९ आश्विन २०८१ बुधबार
image/svg+xml

किसानलाई धानको बिउ छर्न भ्याइनभ्याइ

‘यो वर्ष रोपाइँको बेला पनि राम्रो पानी परिदियो भने धान मनग्य हुनेछ,’ पर्साको पोखरिया नगरपालिका–१० सिर्बावाका किसान बुनिनारायण राउत कुर्मीले भने, ‘अहिले बिउ हाल्ने बेलामा ठिक्क मात्रामा पानी परेको छ, बिउलाई राम्रो भयो ।’ जिल्लाका किसानलाई धानका लागि बिउको बिड तयार पार्न भ्याइनभ्याइ छ । धान यहाँको मुख्य बाली हो । जिल्ला कृषि ज्ञान केन्द्रको रेकर्डअनुसार पर्सामा ४६ देखि ४७ हजार हेक्टरसम्म धान खेती हुन्छ । यसका लागि जेठभरीमा बिड तयार गरेर किसानले बिउ छर्नुपर्ने हुन्छ । असारभरी रोपाइँ चल्छ । एकातिर खेती किसानीमा काम गर्ने मानिसको संख्या घट्दो छ भने अर्कोतिर प्राविधिले सघाएको छ । रोपाइँदेखि दाईसम्म ट्याक्टर र कम्बाइनजस्ता ठूला कृषि उपकरणले काम गरे पनि बिउको बिडको लागि गोरुकै जोताइ राम्रो हुने कृषकको अनुभव छ ।

अलैंचीबाट पाँच करोड आम्दानी

जिल्लाका किसानले अलैँची दाना बेचेर पाँच करोडभन्दा बढी आम्दानी गरेका छन्।जिल्लामा उत्पादित सात सय ५० क्विन्टल अलैंची दाना बिक्रीबाट पाँच करोड २५ लाख आम्दानी गरेका हुन्।

नवलपरासीका उखु किसानले ६१ करोड भुक्तानी पाएनन्

बर्सेनि उधारोमा उखु बेच्न बाध्य नवलपरासीका किसानले यसपालि पनि उखुको भुक्तानी समयमै नपाउँदा मर्कामा परेका छन्।चिनी मिल बन्द भएको महिना दिन बितिसक्दा पनि आफूहरुले भुक्तानी नपाएको उखु किसानले बताएका हुन्। यो वर्ष जिल्लामा करिब १३ लाख क्विन्टल उखु क्रसिङ भएको छ।करिब एक लाख क्विन्टल उखु खेतमा छदै मिल बन्द गरेर किसानलाई बिचल्लीमा पारेका उद्योगीले क्रसिङ गरेको उखुको भुक्तानीसमेत नदिँदा किसान थप मर्कामा परेका हुन्।

लोकल कुखुरा पालनमा रमाउँदै किसान

जताततै बोइलर कुखुरा पालिरहेको अवस्थामा यहाँको तीनपाटन गाँउपालिकास्थित एक किसानले स्थानीय जातको कुखुरालाई व्यवसायीक रुपमा पाल्न थालेका छन्। गतबर्ष परिक्षणको रुपमा पाँच सय कुखुरा पालेर उत्साहित भएका तीनपाटन गाँउपालिका–११ का नेत्रहरि दुलालले यस वर्ष गाँउमै दुई हजार लोकल कुखुरा पालन गर्न सुरु गरेका हुन्।

उखु बेच्न नपाएपछि दाउरा

नवलपरासीको प्रतापपुर गाउँपालिका–९ की सुमित्रा धवल मंगलबार खेतको डिलमा बसेर एक तमासले सुकेका उखु हेरेर टोलाउँदै थिइन। घर सामुन्नेको ६ कट्ठा खेतमा उनले २०७४ को फागुनमा उखु लगाएकी हुन्।

