४ पुस २०८१ बिहीबार
image/svg+xml

ठूलाले बिर्सेका गाँउघर

चुरेको फेँद वा भनौँ तराईभन्दा केही माथि उठेको भावर क्षेत्रमा अवस्थित उदाउँदो सहर धरानमा यतिबेला डेंगुको संक्रमण फैलिएर अस्तव्यस्त बनेको खबर आइरहेका छन्। त्यही सहरको १८÷२० किलोमिटर दूरीमा अवस्थित भेडेटारले भने त्यो नियति भोगेको छैन बरु साँझमा पुग्ने जोकोहीलाई हपहपी गर्मी हुने अहिलेको धूपमा पनि अझै सिरकमै घुस्रन बाध्य बनाउँछ। यसले नेपालको विविधतायुक्त हावापानीको मौजुदा अवस्थालाई इंगित मात्र गरेको छैन बरू विकासका आधारभूत आवश्यकता जस्तैः सडक, शिक्षा र स्वास्थ्यले परापूर्वकालदेखिका रमणीय गाँउले बस्तीमा पाइला नटेक्दा धरानमा यो अवस्था आएको हो भन्दा अतिशयोक्ति हुने छैन। अनगन्ती सम्भावना बोकेका गाँउहरू आज पनि धनदौलत कमाउने लोभमा मुग्लान पसेका वा सुखसयलका लागि अन्यत्र गएका युवा पंक्तिलाई कुरेर बसेका छन्।

मधेस समृद्धिको तगारो ‘चुरे दोहन’

मरुभूमि जस्तै बनेको सप्तरीको दक्षिणवर्ती गाउँ ‘दिघिया’ को अस्तित्व नाम मात्रैमा सीमित छ। गाउँ पूर्वतर्फ सर्दै अहिले अर्को गाउँ ‘चनही’ को सीमानामा पुगेको छ। यसको कारण हो– बलान नदीले फेर्दै आएको धार।

मेयरमाथि गुपचुपमै उपभोक्ता समिति गठन गरेको आरोप, वडा कार्यालयमा तालाबन्दी

मोरङको सुनवर्षी नगरपालिकाका मेयरले विकास निर्माणको लागि आएको बजेट पचाउनको लागि चुपचुपमै उपभोक्ता समिति गठन गरेको खुलासा भएको छ। राष्ट्रपति चुरेभावर संरक्षण कार्यक्रमबाट बक्राह नदी नियन्त्रणको लागि वर्षेनी हुँदै आएकोे बाँध कटानलाई पुनःनिमार्ण गर्न विनियोजन भएको २० लाखको बजेट स्थानीय जनतालाई थाहै नदिइ मेयरले उपोभोता समिति गठन गरेको खुलासा भएको हो।

८० हजार हेक्टर वनक्षेत्रमा आगजनी

कैलालीको चुरेक्षेत्रमा फैलिएको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन। कैलालीको चुरेसँगै तराईको वनक्षेत्रमा पनि डढेलो फैलिएको छ। कैलालीमा चुरे र तराईमा गरेर करिब ८० हजार हेक्टर वनक्षेत्र डढेलोले प्रभावित भएको जिल्ला वन कार्यालय कैलालीका सहायक वन अधिकृत भीम ढकालले बताए। ‘कैलालीको जम्मा वनक्षेत्रमध्ये ४० प्रतिशत डढेलोले प्रभावित भएको छ’, उनले भने, ‘धेरै ठाउँमा सबै जलेपछि आगो आफैं निभेको छ।’

वन कार्यालयले आगो निभाउन ध्यान दिएन

कैलालीको गोदावरी–४ मा पर्ने चुरेक्षेत्रमा भीषण आगजनी भएको छ। आगजनीका कारण दुईवटा सामुदायिक वन र राष्ट्रिय वनमा डढेलो फैलिएर पूरै जंगल सखाप भएको छ। स्थानुसार सो वनमा यसरी भीषण डढेलो फैलिएको १० वर्षयताको पहिलो घटना हो। ‘घना जंगल, ठूलाठूला झाडी, पातको थुप्रो भएकाले लागेको आगो हामीले नियन्त्रण गर्न सकेनौं,’ वाड सदस्य शेरबहादुर घर्तिमगरले भने, ‘डढेलो जंगलभरि फैलिएर सबै सखाप पार्‍यो।’

प्रकोप न्यूनीकरण गर्न तटबन्धन

माडी नगरिपालिकामा चुरे पर्वतबाट बग्ने सानाठूला १८ खोला छन्। ती खोलाका कारण वर्षात्को समय माडीमा सधैं बाढीको उच्च जोखिम हुन्छ। माडी नगरपालिका–६ का लालबहादुर विकको परिवारलाई पनि खोलाले धेरै दुःख दिएको छ। बाढीका कारण उनले घरबारी र खेतीयोग्य जमिन गुमाए। पटकपटकको बाढीले दुःख दिएको उनी बताउँछन्। बाढीले दुःख दिने खोलामा ड्याम बनेपछि भने बाढीले दुःख नदेला भन्ने उनलाई लागेको छ।

रोकिएन चुरे दोहन , स्थानीय निकायको साँठगाँठमा उत्खनन माफिया सक्रिय

सम्पूर्ण नियम कानुन मिचेर चुरे र त्यस आसपासका खोलाबाट ठूलो मात्रामा गिटी, ढुंगा र बालुवा सरकारी संयन्त्रकै मिलोमतोमा माफियाहरुले चुरे क्षेत्रको दोहन गरिरहेका छन्। विभिन्न निकायहरुको साँठगाँठमा माफियाहरु नियम कानुनलाई मिच्दै चुरे क्षेत्र खोस्रेर चुरे क्षेत्र नै विनाश गर्न उद्यत देखिएका छन्।

