानका व्यथा

हिजोआज निकै चर्चाको विषय बनेको वाग्मतीको सौन्दर्य अभिवृद्धि र जग्गा विवाद मुद्दाले सरकार र स्थानीय दुवै पक्षलाई उत्तिकै पिरोलेको छ । ६ महिनादेखि मुआब्जा माग राखेर आन्दोलनमा उत्रिएका स्थानीय बासिन्दा ‘गर वा मर’ को स्थितिमा छन् । तर सरकार अझै कानमा तेल हालेर बसेको छ । एसियाली विकास बैंक (एडिबी)को ठूलो ऋण सहयोगमा सञ्चालित वाग्मती सुधार आयोजनाको विनियोजित ४ अर्ब ९६ करोडमध्ये आर्थिक वर्ष ०७०/७१ देखि ०७५/७६ चैतसम्म २ अर्ब ४४ करोडमात्र खर्च भएको छ ।

बर्ड फ्लु पीडित किसानलाई ४ करोड ४२ लाख क्षतिपुर्ति

मकवानपुरका बर्ड फ्लु पीडित किसानहरुलाई क्षतिपुर्ति बापत ४ करोड ४२ लाख रुपैंया वितरण गरिएको छ। प्रदेश ३ को प्राकृतिक जलाशय प्रवद्र्धन एव्म संरक्षण केन्द्रले बुधबार हेटौंडा उपमहानगरपालिका ५४ जना किसानलाई क्षतिपुर्ति बापतको रकम वितरण गरेको हो।

कुखुरा दानाको भाउ बढ्यो

नेपालका दाना उद्योगीले कुखुराको सबैखाले दानाको भाउ बढाएका छन्। आइतबारदेखि लागू हुने गरी प्रतिकिलोमा दुईदेखि अढाई रुपैयाँ भाउ बढाएका हुन्। अब किसानले लेयर्स दानामा प्रतिबोरा (५० किलो) मा थप एक सय रुपैयाँ तिर्नुपर्ने हुन्छ।

‘उपत्यकाका गुठीको जिम्मेवारी प्रदेश वा स्थानीय मातहत उपयुक्त’

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले काठमाडौं उपत्यकाका गुठीको जिम्मेवारी प्रदेश वा स्थानीय सरकारलाई दिनु उपयुक्त हुने बताएका छन् । भक्तपुर नगरपालिकाको सोमबारबाट सुरु भएको पाँचौं नगरसभाको उद्घाटन गर्दै अध्यक्ष विजुक्छेंले गुठी जग्गाको नियन्त्रण गर्न यसो गर्नु उपयुक्त हुने सुझाए ।

‘उपत्यकाका गुठीहरूको जिम्मेवारी प्रदेश वा स्थानीय सरकारलाई दिनु उपयुक्त’

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले काठमाडौं उपत्यकाका गुठीहरूको जिम्मेवारी प्रदेश वा स्थानीय सरकारहरूलाई दिनु उपयुक्त हुने बताएका छन्।

गौतम नेतृत्वको किसान महासंघले पूर्णता पायो (नामसहित)

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नेपाल किसान महासंघले पूर्णता पाएको छ। नेकपाका सचिवालय सदस्य वामदेव गौतम संयोजक रहेको महासंघले पूर्णता पाएको हो।

गरिब किसानका कुरा

यतिबेला गुठीसम्बन्धी विधेयक सरकारले फिर्ता लिएको छ। गुठी अधीनस्थ, रैतानी, निजी गुठी जे भए तापनि मन्दिरका नाममा, धर्मका नाममा जमिन राखिएको परम्परा र त्यसै जमिनको आम्दानीबाट पूजाआजा र धार्मिक कार्य सञ्चालन भरहेकाले यो विधेयक पारित भए धर्म नासिने तर्क धेरै उठे। केही मानिसको नियमित विरोधपछि सरकारले थप छलफल गरेर अघि बढाउने हिसाबले यसलाई फिर्ता लियो। कुनै पनि कानुन जनताका लागि भएकाले जनतासँग पर्याप्त छलफल गरेर अर्को विधेयक ल्याउने निर्णय गर्नु नराम्रो पनि हैन।

अधिनायकवादको संस्कार छाड्न नेमकिपालाई नेता नेपालकाे आग्रह

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेपाल मजदूर किसान पार्टीलाई अधिनायकवादको संस्कार त्याग्न आग्रह गरेका छन्।

गुठी जग्गामा चलखेल, किसानका पुर्जै गायब

घोराही उपमहानगरपालिका–२ रामपुर पलाँसेका टेकबहादुर चौधरी स्वर्गद्वारी आश्रमका गुठी किसान हुन्। तीन पुस्तादेखि सोही आश्रमकै गुठी जमिनमा उनको परिवार आश्रित रहँदै आएको छ। उनले आश्रमको एक बिघा जमिनको मालिक आफूलाई मान्दै आएका छन्। तर सो जमिनको मोही पुर्जा उनीसँग छैन। कहाँ कोसँग छ भन्ने पनि थाहा छैन। ‘जग्गा मेरो नाममा पास गराइदिने भन्दै धेरै वर्षअघि केही टाठाबाठाले पुर्जा लगेका हुन्,’ उनले भने, ‘अहिलेसम्म फिर्ता आएको छैन।’ उनले आफूले भोगचलन गर्दै आएको गुठी जमिनको मोही पुर्जा फिर्ता ल्याउन धेरै कोसिस गरे। तर अहिलेसम्म पाएका छैनन्। ‘पुर्जा दिनुस् भनेर एकजनालाई फोन गरें, मलाई उनको नाम पनि थाहा छैन,’ चौधरीले भने, ‘काठमाडौंमा छु, दाङ आएर दिन्छु भने तर अहिलेसम्म फिर्ता पाइएको छैन।’

'गरिव किसानको आँसु नदेख्ने प्रतिपक्ष किन गुठी विधेयकको विरोध गर्दैछ?'

नेकपाका सांसद शान्ता चौधरीले गुठी विधेयकका बारेमा गलत प्रचार भएको भन्दै आश्चर्य प्रकट गरेकी छन् ।

किसान नजरमा गुठी विधेयक

सिन्धुपाल्चोकस्थित साविक किउल गाविस–५ का शोभाराम विक निगाले घ्याङ गुठीका मोही हुन्। फिल्डबुकमा जोताहामा उनको नाम पनि छ। यही प्रमाणका आधारमा उनले मोहियानी हकका लागि निवेदन दिए। तर गुठियार जमलिङ लामाले मोही शोभाराम नभई आफैँ भएको दाबी गर्दै मुद्दा हाले। ५१ वर्षको उमेरदेखि मुद्दा लड्न थालेका शोभाराम यतिबेला ८० वर्ष भइसके। तर न्याय पाएका छैनन्। अब त उनी हिँड्नसमेत नसक्ने अवस्थामा पुगेका छन्। भएको ४ आना जग्गा पनि बिनामुआब्जा हेलम्बु राजमार्गले खाइदिएपछि उनका ३ छोरासमेत भूमिहीन भएका छन्।

गुठी जग्गामा मोहियानी हक पाउनुपर्छः विजुक्छे

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले गुठी विधेयकमा गुठी जग्गामा मोहियानी हक पाउनुपर्ने बताएका छन् । उनले मोही किसानले नै पाउनुपर्ने आवश्यकता पनि औंल्याए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्