नगदे बाली खेतमै सुकेपछि किसानको बिचल्ली

नवलपरासीको प्रतापपुर गाउँपालिका ९ की सुमित्रा धवल मंगलबार खेतको डिलमा बसेर एक तमाासले सुकेका उखु हेरेर टोलाउँदै थिइन्। घर नजिकैको ६ कठ्ठा खेतमा उनले २०७४ को फागुनमा उखु लगाइन्। जुन उखु उनका लागि खुनपसिना सबथोक हो। १० जनाको परिवार पाल्ने एकमात्र आयश्रोत हो। तर त्यहीँ उखुले अहिले उनलाइ दिनको भोक न रातको निन्द्रा बनाएको छ।

आयातमा कडाईपछि नेपाली किसानलाई राहत

भारतबाट आयात हुने मासुजन्य पशुपन्छी खसी, बोका, बाख्रा, भेडा लगायतका पशुपंक्षीजन्य सामग्रीलाई रोक्न सरकारले कडाइ गरेसगै नेपाली किसानलाई राहत मिलेको छ।

शक्ति

‘ढिलै भए पनि ल बाबु छोरा नै भयो बधाई छ’ भन्दै सु“डिनी भाउजूले लुगामा गुटुमुटु पारिएको सुन्दर बच्चा देखाउनु भयो। बल्लतल्ल सन्तानको मुख देख्न पाएको हर्कबहादुरको खुसीको सीमा थिएन।

चिनी उत्पादन घट्दै

नवलपरासीका चिनी मिलहरु बन्द भइसके। तर केही किसानका खेतमा उखु काटिएकै छैनन्। अघिल्ला वर्ष जिल्लामा उत्पादित करिब २० लाख क्विन्टल उखु खपत हुन्थ्यो। यो वर्ष करिब १३ लाख क्विन्टल उखु मात्र क्रसिङ भएको छ।

जग्गाधनी र किसानबीच द्वन्द्व बढाउन चलखेल

अन्न भण्डारको रूपमा परिचित राजापुरको भवराटप्पुका किसान र जग्गाधनी एकै थलोमा बसेर बुधबार एउटा निष्कर्षमा पुगे। जग्गाधनीले उत्पादित अन्नको तिक्कुर बटैया (चार भागको तीन भाग) नदिए खेती नगर्ने किसानले घोषणा गरे भने जग्गाधनीले किसानलाई तिक्कुर नदिने निर्णय गरेका छन्। राजापुर, हनुमानगढी मन्दिरपरिसरमा भएको भेलामा दुवै पक्षका सय÷सय जनाको उपस्थिति थियो।

अलैंची किसानलाई तालिम

अलैंचीमा लाग्ने रोग नियन्त्रण गर्दै व्यवसायीकरणका लागि खोटाङको केपिलासगढी गाउँपालिकाले अलैंचीमा लाग्ने रोग तथा नियन्त्रण सम्वन्धी तालिम सञ्चालन गरेको छ। केही वर्षयता रोगका कारण किसानको अलैंची बगान सखाप हुन थालेपछि गाउँपालिकाले अलैंचीलाई रोगबाट बचाउने उपायबारे जानकारी दिन दुईदिने तालिम आयोजना गरेको हो।

अब स्थानीय तहबाटै किसानको हातमा बजेटः खनाल

‘स्थानीय तहहरुले कृषिको कार्यक्रमहरु संघमा पठाएको खण्डमा तीनै तहको सरकारको समन्वयमा कार्यान्ययन हुने गरी सिधै गाउँपालिकामा बजेट पठाउनेछु।'

भुक्तानी नपाउँदा मर्नु न बाँच्नु भइयो

पैसा माग्न चिनी उद्योगमा धाउँदाधाउँदा आजित भएको सिंह र महतोको गुनासो छ। ‘उद्योग महिना दिनअघि बन्द भइसक्यो, पैसा माग्न जाँदा एक–दुई जना भेटिन्छन्,’ महतोले भने, ‘तर उनीहरुले पैसा दिन त परै जाओस् केही कुरै गर्न चाहँदैनन्।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्