दुई एक्जाभेटर नियन्त्रणमा

रौतहट प्रहरीले दुई वटा एक्जाभेटर नियन्त्रणमा लिएको छ। अवैध रुपमा चुरे क्षेत्रमा उत्खनन गरिरहेको दुई एक्जाभेटरलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको हो। चन्द्रपुर नगरपालिकाके गैडाटार क्षेत्रमा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम लागू भएको ठाउँमा अवैध रुपमा उत्खनन गरिरहेको एक्जाभेटरलाई रौतहट प्रहरीले नियन्त्रणमा लिँदै कारबाही अगाडि बढाएको हो।

कर्मचारी, ठेकेदार र जनप्रतिनिधिको मिलेमताेमा चुरे दाेहन

वन कार्यालयले खोला, नाला तथा घाटहरुबाट संकलन हुने नदीजन्य पदार्थको परिणाम, संकलन विधि, संकलन तथा उत्खनन गर्न दिइएको स्थानको ‘लोकेसन’ माग गरेको थियो। पटक–पटकको ताकेतापछि पाँचमध्ये तीन स्थानीय तहले वन कार्यालयलाई संकलन गरिने परिणाम र संकलन विधिका विषयमा व्यवसायीसँग गरिएको संझौता उपलब्ध गराए।

सेटिङमा चुरे क्षेत्रबाट ढुंगा उत्खनन

धनगढीमाई नगरपालिका– १४ खुट्टीस्थित चुरे क्षेत्रबाट ढुंगा उत्खनन गरी निकासी तीव्र पारिएको छ। दिनभरि उत्खनन गरी साँझ टिपरमा लोड हुने गरेकाे पाइएको छ।

रोकिएन नदी र चुरे दोहन

धनुषा र सिरहाको साझा नदी कमला नदीमा पछिल्लो समय जोतेर ढुंगा निकाल्ने क्रम बढेको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिकामा पर्ने कमला पुलदेखि उत्तर नदीभरि ट्याक्टरको कारेसोले जोतेर ढुंगा निकाल्ने गरिएको हो। यसरी निकालिने बोल्डर साइजका ढुंगा विभिन्न क्रसर उद्योगमा पु¥याउने गरिएको छ।

चुरे संरक्षण जिम्मा सेनालाई दिने तयारी

सरकारले चुरे क्षेत्र संरक्षणको जिम्मा सेनालाई दिने तयारी गरेको छ। चुरे दोहन बढ्दै तराई मरुभूमि हुने अवस्थामा पुगेको भन्दै सरकारले यस्तो तयारी गरेको हो।

चुरे दोहन नियन्त्रणमा सरकार उदासीन

प्रदेश २ को प्रदेशसभाको पहिलो बैठकमै सांसदहरूले ‘चुरे संरक्षण’ साझा मुद्दा बन्नुपर्ने धारणा जोडदारका साथ राखेका थिए। तर प्रदेशसभा गठनको एक वर्ष पूरा भइसक्दा पनि चुरे दोहन थामिएको छैन। मधेसी दलका नेताहरूले भाषणमार्फत प्रदेश समृद्धिबारे विविध सवाल उठाउँदै आए पनि त्यसको मेरुदण्ड चुरे क्षेत्र मजबुत बनाउनेतर्फ भने कुनै अर्थपूर्ण कार्य अघि बढाएको पाइँदैन।

चुरे दोहन

चुरे आसपासको क्षेत्र र चुरेबाट बग्ने खोलाहरूमा जे जसरी अनियन्त्रित ढंगले उत्खनन भइरहेको छ, त्यस विषयमा सरकारी निकायको मौनता आश्चर्यजनक छ। यो क्षेत्रका विभिन्न नदी तथा खोलामा जथाभाबी रूपमा नदीजन्य पदार्थको उत्खनन हुँदै आए पनि यसको नियन्त्रणका लागि सरकारी निकाय वा यसको अनुगमन गर्नुपर्ने संस्थाहरूले त्यस विषयमा पहलकदमी लिएको देखिँदैन। सरकारी निकायहरूको यही मौनताको फाइदा उठाउँदै चुरे क्षेत्रबाट बग्ने खोलाको मुहानबाटै खोस्रेर गिटी, ढुंगालगायतका सामग्री दैनिक रूपमा ठूलो परिमाणमा निकासी हुने गरेको पाइएको छ।

चुरे क्षेत्रको दोहन अनियन्त्रित

चुरे आसपासको क्षेत्र र चुरेबाट बग्ने खोलाहरूमा अनियन्त्रित ढंगले उत्खनन भइरहे पनि सम्बन्धित निकाय मौन रहँदै आएको छ। चुरे क्षेत्रका चाँदीखोला, हिलेखोला, डाङडुङे, अल्लाजोर तथा लमाहाखोलामा जथाभावी रूपमा खोलाजन्य पदार्थको उत्खनन हुँदै आइरहेको छ। चुरे क्षेत्रबाट बग्ने खोलाको मुहानबाटै गिटी, ढुंगा र बोल्डर खोस्रेर दैनिक ठूलो परिमाणमा निकासी हुने गरेको स्थानीयको आरोप छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्