९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

‘उपत्यकाका गुठीहरूको जिम्मेवारी प्रदेश वा स्थानीय सरकारलाई दिनु उपयुक्त’

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले काठमाडौं उपत्यकाका गुठीहरूको जिम्मेवारी  प्रदेश वा स्थानीय सरकारहरूलाई दिनु उपयुक्त हुने बताएका छन्। भक्तपुर नगरपालिकाको सोमबारबाट सुरु भएको पाँचौं नगरसभाको उद्घाटन गर्दै अध्यक्ष विजुक्छेंले गुठी जग्गाको नियन्त्रण गर्न यसो गर्नु उपयुक्त हुने सुझाए।

नेपालका गुठी जग्गाहरू लथालिंग अवस्थामा रहेको चर्चा गर्दै उनले यसको व्यवस्थापन आवश्यक भएको औंल्याए। उनले टोल–टोलमा भएका सांस्कृतिक सम्पदाहरूको पुनःनिर्माणको जिम्मा पनि स्थानीय तहलाई नै दिए व्यवस्थित रुपमा कार्य सम्पन्न हुने बताए।

कार्यक्रमका विशेष अतिथि संघीय सांसद प्रेम सुवालले सरकारको नवौंं पञ्चवर्षीय योजनामा भक्तपुरलाई सांस्कृतिक नगर घोषणा गर्ने योजना भएको तर बजेट वक्तव्यमा काठमाडौं उपत्यकालाई मेघासिटी बनाउने योजनालाई अगाडि सारेको बताए । कार्यक्रमका सभापति भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरे। नगर प्रमुखबाट प्रस्तुत हुने नीति तथा कार्यक्रम दिउँंसो बसेको बैठकले छलफल गरी सर्वसम्मतले पारित गरेको छ।

नगरसभामा सभासद्हरू रञ्जना त्वाती, सम्झना खाइजु, शिवप्रसाद बाला, पूर्णगोपाल राजचल, ज्ञानकुमार मगजु, श्यामसुन्दर मातां, तुल्सीलक्ष्मी बाटी, बलराम न्हिसुतु, राजेन्द्र माक, कृष्णगोपाल चौगुठी, रत्नकाजी नायभारी, सिद्धिराम अवाल, विश्वराज शिल्पकार, गोविन्द दुवाललगायतले आवश्यक सल्लाह–सुझाव प्रस्तुत गरेका जिए।

प्रकाशित: ९ असार २०७६ ११:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App