भक्तपुरका १६ हजार बढीले लगाए चिनिया खोप भेरोसेलको दोस्रो मात्रा
भक्तपुर नगरपालिकाले कोभिड-१९ विरुद्धको चिनिया खोप भेरोसेलको दोस्रो मात्रा हालसम्म १६ हजार ५२ जनालाई दिइसकेको छ। सबै वडामा अलग जनशक्ति तथा स्वयंसेवकहरु परिचालन गरी जेठ ५ गतेबाट उक्त खोपको दोस्रो मात्रा दिन थालेको थियो।