२२ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml

आठ वर्षदेखि सडक सुरक्षा कानुन अलपत्र : दैनिक ८ जनाले गुमाउँछन् ज्यान

मन्त्रालयका अनुसार सडक सुरक्षासम्बन्धी ऐनको प्रारम्भिक मस्यौदा २०७५ सालमै तयार गरिएको थियो। यसैगरी सडक सुरक्षासम्बन्धी कार्ययोजना तीन वर्षअघि तयार गरिएको थियो।

राष्ट्रिय डोरीतान प्रतियोगितामा लुम्बिनी च्याम्पियन, एपीएफ उपविजेता

सात वटा टिमको लिग चरणबाट छनोट भएका चार वटा टिममध्ये सेमिफाइनलमा सशस्त्र प्रहरीले कोशी प्रदेशलाई जितेको थियो भने लुम्बिनी प्रदेशले नेपाल प्रहरीलाई जितेर फाइनल प्रवेश गरेको थियो।

भाजपा अध्यक्ष र प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको छु : सभापति लामिछाने

भारत भ्रमण सम्पन्न गरी शुक्रबार स्वदेश फर्किएका सभापति लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै भारतसँग खेलकुददेखि सूचना प्रविधिसम्मका विषयमा सहकार्यबारे छलफल भएको बताएका हुन्।

एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे

गरिबी न्यूनीकरण, विद्युत् पहुँच विस्तार, जलविद्युत् सम्भावना, युवा जनशक्ति, उद्यमशीलता, पर्यटन, रणनीतिक भौगोलिक अवस्थिति र डिजिटल क्षमताजस्ता आधारहरूले यो अभियानलाई बलियो बनाएको उनले उल्लेख गरे।

ज्वालामुखीलाई ‘स्वच्छ गाउँपालिका’ बनाउन सरोकारवालासँग परामर्श

धादिङको ज्वालामुखी गाउँपालिकालाई स्वच्छ गाउँपालिका बनाउने आवश्यक पूर्वाधार र योजनाहरूका बारेमा जानकारी लिने उद्देश्यले सरोकारवाला निकायहरूसँग परामर्श बैठकको आयोजना गरिएको छ।

राष्ट्रपति रनिङ शिल्ड: बागमती टिम च्याम्पियन, सुदूरपश्चिम दोस्रो

बागमती प्रदेश घरेलु मैदानमा सम्पन्न १६औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा टिम च्याम्पियन भएको छ ।

आठ विश्वविद्यालयको उपकुलपति छनोटका लागि अल्पसूची प्रकाशन (नामसहित)

‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ बमोजिम दरखास्त स्वीकृत भएका उम्मेदवारहरूमध्येबाट सिफारिस समितिको २०८३ जेठ २२ गतेको निर्णयानुसार यो सूची सार्वजनिक गरिएको हो।

वातावरण दिवसः करिब ८० हजार बालबालिकाले गरे वृक्षारोपण

विभिन्न जिल्लामा करिब ८० हजार बालबालिकाले ‘एक बालबालिका, एक बिरुवा’ नामक राष्ट्रिय अभियान अन्तर्गत वृक्षारोपण गरेका छन् ।

रमा हत्या प्रकरणः बिहारका पण्डित पक्राउ

कोशी प्रदेश प्रहरी कार्यालयको सहयोगमा दमकका डीएसपी हरिबहादुर बस्नेत नेतृत्वका टोलीले उनलाई जेठ २१ गते पक्राउ गरेको हो ।

नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न श्रीलंकाका व्यवसायी तयार

श्रीलंकास्थित नेपाली दूतावासका सचिव सागर भण्डारी नेपालमा जलविद्युत्को क्षेत्रमा उच्च सम्भावना रहेको भन्दै लगानीका लागि आग्रह गरेका थिए।

म्यानपावरले आफूले विदेश पठाएका श्रमिकको नियमित अनुगमन गर्नुपर्ने, कारबाही गर्ने चेतावनी

सरकारले विदेश जानुअघि प्रत्येक श्रमिकलाई रोजगार सम्झौता, गन्तव्य मुलुकको कानुन, श्रम अधिकार, उपलब्ध सेवा-सुविधा तथा गुनासो दर्ता प्रक्रियाबारे स्पष्ट जानकारी दिनुपर्ने व्यवस्था पनि लागू गर्न आग्रह गरेको छ।

कृष्णहरि पुष्कर जगेडामा

प्रहरीको केरकारबाट रिहाइ हुने वित्तिकै प्रधानमन्त्री कार्यालयले उनलाई जगेडामा राख्ने निर्णय गरेको थियो । जगेडामा राखिएका कर्मचारी जिम्मेवारीविहीन हुन्छन्।

कोशीका ६ पालिकामा साढे ६ करोडको नवप्रवर्तन परियोजना सुरु

कोशी प्रदेशका प्रमुख सचिव राजेन्द्र प्रसाद पौडेल र स्थानीय तहका जनप्रतिनिधिको उपस्थितिमा शुक्रबार परियोजनाको सम्झौता गरिएको हो ।

फिफाको वेबसाइट त्रुटि: ६० फ्यानले निःशुल्क पाएका विश्वकप टिकट रद्द

“फिफाले उक्त असुविधाप्रति दुःख व्यक्त गर्दछ,” भन्दै संस्थाले प्रभावित फ्यानहरूलाई सात दिनभित्र टिकटको मूल्य तिर्न वा अन्यथा टिकट स्वतः हटाइने जानकारी दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्