१६ कार्तिक २०८३ सोमबार
image/svg+xml
समाज

डा.गोविन्द केसीलाई काठमाडौं लगियो

सत्याग्रहमा इलाममा रहेका डा.गोविन्द केसीलाई सेनाको हेलिकप्टरमार्फत् काठमाडौं लगिँदै। तस्बिरः भीम/नागरिक

इलाममा सत्याग्रहमा रहेका डा.गोविन्द केसीको स्वास्थ्य नाजुक हुँदै गएपछि उनलाई काठमाडौं लगिएको छ। नेपाली सेनाको हेलिकप्टरमार्फत् उनलाई केहीबेरअघि काठमाडौं शिक्षण अस्पताल लगिएको हो।  

डा.केसीको स्वास्थ्यका समस्या देखिएपछि उनी शनिबार साँझदेखि इलाम अस्पतालमा थिए। चिकित्सकका अनुसार डा.केसीलाई सुविधासम्पन्न अस्तालमा उपचार गर्नुपर्ने देखिएकाले काठमाडौं रेफर गरिएको हो।

इलाम अस्पतालका डा.अभिताभ ठाकुरले डा.केसीको स्वास्थ्य अवस्था जोखिमपूर्ण हुनसक्ने भएकाले रेफर गरिएको जानकारी दिए। डा.ठाकुरका अनुसार डा.केसीको रगतमा ग्लुकोजको मात्रा निकै कम देखिएको छ भने पिसाबमा एसियटोनको मात्रा बढेको छ।  

डा.केसीले चिकित्सा क्षेत्र सुधारका ६ बुँदै माग राख्दै इलामकै नारायणस्थान मन्दिर परिसरमा बिहीबार साँझ आफ्नो २५औं सत्याग्रह थालेका थिए। ‘अस्पताल ल्याएदेखि नै डा.केसीको अवस्था निरन्तर बिग्रिरहेको छ,’ डा.ठाकुरले भने।

प्रकाशित: १६ कार्तिक २०८३ १०:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App